गठबन्धन सरकारमा अर्थमन्त्री नियुक्ति भए लगत्तै युबराज खतिवडाले पुंजीबजार (Capital Markets) बारे पहिलो टिप्पणी गरे: बैंक तथा बित्तिय संसथाहरुले सेयर धितोमा दिने कर्जा (Margin Lending) अनुत्पादक लगानी हो। पुंजीबजार प्रति उनको पहिलो टिप्पणीमै लगानीकर्ताहरु सशंकित भए, जसको पुंजीबजारमा नकारात्मक प्रभाब परिहाल्यो। बर्षदिनभन्दा लामो समयदेखि घटिरहेको बजार अरु घट्न थाल्यो।
केहि दिनमै उनले फेरी अर्को टिप्पणी गरे: सेयर बजारमा लहडमा लगानी गर्नु हुँदैन। उनको भनाइको अर्थ थियो: लगानीकर्ता लहडमा लगानी गर्छन, सहि लगानी गर्न जान्दैनन। हिजो लहडमा लगानी गरेका कारण बजार अस्वाभाविक रुपले बढेको थियो, अहिले घट्नु सहि, स्वभाबिक र सुधार हो। उनको नकारात्मक मानसिकताको यो अर्को उदाहरण थियो जसको मारमा पुंजीबजार फेरी पर्यो। भोलिपल्ट २०७४ चैत्र १२ का दिन बजार खुलेको पहिलो एक घन्टामै नेप्से सूचांकाङ्क ३% ले घट्यो र पहिलो सर्किट ब्रेक लगाउनु पर्यो। त्यो दिन बजार समग्रमा ५१.८९ अंकले घट्यो ।
यसपछि २०७४ चैत्र १७ (March 31) का दिन अर्थमन्त्रीले देशको अर्थतन्त्रको बारेमा स्वेतपत्र (White Paper) जारि गरे जसमा उनले नेपालको पुंजी बजारलाई "सतही र संकुचित"भन्दै फेरी आलोचना गरे। त्यसको भोलिपल्ट बजार फेरि २४ अंकले घट्यो। यसरि अर्थमन्त्रि खतिवडाले पुंजीबजारबारे टिप्पणी गर्ने बित्तिकै बजार नर्भस भएर घट्ने गरेको देखिएको छ।
स्थिर सरकार बनेपछि लगानीकर्ताहरुले लामो समय देखि घटिरहेको नेप्से सूचकांकमा स्थिरता र सुधार आउला भन्ने आस गरेका थिए। सरकार गठन गर्नु अघि प्रम केपी ओलीले बजारलाई सहयोग गर्ने भनि ढाडस दिइ आएका थिए। तर त्यसयता २०७५ बैशाख २८ सम्मको ८८ दिनमा ५५ दिन कारोबार हुँदा नेप्से ३० दिन घटेको छ भने २५ दिन बढेको छ। सरकार बनेको दिनमा १३८८.९४
अंक रहेको नेप्से सूचकांक सरकार बने पश्चात २२०.०० अंकले घटेर २०७४ चैत १२ का दिन ११६८.५५ मा आइपुगेको थियो जुन ५२ हप्ताकै सबैभन्दा न्युनतम बिन्दु हो।
२०७५ बैशाख २८ को दिन नेप्से सूचकांक कायम १३४८.४५ भएको छ।
पुंजीबजारबारे खतिवडाले
अप्रिय र अनाबश्यक
टिप्पणीहरु गरिरहेका छन् जुन लगानीकर्ताहरुको लागि मात्र
हो
इन
अर्थतन्त्रको
लागि
पनि हानिकारक छ। अर्थमन्त्रीको रुपमा उनले बोल्नै नहुने र
