को थिए ज्याक बोगल? किन न्युज मिडिया र सोसल मिडियामा जताततै उनको चर्चा भैरहेको छ? के थियो उनको बिसेषता र योगदान? के छ उनको बारेमा जान्नुपर्ने बिषयहरु?
ज्याक बोगल संसारका केहि ठुला लगानीकर्तामध्येका एक ज्यादै प्रभाबशाली लगानीकर्ता थिए। उनी ससारकै दोश्रो ठुलो म्युचुअल फन्ड कम्पनी भेनगार्डको संस्थापक थिए। उनी १९९६ सम्म भेनगार्ड ग् रुपको प्रमुख कार्यकारी अधिकृत र २००० सम्म अध्यक्षको रुपमा कार्यरत थिए। हालै ८९ बर्षको उमेरमा क्यान्सररोगका कारण उनको निधन भएको छ। निधनपश्चात उनका कार्य, उपलब्धि र योगदानबारे ब्यापक चर्चा-परिचर्चा सुरु भएको छ।
बोगल १९२९ को मे महिनामा न्युजर्सीको मोन्टक्लेरमा जन्मेका थिए। यो अमेरिकामा ठुलो आर्थिको मन्दीको समय थियो, जसमा उनका बाबुले लगभग सर्बश्व गुमाएका थिए। उनको बास्तबिक नाम जोन क्लिफ्टन बोगल थियो तर उनी ज्याक बोगल भनेर चिनिन ज्यादा रुचाउथे।
उनले प्रिन्सटन युनिभर्सिटीबाट १९५१ मा अर्थशास्त्रमा ग्राजुएसन गरेका थिए। ग्राजुएट डिग्रीमा बोगलले म्युचुअल फन्डबारे गरेको शोधबाट प्रभावित भएरफिलाडेल्फियामा रहेको वेलिंगटन फण्डका संस्थापक वाल्टर मोर्गनले उनलाई आफ्नो म्युचुअल फन्ड कम्पनीमा काम दिए। उनले वेलिंगटन फण्डमा १९७४ सम्म२३ बर्ष काम गरे। कार्यकारी प्रमुखको रुपमा कार्यरत रहँदै उनलाई १९७४ मा वेलिंगटन फण्डबाट हटाइयो। लगत्तै उनले १९७५ को जनवरीमा भेनगार्डको स्थापना गरे।
उनले प्रिन्सटन युनिभर्सिटीबाट १९५१ मा अर्थशास्त्रमा ग्राजुएसन गरेका थिए। ग्राजुएट डिग्रीमा बोगलले म्युचुअल फन्डबारे गरेको शोधबाट प्रभावित भएरफिलाडेल्फियामा रहेको वेलिंगटन फण्डका संस्थापक वाल्टर मोर्गनले उनलाई आफ्नो म्युचुअल फन्ड कम्पनीमा काम दिए। उनले वेलिंगटन फण्डमा १९७४ सम्म२३ बर्ष काम गरे। कार्यकारी प्रमुखको रुपमा कार्यरत रहँदै उनलाई १९७४ मा वेलिंगटन फण्डबाट हटाइयो। लगत्तै उनले १९७५ को जनवरीमा भेनगार्डको स्थापना गरे।
"भेनगार्ड" नाम उनले नाइल युद्धमा नेपोलियन बिरुद्ध लडेको लर्ड नेल्सनको पानीजहाजको नामबाट लिएका थिए। तर शब्दकोषमा भने "भेनगार्ड" को अर्थ "नयाँ प्रबृत्तिको नेतृत्व" भनेर अर्को परिभाषा पनि छ। बोगलले दुइ दशक सम्म भेनगार्डको नेतृत्व गरेर लगानी (कोष/सम्पत्ति) ब्यबस्थापनमा गरेका कार्य, उपलब्धि र योगदानको कदर स्वरुप शब्दकोषमा यो परिभाषा थप गरिएको हो।
बोगलको नविन सोंच र कार्यले लगानी ब्यबस्थापन विधालाई बिल्कुलै नयाँ आयाम र परिभाषा दिएको कारण उनको बारेमा केहि जान्नु र बुझ्नुपर्ने पक्षहरु छन्। पुंजीबजार, म्युचुअल फन्ड र लगानी ब्यबस्थापनमा संलग्न ब्यबसायी, पेशाकर्मी र लगानीकर्ताहरुले उनको बारेमा केहि जानकारी राख्नु उपयोगी हुनेछ।