नमिल्ने भनाइहरु राख्दै आएका छन्। लगानीकर्ताहरुले उनीबाट यस्तो टिप्पणीको अपेक्षा गरेका थिएनन । अर्थमन्त्रीले पुंजीबजारलाइ प्रभावित गर्ने गरि अनाबश्यक रुपमा सकारात्मक वा नकारात्मक कुनैपनि टिप्पणी गर्न मिल्दैन। किनकी उनि नीतिगत तहमा छन्, उनको एक भनाइले पुंजीबजारले अर्बौं, खर्बौं गुमाउने अवस्था आउछ। उनको भनाइ थाहा पाउने लगानीकर्ताले फाइदा गर्ने र थाहा नपाउनेले नोक्सानी बेहोर्नुपर्ने अवस्था आउछ । यसो हुँदा थाहा पाउने र नपाउने लगानीकर्ता बीच भेदभाब पैदा हुन् जान्छ, जुन सहि, स्वस्थ्य र न्यायोचित हुँदैन। त्यसैले उनको तहको अधिकारीले नीति-नियम र बिधि-बिधानबाट मात्र आफ्नो भनाइ राख्नुपर्छ ताकि त्यसको असर बजारमा न्यायोचित रुपले सबैलाई एकनासको होस्।
त्यसैले
पुंजीबजारलाई कसैले प्रभावमा पार्ने
गरि बोल्न
हुँदैन
।
पुंजीबजारलाई
उसको
आफ्नो लयमा चल्न दिनुपर्छ ।
पुंजीबजारबारे नकारात्मक टिप्पणी गर्ने खतिवडा पहिलो अर्थमन्त्री भने होइनन। यसअघि माओबादी सरकारको अर्थमन्त्री बाबुराम भट्टराईले पनि पुंजीबजारलाई जुवाघर (Gambling) भनि अत्यन्तै अनुदार र रुग्ण टिप्पणी गरेका थिए जसको लगानीकर्ता, मिडिया र सरोकारवाला सबैतिरबाट कडा आलोचना भएको थियो। पछि उनले आफ्नो भनाइमा परिबर्तन गरेका थिए।
पुंजीबजारलाइ अनुत्पादक
र जुवा
भन्ने पक्षधरले
सेयरको बजार मूल्य
बारे पनि बिबादास्पद टिप्पणी गरेको छ।
उनीहरु
को तर्क छ:
सेयरको प्राथमिक निस्कासन गर्दा माग गरिएको रु.१००/- प्रति सेयर चुक्ता रकम मात्र उत्पादक पुंजी हो। त्यो बाहेकको
बजार
मूल्य
अनुत्पादक पुंजी हो।
यहाँ प्रश्न उठ्छ: लगानी (Investment) को माध्यम? के हो त पुंजीबजार? जी, लगानी
के पुंजीबजार खतिवडाले भनेजस्तै अनुत्पादक क्षेत्र हो वा भट्टराईले भनेजस्तै जुवाघर हो? या पुंजीबजार सट्टेबाजी (Speculation) हो वा
के
सेयरको बजार मूल्य
अनुत्पादक
पुंजी हो?
यस आलेखमा पुंजीबजार, जुवा, सट्टेबा
, सेयरको बजार मूल्य
र उत्पादकत्व (Productivity)
आदि
को बारेमा बिबेचना हुनेछ।
पुंजीबजार जुवाको खेल हो वा सट्टेबाजी वा लगानी, के हो भन्नका लागि पहिला यी तिन उस्तै लाग्ने अबधारणाहरु बारेमा बुझ्नु आबश्यक छ। त्यसरी नै पुंजीबजार अनुत्पादक क्षेत्र हो/होइन भनि बुझ्नका लागि पुंजीबजार र उत्पादकत्व बिचको सम्बन्ध केलाउन जरुरि छ। खतिवडा र भट्टराईलाइ झैँ धेरैलाइ यो स्पस्ट नहुनपनि सक्छ कि "जुवा, सट्टेबाजी र लगानी" एकै होइनन। सिद्दन्तात यी तिन अबधारणा एकदमै फरक बिषयहरु हुन्। जुवा न सट्टेबाजी हो न लगानी । त्यसरी नै सट्टेबाजी पनि लगानी होइन । यी अबधारणालाइ एक/एक गरि बिष्लेषण गरि हेरौं।
जुवा (Gambling) : जुवा बिसुद्द मनोरन्जनका लागि खेलिने खेल हो। पैसा दाउमा लगाए पनि यसमा आम्दानी गर्नेभन्दा मनोरंजन लिने उदेश्य प्रमुख हुन्छ। सानो बच्चा हुँदा हामीले "गाइ कि त्रिसुल" वा "चित कि पट" भनेजस्तो जुवामा एक घटना (Event) ले अन्तिम परिणाम (फैसला) दिन्छ र सोहि परिणामको लागि पैसा दाउमा लगाइएको हुन्छ। यो अति अल्पकाल (क्षणभर) मा हुने कार्य भएकाले यसमा जोखिमको मात्रा अति धरै हुन्छ र आँफु अनुकुलको परिणामको लागि भाग्य (Luck) मा भर पर्नुपर्छ। अर्थात यो भबितब्य (Chance) हुन्छ र संलग्न दुइपक्ष बीच हारजित हुन्छ। यहि कारणले जुवा खेलिन्छ। जित भएमा पैसा दोब्बर (वा तेब्बर वा चौबर) भएर आउछ, हारेमा पुरै जान्छ।
जुवा हुनका लागि यी ३ कुरा हुनैपर्छ: (क) जुवा खेल्ने व्यक्तिको ज्ञान र अनुभबले संभावित परिणाममा महत्व राख्दैन। (ख) यसमा स्वामित्व हुँदैन, र (ग) जुवामा एक पक्षले जित्ने र अर्को पक्षले हार्ने हुन्छ।
जुवामा कुनै अन्तर्निहित सम्पत्ति (Underlying Asset) खरिद गरिदैन। यसमा जोखिम र प्रतिफलको बिचमा कुनै तादम्यता हुँदैन, ज्यादातर निर्णय सनक (Emotions) को भरमा हुन्छ । अर्थात कुनै योजना र अध्ययन गरेर जुवा खेलिदैन र जुवाको परिणाम कुनै आर्थिक गतिविधिमा भर परेको हुँदैन। मैले नोक्सानी बेहोर्छु भन्ने अबधारणाका साथ मात्र यसमा संलग्न हुनुपर्छ र लामो समयसम्म संलग्न रहे नोक्सान निश्चित छ। त्यसैले जुवा खेल्ने व्यक्तिले यसमा आम्दानीको त्यति भाग छुट्टयाउनु पर्छ जति नोक्सानी हुँदापनि फरक नपरोस।जोखिम धेरै भएका कारण आम्दानीको ठुलो भाग यसमा लगाउनु हुँदैन। नोक्सान अपेक्षित हुने हुँदा जुवा त्यहि खेल्नुपर्छ जहाँ आँफुलाई अधिकतम रमाइलो हुन्छ। जुवाका उदाहरणहरुमा तास, पासा, झन्डाबुर्जा, लटरी, ब्ल्याकज्याक, स्लट, घोडदौड र अन्य अरुपनि खेल छन् ।
सट्टेबाजी (Speculation): सट्टेबाजी भनेको निकट भविष्यमा मूल्यमा घटबढ भएमा नाफा गर्ने उदेश्यले गरिने कार्यलाइ भनिन्छ। यसको उदेश्य मूल्य परिबर्तनबाट अल्पकालमा हुनजाने फाइदा लिने हुन्छ। यो प्राय अल्पकालिन (केहि दिन) र कहिलेकाहीं मध्यकालिन (केहि महिना) हुन्छ। सट्टेबाजी शुद्दरुपमा किनबेच (Trading) हो जुन योजनाबद्द हुँदैन, लहडको भरमा पनि हुन्छ र छिटो नाफा कमाउनका लागि यसो गरिन्छ। यसमा मूल्यको अन्तरले मात्र नाफा पैदा गर्ने हुनाले बित्तिय तथा आर्थिक तथ्यांकहरुको आधारभूत बिश्लेसण नगरी ज्यादा टेक्निकल चार्ट्स (Technical Charts), ग्राफ्स (Graphs), न्यूज (News), हल्ला (Rumors), धारणा (Sentiments), भाबना (Emotions), सनकलाइ ध्यानमा राखेर निर्णय लिइन्छ।