यस आलेखमा लगानी, कोष र सम्पत्ति ब्यबस्थापनमा ज्याक बोगलका सिद्धान्त, अभ्यास र उनले सुरु गरेका नितान्त नयाँ कार्यहरुको बारेमा चर्चा हुनेछ।
बोगलको नविन सोंच र कार्यले लगानी ब्यबस्थापन विधालाई बिल्कुलै नयाँ आयाम र परिभाषा दिएको कारण उनको बारेमा केहि जान्नु र बुझ्नुपर्ने पक्षहरु छन्। पुंजीबजार, म्युचुअल फन्ड र लगानी ब्यबस्थापनमा संलग्न ब्यबसायी, पेशाकर्मी र लगानीकर्ताहरुले उनको बारेमा केहि जानकारी राख्नु उपयोगी हुनेछ।
यस आलेखमा लगानी, कोष र सम्पत्ति ब्यबस्थापनमा ज्याक बोगलका सिद्धान्त, अभ्यास र उनले सुरु गरेका नितान्त नयाँ कार्यहरुको बारेमा चर्चा हुनेछ।
बोगलको सबैभन्दा महत्वपूर्ण योगदान भनेको इन्डेक्स फन्डको अबधाराणा र त्यसको ब्यबहारिक प्रयोग हो। भेनगार्डमा उनले स्टक मार्केट इन्डेक्ससंग जोडेर ब्यबस्थापन गरिने संसारकै पहिलो इन्डेक्स फन्डको सुरुवात गरेक थिए। यो कम खर्चमा ब्यबस्थापन हुने निस्क्रिय फन्ड थियो, जसलाई बोगलले "स्ट्यान्डर्ड एण्ड पुर ५००" मार्केट इन्डेक्ससंग जोडेका थिए। यो इन्डेक्स फन्डले आफ्ना लगानीकर्ताहरुलाई सक्रिय रुपमा ब्यबस्थापन गरिने म्युचुअल फन्डले भन्दा उच्च प्रतिफल प्रदान गर्दथ्यो।
इन्डेक्स फन्ड पनि म्युचुअल फन्ड नै हो तर यी दुइको फरक लगानी ब्यबस्थापन गर्ने तरिकामा हो। इन्डेक्स फन्डले कुनै प्रमुख स्टक मार्केट इन्डेक्सलाइ दुरुस्त (लगभग शत प्रतिशत) पछ्याउछ। यसमा मार्केट इन्डेक्समा रहेका स्टकहरुको बजार पुँजीकरणको अनुपातमा लगानी गरिन्छ। यसो गर्दा मार्केट इन्डेक्स जुन रुपमा जति प्रतिशतले घटबढ गर्छ, इन्डेक्स फन्ड पनि त्यहि अनुरुप त्यति नै प्रतिशतले घटबढ गर्छ। यसको अर्थ हो इन्डेक्स फण्डले मार्केट इन्डेक्सकै प्रतिफल प्राप्त गर्ने उदेश्य राखेको हुन्छ। यसो गर्नु पछाडिको तर्क आजसम्म कुनै म्युचुअल फन्डले मार्केट इन्डेक्सलाइ प्रतिफलमा निरन्तर उछिन्न नसक्नु हो। म्युचुअल फण्डमा त्यसरी कुनै स्टक मार्केट इन्डेक्सलाइ पछ्याइदैन र राम्रा मानिएका कुनैपनि धितोपत्र छानेर लगानी गरिन्छ।
लगानीका विश्वब्यापी दुइ तरिका छन्: एक सक्रिय र अर्को निस्क्रिय। सक्रिय लगानीमा मूल्य कम भएका र भोलि मूल्य बढ्न सक्ने कम्पनीहरुको गहिरो अध्ययन, अनुसन्धान र खोज गरिन्छ र तिनैमा लगानी गरिन्छ। यसमा खोज्ने, किन्ने, बेच्ने प्रक्रिया निरन्तर चलिरहन्छ। त्यसो गर्दा अनुसन्धान खर्च, ब्रोकर शुल्क, ब्यबस्थापन खर्च र अन्य शुल्कहरुको बिषय आउछ। निस्क्रिय लगानी बिधिमा बजारमा रहेका राम्रा भनेर स्थापित कम्पनीहरुमा लगानी गरिन्छ र सो धितोपत्रहरु लामो समयसम्म राखिन्छ। तुलनात्मक रुपमा यसमा धेरै कम खर्च लाग्छ र माथिका धेरै शुल्कहरु हुँदैनन्।