सट्टेबाजीमा जोखिम धेरै हुन्छ तर जुवामा हुने जोखिम भन्दा कम । यसमा केहि मात्रामा जोखिमको आंकलन गरिन्छ तर धेरै प्रतिफलको आसमा धेरै नै जोखिम मोलिएको हुन्छ। जोखिम धेरै हुनेहुँदा लगाएको रकम पुरै वा अधिकांस नोक्सानी हुनसक्ने सम्भावाना रहन्छ। सट्टेबाजीमा सम्भावित नोक्सानी भन्दा सम्भावित नाफा धेरै ज्यादा हुन्छ। यहि कारणले मानिस सट्टेबाजीको लागि उत्प्रेरित हुन्छ । त्यसैले यसमा सट्टेबाजले ऋण लिएर पनि पैसा लगाउन सक्छ । डे ट्रेडिङ्ग, पेन्नी स्टकको खरिद,शर्टसेल गर्नु, डेरीभेटिवको कारोबार सट्टेबाजीको उदाहरण हुन्।
लगानी (Investment): लगानी भनेको दिर्घकालको लागि निश्चित बित्तिय उदेश्य प्राप्त गर्न वा आबश्यकता पुरा गर्नका लागि योजनाबद्ध तरिकाले गरिएको निर्णयलाइ भनिन्छ। यसमा बित्तिय र आर्थिक तथ्यांकको सहायताले लगानी गरिने बस्तुको बिबिध पक्षहरुलाइ बेस्सरी अनुसन्धान र विश्लेषण गरिन्छ। जोखिम र प्रतिफलको सम्बन्धलाइ बिस्तृत रुपमा केलाइएको हुन्छ। निश्चित उदेश्यले लगानी गरिन्छ, भोलिको लागि नाफा वा आम्दानीको अपेक्षा गरिन्छ र जोखिमलाई प्रतिफलले पुरस्कृत गरिन्छ। लगानीमा जायज प्रतिफलको अपेक्षा गरिन्छ र सो को लागि जायज जोखिम मोलिएको हुन्छ। तुलानात्मक रुपमा यसमा जुवा र सट्टेबाजीमा भन्दा धेरैकम जोखिम बहन गरिएको हुन्छ। अर्थात यसमा लहडमा वा हल्लाको भरमा वा मनोरन्जनका लागि पैसा लगाइदैन। सट्टेबाजीमा झैँ यसमा ऋण लिएर लगानी गरिदैन, आफ्नै इक्विटी मात्र लगाईन्छ।
लगानी हुनका लागि यी ३ कुरा हुनैपर्छ: (क) लगानीमा लगानीकर्ताको ज्ञान र अनुभबले संभावित परिणाममा ठुलो महत्व राख्दछ, (ख) लगानीमा सम्पत्तिमा स्वामित्व हुनैपर्छ र (ग) लगानीमा संलग्न पक्षहरु सबैको जित हुन्छ, जुवामा जस्तो कसैको जित र कसैको हार हुँदैन।
सट्टेबाजीमा जस्तै लगानीमा पनि अन्तर्निहित सम्पत्ति (Underlying Assets) हुन्छ जुन लगानीकर्ताले आंफुले चाहको समयसम्म आफ्नो स्वामित्वमा राख्नसक्छ। लगानीलाई बित्तिय भाषामा लङ्ग कल अप्सन (Long Call Option) पनि भनिन्छ। कल अप्सन भनेको एक बित्तिय सम्झौता हो जसले भोलि आंफुले चाहेको बखत कुनै सम्पत्ति बेच्ने अधिकार दिन्छ। लङ्ग भनेको कुनै सम्पत्ति किनेर राख्नु हो भने लङ्ग कल अप्सन भनेको कल अप्सन (Call Option) किनेर राख्नु हो। कल अप्सन निश्चित अबधिको हुन्छ, अनन्त कालसम्मको लागि किनेर राख्न सकिदैन तर लगानी त्यस्तो कल अप्सन हो जुन अनन्त कालसम्मको लागि किनेर राख्न सकिन्छ र भोलि मूल्य बढेको बखतमा यसलाई प्रयोग (Exercise) गरेर