म्युचुअल फण्डले सक्रिय लगानी बिधि र इन्डेक्स फन्डले निस्क्रिय लगानी बिधिलाइ प्रयोग गर्छन। बोगलले निस्क्रिय लगानी बिधी रोजे र यसैलाइ प्रमाणित गरेर स्थापित गरेर विश्वब्यापी बनाए। उनको सम्पूर्ण दर्शन, सिद्धान्त र धारणा भनेको अति न्यून लागत र नाम मात्रको शुल्कमा लगानी ब्यबस्थापन गरेर लगानीकर्तालाइ धेरै भन्दा धेरै प्रतिफल दिनु हो। ग्राहकको लगानीलाइ सहकारीको अवाधारणामा नासोको रुपमा ब्यबस्थापन गर्नुपर्छ भन्ने उनको मान्यता थियो।
सुरुवाती दिनमा उनको लगानी बिधिको अप्रिय आलोचना र कडा व्यंग भएको थियो। वालस्ट्रिटका लगानी ब्यबस्थापकहरुले उनको खिल्ली उडाए। मानिसहरुले त्यति नपत्याएको हुनाले खासै सफल पनि भएन। सर्ब-साधारणको लागि निष्काशन गरेको १५ करोड डलर बराबरको पहिलो इन्डेक्स फन्ड मात्र १ करोड १३ लाखमात्र बिक्री भएको थियो। यसको एक कारण ब्रोकरलाइ दिइने ६% बिक्री शुल्क (लोड फि) थियो। लगानीकर्ताले यो शुल्क मन पराएनन र भ्यानगार्डले पनि यसलाई १९७७ मा पूर्णरुपमा हटायो।
तर जब पुँजीबजारमा समस्या देखिदै गयो, तब उनको बिधि धेरै प्रख्यात हुनथाल्यो र हर लगानी ब्यबस्थापक उनकोबिधिलाई पछ्याउन थाले। न्यून शुल्क र कम खर्चमा संचालित उनको इन्डेक्स फन्डले लगानीकर्तालाई सक्रिय रुपमा ब्यबस्थापन गरिएका कोषहरुले भन्दा उच्च प्रतिफल प्रदान गर्न सफल थियो।
७० को दशकको सुरुवाती बर्षहरुमा बोगलले इन्डेक्स फन्ड सुरु गर्दैगर्दा सक्रिय ब्यबस्थापन गरिने म्युचुअल फन्डहरु उनको फन्ड भन्दा प्रतिफलमा अगाडी थिए। ८० को सुरुवाती बर्षहरुमा उनको इन्डेक्स फन्डले आधाभन्दा धेरै म्युचुअल फन्डहरुले भन्दा ज्यादा प्रतिफल दिन थाल्यो। ८० को दशकको अन्ततिर आउँदा भने भेनगार्डको इन्डेक्स फन्डले अरुले भन्दा ज्यादा प्रतिफल दिन थाल्यो। यसलाई भेनगार्डले प् रतिफलमा इण्डस्ट्रीलाइ जितेको अवस्था भनिन्छ।
इन्डेक्स फन्डले अरुले भन्दा राम्रो प्रतिफल दिंदै गर्दा वालस्ट्रिटमा हरेक बर्ष "स्टक छनौट र मार्केट पुर्ब-अनुमान"गर्ने का र्य व्यंग र मजाकको बिषय बन्ने गर्थ्यो। हरेक बर्ष "स्टक छनौटले क्वांट्स (सांख्य विश्लेषक वा गणितज्ञ) र इन्डेक्स फन्डले भन्दा राम्रो प्रतिफल दिन्छ" भन्दै अनुमान गर्दा अन्तमा उनको लगानी नीति अनुसारका इन्डेक्स फन्डले उच्च प्रतिफल प्राप्त गरेको अवस्था हुन्थ्यो।
भेनगार्डका अतिकम खर्चका फन्डहरु सफल हुनुको एक प्रमुख कारण सक्रिय कोष ब्यबस्थापकहरु बिचको भयङ्कर डरलाग्दो प्रतिस्पर्धा थियो। ८० र ९० को दशकमा लगानीकर्ता स्टक मार्केटमा लगानी गर्न आतुर थिए।नामी गिरामी लगानी ब्यबस्थापक (फन्ड म्यानेजर)हरु दिन गुणा रात चौगुणाको हिसाबले लगानी बढाईरहेका थिए। तर उनीहरु फिजिक्सका बैज्ञानिक र म्याथम्याटीक्समा पिएचडि गर्नेहरुको अध्ययन र अनुसन्धानमा आधारितरहेर लगानी ब्यबस्थापन हुने नयाँ र उच्च प्रविधिका हेज् फण्डहरुको बिरुद्ध थिए। प्रतिस्पर्धाको यो कडा रेसले मार्केटलाइ जित्नु कठिन बन्दै थियो।
२०००-०२ र २००८ को स्टक मार्केट क्र्यासले लगानीकर्ताहरु लगानी ब्यबस्थापन लागत र शुल्कबारे सचेत हुन् र सोधखोज गर्नथाले। त्यसबेला अपरिस्कृत (सर्ब-साधारण) लगानी कर्ता मात्र बिक्री शुल्क भएका म्युचुअल फण्डमा लगानी गर्थे। पेन्सनफन्ड, निवृत्तिभरण कोष, अक्षयकोष, गुठिजस्ता परिस्कृत (संस्थागत) योजनाहरुले पहिल्यै देखि नै इन्डेक्स फण्डमा लगानी गर्थे। तर २००२ मा मार्केट क्र्यासपछि थुप्रै अरु लगानीकर्ताले आफ्नो धेरै लगानी कम लागतहुने इन्डेक्स फन्डतिर सार्न सुरु गरे। यो अवस्थाले शुल्क घटाउने होडबाजी(युद्ध) नै चल्यो। फेडालिटी र चार्ल्स स्वाब जस्ता भेनगार्डका प्रतिस्पर्धीहरुले शुल्क घटाएर लगभग शून्य नजिक पुर्याईदिए। यो भेनगार्डकै लगानी नीतिको परिणाम थियो। आँफैले सुरु गरेको लगानी बिधीका कारणले भेनगार्ड आँफै अप्रिय प्रतिस्पर्धाको सामना गर्नुपर्ने अवस्थामा आइपुग्यो।
कम्प्युटर टेक्नोलोजीले भेनगार्डको लगानी ब्यबस्थापनमा ठुलो भूमिका खेलेको छ। सहि तरिकाले इन्डेक्स फन्ड संचालन गर्न टेक्नोलोजी नभई सम्भब हुँदैनथ्यो। दैनिक हजारौं लगानीकर्ताले फन्ड किनेर आउने नगद र लगानी गरिएका कम्पनीहरुबाट आउने लाभांसलाइ इन्डेक्सको संरचनासंग मिलाएर लगानी ब्यबस्थापन गर्ने कार्य ज्यादैकठिन र चुनौतिपूर्ण थियो। भेनगार्डको पहिलो इन्डेक्स फन्डले "स्ट्यान्डर्ड एण्ड पुर ५००"मा रहेका आधा (करिब२५०) कम्पनीमा मात्र लगानी गरेको थियो। तर जब १९९२ मा कम्प्युटर प्रबिधि र ट्रेडिंग बिधी आयो तबमात्र भ्यानगार्डले आफ्नो "पूर्ण स्टक मार्केट इन्डेक्स फन्ड" सुरु गर्नसक्यो। १९९२ मा सुरु गरिएको यो इन्डेक्स फन्ड बन्द प्रकृतिको छ र यसले मार्केटका ३५०८ स्टकमा कु ल ६७२.२० अर्ब डलर सम्पत्ति लगानी गरेको छ, जसको बार्षिक खर्चअनुपात ०.१ ४% छ।
यो बर्ष २०१९ भेनगार्डको लागि महत्वपूर्ण हुँदैछ। यसैबर्ष इतिहाँसमै पहिलो पटक इन्डेक्स फण्डमा रहेको कुल लगानीले सक्रिय ब्यबस्थापन हुने म्युचुएल फण्डमा रहेको कुल लगानीलाई उछिन्दैछ। यो बोगल कै देन हो। २०१८ माभ्यानगार्ड एक्लैले २१८ अर्ब डलर लगानी भित्र्याउदा बाँकी फन्डहरुले २३७ अर्ब डलर लगानी गुमाएका थिए।