फाइदा लिन सकिन्छ। अर्थात आंफुले किनेको सम्पत्ति (Assets) को मूल्य घट्दैमा त्यस माथिको आफ्नो स्वामित्व हराएर वा नासिएर जाँदैन। आंफुले चाहेको अबधिसम्म स्वामित्व राखी राख्न सकिन्छ र चाहेको बेलामा बेच्न सकिन्छ। स्टक, सेयर, ऋणपत्र, ट्रेजरी बन्ड, म्युचुअल फन्ड, सुन/चाँदी, घरजग्गा, कलाकृति वा पुराना दुर्लभ बस्तुहरु (कार,पेंटिंग,मुर्ति आदि) जस्ता सम्पत्ति खरिद गरेर राख्नुलाई लगानी भनिन्छ।
पुंजीबजार: अहिलेको समयमा पुंजीबजार हरेक देशको अर्थतन्त्रको मेरुदण्ड हो। पुंजीबजार बिना आजको आर्थिक विकासको कल्पना गर्न सकिदैन र सम्भब पनि छैन । पुंजीबजार अर्थतन्त्रको त्यस्तो ब्यबस्था हो जसले स-साना बचतकर्ताको हातमा देशभर असंगठित रुपमा छरिएर रहेको बचतलाई संगठित तरिकाले परिचालन गरेर उद्यमी वा उत्पादकको हातमा राखीदिन्छ। पुंजीबजारले बिभिन्न धितोपत्रहरुको माध्यमबाट बस्तु र सेवाको उत्पादनका लागि अत्यावश्यक पर्ने मध्यकालीन र दिर्घकालिन पुंजी उपलब्ध गराउदछ । यसरि पुंजीबजारले अनुत्पादक बचतलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याएर उत्पादक लगानीमा परिणत गरिदिन्छ ।
पुंजीबजारले अर्थतन्त्रमा धेरै योगदान गर्दछ। बचतको परिचालन गरेर उत्पादकत्व बढाउदै गर्दा आर्थिक वृद्धिमा सहयोग गर्छ, जसले अन्तत रोजगारीको अवसर पैदा गर्छ। यसले फर्म तथा कम्पनिहरुको बिशिष्ठ आर्थिक कार्यसम्पादन गर्नमा दबाब पैदा गर्ने, राम्रो ब्यबस्थापकिय सुचनाको उत्पादन (Production) गर्ने र सो को निगरानी गर्न सहयोग गर्ने, सुक्ष्म आर्थिक स्थिरतामा सुधार ल्याउन मद्दत गर्ने जस्ता काम पनि गर्दछ ।
पुंजीबजारको प्रमुख काम लगानीकर्ताहरुलाई तरलता उपलब्ध गराउनु हो। अर्थात धितोपत्रको खरिद/बिक्रीको लागि बजार हरदम तयारी अवस्थामा राखेर लगानीकर्तालाइ चाहिएको समयमा आफ्नो धितोपत्र बेचेर नगद प्राप्त गर्नसक्ने अवसर प्रदान गर्नु हो। बजारमा यसरि माग र पूर्ति, क्रेता र बिक्रेता अविच्छिन्न रुपमा उपलब्ध गराउदै गर्दा पुंजीबजारले धितोपत्रको मुल्यमा स्थिरता ल्याउन पनि मद्दत गरेको हुन्छ। बिभिन्न धितोपत्र जारि गरेर बिबिधिकारण ल्याइ लगानीकर्ताको जोखिममा कमि ल्याउन पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ। कम्पनि र फर्महरुमा अन्तर्निहित जोखिमलाइ मुल्यमा समायोजन गरि धितोपत्रको सहि बजार मूल्य निर्धारण गरेर पुँजीको कुशल र अधिकतम बांडफांड गर्छ। लगानीको बाताबरण बनाउने, सर्बसाधारणमा बचत र लगानी गर्ने बानि बसाल्ने जस्ता कार्य पनि पुंजीबजारले गर्दछ।