बोगलले गैर-नाफामुलक सहकारीको रुपमा भेनगार्ड सुरु गरेका थिए। यसका ग्राहक नै यसका सेयरधनी थिए। आज उसका २ करोडभन्दा ज्यादा लगानीकर्ता र सेयरधनीहरु १७० देशभर फैलिएका छन्। पहिलो बर्ष १.८ अर्ब सम्पत्ति ब्यबस्थापन गरेको भ्यानगार्ड आज ५.३ ट्रिलियन (५३ खर्ब) डलर भन्दा ज्यादाको लगानी र सम्पत्ति ब्यबस्थापन गर्छ। उसका अमेरिकामा मात्र १९० इन्डेक्स फन्ड र सक्रिय लगानीमा ब्यबस्थापन हुने म्युचुअल फन्डहरु छन् भने २२० त्यस्ता अतिरिक्त्त गैर-अमेरिकी फन्डहरु छन्। आज भेनगार्डमा १६,६०० कर्मचारी कार्यरत छन् भने उसले इन्डेक्स फन्ड इण्डस्ट्रीको ५१ प्रतिशत (आधाभन्दा धेरै) हिस्सा ओगट्दछ। उसले ब्यबस्थापन गरेका कोषहरुमा खर्चको अनुपात औसतमा ०.११% छ, जुन म्युचुअल फन्ड इन्डस्ट्रीमा सबैभन्दा कम मानिन्छ।
संसारका धेरै ठुला लगानीकर्तामध्येका एक बोगलले आजीवन धितोपत्र "किन्ने र राख्ने" नीतिको व्याख्या गरिरहे। उनले अति कम खर्च र शुल्कमा लगानी ब्यबस्थापन गर्ने बिधी र तरिकाको बिकास गरे। उनले प्रतिपादन गरेको सिद्धान्तको सबैभन्दा धेरै फाइदा तिनै नियमित लगानीकर्तालाई भयो जसले उनको नाम सुनेकै थिएनन। पुराना मूल्य मान्यतामा अडिग रहेर उनले धेरै उदाहरणीय कार्य गरे, जुन धेरैले रुचाएको र अरुले गर्न नसकेको थियो।
बोगलले लाखौं करोडौं सर्ब-साधारण अमेरिकनलाइ आफ्नो घर किन्न, पढाइ खर्च बेहोर्न र सेवा निबृत्त जीवन सुविधाजनक रुपमा बिताउन सक्षम बनाए। भविष्यको लागि बचत गर्ने अमेरिकनहरुको बानीमा उनले ठुलो परिबर्तन र क्रान्ति ल्याए। साना लगनिकर्ताको चासोको निपुणताका साथ सम्बोधन गरे।
उनी जिवन्त थिए तर प्रभाब देखाउन नचाहने निष्प्रभाबी स्वभावका पनि थिए। पुँजीबजारमै कार्यरत धेरै मानिसहरुलाई उनको बारेमा थाहा थिएन। यसको कारण थियो उनको स्वभाब: उनी प्रचारमुखी र मिडियामा छाउन रुचाउने ब्यक्ति थिएनन। उनी काममा ज्यादा केन्द्रित रहने र रमाउने गर्थे।
उनी वारेन बफेट जस्तो हर अमेरिकीको घरमा सुनिने र चिनिने नाम थिएनन। उनले कहिल्यै अति ठुलो र प्रकाण्ड ब्यक्ति बन्ने चाहना राखेनन। उनी जहिल्यै सानो कम्पनीको रुपमा चल्ने चाहना राख्थे र भन्ने गर्थे: लगानीकर्ताको हितको लागि जे गर्दा राम्रो हुन्छ त्यै काम गरे कोष (नगद) र सम्पत्ति आँफै थुप्रिन्छ।
तेत्रो खर्बौंको कोष संचालन र ब्यबस्थापन गर्ने बोगल अर्बपति थिएनन् जबकी वाल-स्ट्रिटका अन्य धेरै त्यस्ता लगानी ब्यबस्थापकहरु प्राय अर्बपति छन्। यसको कारण उनको अत्यन्त न्यून ब्यबस्थापन खर्चमा लगानी ब्यबस्थापन गर्ने सिद्दान्त र दर्शन हो। उनि सजिलै अर्बपति बन्नसक्थे तर उनले आफ्ना ग्राहकलाइ अर्बपति बनाउन रुचाए।
बोगलको नामसंग १० खर्ब (एक ट्रिलियन) डलरको प्रसंग संधै जोडिएर आउने गर्छ। यो रकम उनले ४३ बर्षअघिभेनगार्ड ग्रुप सुरुगरे यता उनकै कारण अमेरिकी लगानीकर्ताहरुले लगानी ब्यबस्थापन लागत र शुल्कमा गरेको बचत हो। यो अंक ब्लुमबर्ग मिडियाका एरिक बाल्चुनसले २०१६ मा गणना गरेका थिए। लगानी ब्यबस्थापन क्षेत् रमा यसलाई "भेनगार्ड इफेक्ट" भनिन्छ। लगानी ब्यबस्थापन ब्यबसायमा यति ठुलो प्रभाब आजसम्म कसैले पार्ने सकेको छैन। यो रकम आज दुनियाको सबैभन्दा ठुलो कम्पनी (एप्पल वा माइक्रोसफ्ट वा गुगल वा अमेजन डटकम) को बजार पुँजीकरण भन्दा पनि ज्यादा छ।
बोगलले लगानीको क्षेत्रमा मात्र प्रशिद्धि कमाएका होइनन। उनी उच्च नैतिक मूल्य भएका र निर्भिक धारणा राख्ने ब्यक्तिको रुपमा पनि उत्तिकै परिचित थिए। वालस्ट्रिटको संस्थागत लालच र ज्यादतीको बिरुद्ध बोलिरहे, लागिरहे। व्यक्तिगत स्वार्थमा स्टक छनोट गर्ने र लगानीको सल्लाह दिनेहरुको उनी जहिल्यै खुला र प्रस्ट आलोचक थिए।
यसैकारण त्यति बिघ्न ठुलो वालस्ट्रिट फर्मको प्रमुख भएर काम गरेपनि वालस्ट्रिटमा उनका धेरै मित्र थिएनन्।म्यासाचुसेट विश्वविद्यालयका प्राध्यापक तथा विख्यात अर्थशास्त्री पाउल स्यामुल्सन र प्रिन्सटन विश्वबिद्यालयका प्राध्यापक बर्टन मलकिल जस्ता वालस्ट्रिट बाहिरका ब्यक्तिहरु उनका नजिकका मित्र थिए।
प्रख्यात लगानीकर्ता वारेन बफेटले आफ्नो बार्षिक लेटर (चिट्ठी)मा समेत "अमेरिकन लगानीकर्ताहरुको लागि धेरै काम गरेका बोगल मेरो र अरु धेरैको सहि नायक हुन्" भनेर बोगलको उच्च मुल्यांकन गरेका छन्।
नैतिकता र इमान्दारिताबारे २००८ मा प्रकासित आफ्नो किताब "इनफ" मा उनी भन्छन: नैतिकता र इमान्दारिताको जुन स्तर मैले आफ्नो लामो जीवनमा विकास गरे, त्यो मेरो आत्मा र हृदयदेखि नै मैले स्थापना गरेको मेरो सानो फर्ममा लगाउने कोसिस गरे।
उनले इन्डेक्स फन्डको अबधाराणा बिकास गरे, त्यसको ब्यबहारिक रुपमा सफल प्रयोग गरे र इन्डेक्स फन्डलाइ विश्वब्यापी बनाए। यसैले उनलाई "फादर अफ इन्डेक्स इन्भेस्टिग" भनिन्छ।
१९९९ मा फर्च्युन म्यागेजिनले बोगललाइ पुँजीबजार र लगानीको क्षेत्रमा काम गर्ने बीसौं सताब्दीका चार विख्यात ब्यक्तिहरुमध्येको एक भनेर उल्लेख गरेको थियो। २००४ मा टाइम म्यागेजिनले पनि उनलाई विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा राखको थियो।
उनले इन्डेक्स फन्डको अबधाराणा बिकास गरे, त्यसको ब्यबहारिक रुपमा सफल प्रयोग गरे र इन्डेक्स फन्डलाइ विश्वब्यापी बनाए। यसैले उनलाई "फादर अफ इन्डेक्स इन्भेस्टिग" भनिन्छ।