ऋणीहरुबाट ऋण लगानी नहुने अवस्थामा लगानीको स्रोत जुटाउने ठाउ पनि पुंजीबजार नै हो। ऋणी भनेको ऋण प्रदान गर्ने ब्यक्ति वा संस्था जस्तै बैंक,बित्त कम्पनि,सहकारी संस्था वा अन्य कोहि जो पनि हुन् सक्छ। जोखिमका कारण ऋणीहरुले लगानी गर्न नसकेमा विभिन्न इन्डस्ट्रीयल कम्पनि तथा औद्योगिक फर्महरुको लागि पुंजीबजार बाहेक अर्को बिकल्प हुँदैन। ऋण लगानी सिमित अबधिको लागि मात्र हुन्छ तर पुंजीबजारको लगानी असिमित अवधिको लागि हुन्छ जुन अन्य स्रोतबाट सम्भब हुँदैन। पुंजीबजार नहुँदो हो त कम्पनिहरुले आबश्यक सबै (अल्प, मध्य र दिर्घकालिन) पुंजीका लागि ऋणीहरुमा नै भरपर्नुपर्ने अवस्था आउथ्यो। यस्तो अवस्थामा ऋणीहरुको मनपरी नियन्त्रण चल्थ्यो र कम्पनीहरुलाइ काम गर्न धेरै गाह्र्यो पर्थ्यो। ऋण महँगो भएर ऋणीको धरै शर्त मान्नुपर्ने हुन्थ्यो। तर पुंजीबजारले ऋणीहरुको एकाधिकार हटाएर काम गर्ने बाताबरण खुकुलो बनाइदिन्छ र साथै पुँजीको लागत पनि कम गराइदिन्छ। ऋणमात्र लिएर ब्यबसायमा लगानी गर्दा ब्यबसाय टाट उल्टने सम्भाबना उच्च हुन्छ, जुन पुंजीबजारले हटाइदिन्छ। यसरी पुंजीबजारले ब्यबसायको जोखिम पनि कम गराईदिन्छ।
ऋण लगानी गर्दा ऋणीहरु इक्विटी पुंजी ज्यादा भएको कम्पनीमा लगानी गर्न इच्छुक हुन्छन। कारण इक्विटीले उनीहरुलाई आफ्नो ऋण बिरुद्द सुरक्षा प्रदान गर्दछ,जसको फलस्वरूप ऋणीहरुको जोखिम कम हुनजान्छ। त्यति मात्र होइन, ऋणीहरु बढी बजार पुँजीकरण भएको कम्पनीमा ऋण दिन उत्सुक हुन्छन। त्यसैले ऋण लगानी हुँदा वा नहुँदा कम्पनिहरुको लागि लगानीको भरपर्दो र उपयुक्त माध्यम पुंजीबजार हो।
पुंजीबजारको राम्रो विकास भएमा विदशी लगानी ल्याउन पनि सजिलो हुन्छ किनकी पुंजीबजार नै बिदेशी पुंजी प्रवाहिकरणको उपयुक्त माध्यम हो । यतिमात्रै होइन, सरकारले आँफुलाई आबश्यक परेको राष्ट्र ऋण उठाउने माध्यम पनि पुंजीबजार नै हो। यसरि पुंजीबजारले आर्थिक वृद्धि, उत्पादन वृद्धि, औद्योगिकरण र रोजगारी उपलब्ध गराउने जस्ता अर्थतन्त्रका गतिविधिहरुमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
उत्पादकत्व : उत्पादकत्व भनेको उपलब्ध सिमित साधन र श्रोतको प्रयोग गरेर अधिकतम बस्तु र सेवाको उत्पादन गर्नु हो । अर्थात बस्तु र सेवाको उत्पादनमा दक्षता र कार्यकुशलता हासिल गर्नु उत्पादकत्व हो । श्रम, पुंजी, जमिन, उद्यमी र कच्चा पदार्थ उत्पादनका साधनहरु (Factors of Production) हुन्। यिनै साधनहरुको समुचित प्रयोगको आधारमा उत्पादकत्व मापन गरिन्छ। थोरै भन्दा थोरै उत्पादनका साधनहरुको प्रयोग गरेर धेरै भन्दा धेरै अन्तिम बस्तु र सेवाको उत्पादन गर्नु उत्पादकत्व हो । अर्थात उत्पादकत्व भनेको कुल गार्हास्थ उत्पादनमा दक्षता र कुसलता प्राप्त गर्नु हो। यस आलेखको सुबिधाको लागि यहाँ उत्पादन र उत्पादकत्वलाइ देशको कुल गार्हर्स्थ उत्पादनसं ग जोडेर हेरिएको छ।