१९९९ मा फर्च्युन म्यागेजिनले बोगललाइ पुँजीबजार र लगानीको क्षेत्रमा काम गर्ने बीसौं सताब्दीका चार विख्यात ब्यक्तिहरुमध्येको एक भनेर उल्लेख गरेको थियो। २००४ मा टाइम म्यागेजिनले पनि उनलाई विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा राखको थियो।
समग्रमा उनका तीन प्रमुख दृष्टिकोणले वालस्ट्रि टको पारम्परिक लगानी ब्यबस्थापन गर्ने तरिकामा आमुल परिबर्तन ल्याईदियो: पहिलो म्युचुअल फन्डले मार्केटले भन्दा निरन् तर उच्च प्रतिफल दिनसक्दैन। दोश्रो वालस्ट्रिटको अभ्यास बिपरित उनले सहकारीको भावानालाइ भेनगार्डको स्वामित्वमा भित्र्याए र सफल बनाए।तेश्रो ब्यबसाय ग्राहकको लागि उनीहरुकै ट्रस्ट(नासो)को रुपमा संचालन गर्नुपर्छ भन्ने मान्यता स्थापित गरे।
लगानी सम्बन्धि बोगलबाट सिक्नैपर्ने केहि अत्यन्त राम्रा बिधि, तरिका र शुत्रहरु छन्। जस्तै: लगानी दिर्घकालको लागि गर्नुपर्छ। लगानीमा सम्पत्तिको बांडफांड गर्नुपर्छ र सबै सम्पति एउटै डालोमा राख्नुहुँदैन। सरल लगानी विधिले जटिल लगानी प्रक्रियाले भन्दा जहिल्यै राम्रो प्रतिफल दिन्छ। लगानी गर्दा लाग्ने ब्यबस्थापन शुल्क र करका कारण इन्डेक्स फन्डले दिने प्रतिफल सक्रिय लगानी विधिले दिने प्रतिफलभन्दा धेरै हुन्छ। भिडलाइ पछ्याउनु र कुनै लगानी अन्तिम युद्ध झैँ गरेर गर्नुभन्दा एकदिन बजार फर्कन्छ भनेर बुझेर लगानी गर्नु धेरै उत्तम हुन्छ। बजार घट्दा कठिन भएपनि आफ्नो नीतिमा अडिग रहनु नै दिर्घकालिन रणनीति हुनुपर्छ र यस्तो रणनीति नै एक अनुसासित लगानीकर्ताको सच्चा मित्र हुनसक्छ। क्षणक्षणमा लगानी नीति परिबर्तन गरिरहनु घातक हुन्छ।
अवकासमा गएपछि पनि उनी निस्क्रिय थिएनन। उनले लगानी, म्युचुअल फन्ड, सम्पत्ति र कोष ब्यबस्थापनमा १३ किताब लेखेका छन्। हालै २०१८ मा पनि उनले "स्टे द कोर्स: द स्टोरी अफ भेनगार्ड एण्ड द इन्डेक्स रिभोलुसन" नामको किताब प्रकाशन गरेका थिए। उनका ज्यादै महत्वपूर्ण र पढ्नै पर्ने किताबहरुमा "कमनसेन्स अन म्युचुअल फन्ड" र "लिटल बुक अफ कमनसेन्स इभेस्टिंग" छन्। त्यस्तै २०१६ मा उनको बेरी रिटहोल्ट्जसंगको अन्तर्वार्ता पनि सुन्नैपर्ने गरि जानकारीमुलक, ब्यबहारिक र उपयोगी छ।
बोगलका मनपर्ने किताबमा बेन्जामिन ग्राहमको "इन्टलीजेन्ट इन्भेस्टर" र बुर्टन मलकिलको "र्यान्डम वाक डाउन वालस्ट्रिट", विलिअम बर्नस्टिनको "फोर पिलार अफ इन्भेस्टटिंग", डेभिड स्वेन्सनको "अनकन्भेन्सनल सक्सेस", पिटर बर्नस्टिनको "अगेन्स्ट द गड" लगायत थिए। बोगलका पाठक र प्रसंसकहरुले उनको लगानीका सिद्धान्त, विधि र विचारहरुलाइ समेटेर "बोगलहेड्सडटओर्ग" नामको वेबसाइट समेत संचालनमा ल्याएका छन्, जहाँ उनीबारे अरु धेरै सुचना र जानकारी पाउन सकिन्छ।
मुक्ति अर्याल । ट्विटर : @ISDBR
No comments:
Post a Comment