कुनै कम्पनीहरुले बस्तुको उत्पादन गरेर, कुनैले सेवाको उत्पादन गरेर र केहिले बस्तु र सेवा दुबैको उत्पादन गरेर देशको कुल गार्हर्स्थ उत्पादनमा योगदान दिन्छन। उद्योग र इन्डस्ट्रीजहरुले बस्तुको उत्पादन गरेर अर्थतन्त्रमा उत्पादकत्व बढाउछन् भने बैंक,बित्त, इन्सुरेन्स, होटेल जस्ता कम्पनिहरुले सेवा उपलब्ध गराएर अर्थतन्त्रमा उत्पादकत्व बढाउन सहयोग गर्छन। नेपाल बिद्युत प्राधिकरण जस्ता संस्थाले बस्तु (उर्जा) को उत्पादन र सेवा (उर्जाको बितरण) उपलब्ध गराएर उत्पादकत्वमा योगदान पुर्याउछन। थोक र खुद्रा कम्पनिहरुले सिधै उत्पादन गरेर उत्पादकत्व नदिए पनि अरु कम्पनि वा उद्योगहरुको बस्तु र सेवाको उत्पादनलाइ बिक्रि र वितरण गरेर उत्पाकत्व बढाउन मद्दत गर्छन ।
पुंजी उत्पादनको एक महत्वपूर्ण साधन हो। संसारभरका पुंजीबजारहरुले पुंजी नै संकलन गर्ने र उद्यमीलाई उपलब्ध गराउने हो। तसर्थ पुंजीबजार जस्तो उत्पादक क्षेत्र अर्को हुँदैन।
पुंजीबजार र उत्पादकत्व : पुंजीबजार भएका देशको अर्थतन्त्रमा पुंजीबजारले उत्पादन र उत्पादकत्व बढाउन भरपुर योगदान गरेको पाइएको छ। यस अर्थमा पुंजीबजार र उत्पादन वा उत्पादकत्व बीच सकारात्मक सम्बन्ध हुन्छ भन्न सकिन्छ । किनभन्दा पुँजीबजारले उद्यमीहरुको लागि आबश्यक कुल पुँजीको निर्माण गरि पुंजीको उपलब्धता बढाएर अर्थतन्त्रमा उत्पादन र उत्पादकत्व बढाउन महत्वपूर्ण काम गर्दछ।
पुंजीबजारका को तरलता सकारात्मक र महत्वपूर्णरुपले अहिले र भविष्यको आर्थिक वृद्धिदर, पुंजीको संचय र उत्पादकत्वको सुधारसंग सम्बद्ध रहेको पाएका थिए। आके बौबकरी र देहुन जिनले २०१० मा बेलायत, बेल्जियम, फ्रान्स, पोर्चुगल, र नेदरल्याण्ड गरि युरोपका ५ देशको १९९५ देखि २००८ सम्मको तथ्याँक केलाएर हेर्दा पुंजीबजारको गतिशिलता र तरलता धेरै हुँदा कुल गाहर्स्थ उत्पादन र बिदेशी लगानीको आर्थिक वृद्धिदर बढेको पाएका छन्। पुंजीबजार सुस्त र कम तरल हुँदा आर्थिक वृद्धिदर पनि त्यसरी नै सुस्त र घटेको पाएका छन्।
अध्ययन र
अनुसन्धानकर्ताहरुले गरेको धेरै भन्दा धेरै अध्ययनहरुले पुंजीबजार र उत्पादकत्वको बीच सकारात्मक सम्बन्ध भएको पाइएको छ। अर्थात् पुंजी बजारले आर्थिक बृद्धिलाइ बढ्न सहयोग गरेको पाइएको छ। कुल लुइँटेल र मोसहिद खानले १९९९ मा बित्त क्षेत्रको विकास र आर्थिक वृद्धिको सम्बन्ध बारे गरेको एक अध्ययनमा पुंजीबजारले आर्थिक वृद्धिलाइ सकारात्मक प्रभाब पारेको पाएका छन्। रस लेभिन र सराह जेर्भोसले १९७६ देखि १९९३ सम्म ४१ देशको तथ्यांक लिएर पुंजीबजारको विकास र दिर्घकालिन आर्थिक वृद्धिको सम्बन्ध बारे १९९६ मा गरेको अनुसन्धानले पुंजीबजार
अर्थतन्त्रको आर्थिक वृद्धिमा पुंजीबजारको भूमिका पता लगाउन विभिन्न कोणहरुबाट अरु पनि धेरै अध्ययन र अनुसन्धानहरु भएका छन्। रघुराम राजन र लुइ जिङ्गालसले १९९८ मा, रस लेभिनले १९९७ मा, भि.आर.बेन्सिभेन्गा र बि.डि.स्मिथले १९९१ मा, ए.स्पिएर्सले १९९१ मा, पि.वाच्टेलले २००२ मा, एम.ट्रेबलसीले २००२ मा, एफ.रियोजा र नेभन भालेभले २००३ मा, एन.पी.पौडेलले २००५ मा, पनिकोस देमेत्रियादस र खालेद हुसैनले १९९६ मा, रस लेभिन र सराह जेर्भोसले १९९८ मा कुल गार्हर्स्थ उत्पादन (GDP) र बिदेशी लगानी (FDI) को मापनलाइ आधार बनाएर गरेको अध्ययनहरुले पुंजीबजार र आर्थिक वृद्धि बीच धेरै सकारात्मक र महत्वपूर्ण सह-सम्बन्ध (Strong Positive Correlation) रहेको पाएका छन्। उनीहरुले समग्र पुंजीबजारको बजार पुँजीकरण र कुल गार्हर्स्थ उत्पादकत्व बिचको सम्बन्धलाइ केलाउदा यसमा पनि उनीहरुको निस्कर्ष सकारात्मक नै पाइएको छ।
समग्र पुंजीबजारको बजार पुँजीकरण र कुल गार्हर्स्थ उत्पादकत्व बिचको अनुपातलाई बित्तिय भाषामा "बफेट सूचकांक" भनिन्छ। बिकसित र ठुला अर्थतन्त्रको पुंजीबजारको बजार पुँजीकरण र कुल गार्हर्स्थ उत्पादनको अनुपात धेरै छ भने बिकाससिल देशको लागि यो अनुपात कम छ। बिकाससिल देश भएर पनि हाम्रो देशको बजार पुँजीकरण र कुल गार्हर्स्थ उत्पादनको अनुपात निराशाजनक छैन। २०१८ को जनवरीमा ब्लुमबर्गमा प्रकासित आंकडा अनुसार इन्डियाको मुम्बई स्टक एक्सचेन्जको बजार पुँजीकरण रु.१५६.५६ लाख करोड छ, जुन इन्डियाको कुल गार्हर्स्थ उत्पादनसंग लगभग बराबर (१००%) हुन् आउछ । २०१६ डिसेम्बरको आंकडा अनुसार चीनको लागि यो अनुपात ६५% जति छ। २०१७ डिसेम्बरको आंकडा अनुसार बङ्गलादेश र श्रीलंका दुवै देशको लागि यो अनुपात ज्यादै कम (२२% मात्र) छ भने पाकिस्तानको लागि यो अनुपात केहि माथि (३०%) छ। यसै महिनाको तथ्यांक लिंदा हाम्रो कुल गार्हर्स्थ उत्पादन करिब २५ अर्ब अमेरिकी डलर छ भने बजार पुँजीकरण करिब १५ अर्ब अमेरिकी डलर छ, जस अनुसार यो अनुपात लगभग ६०% हुन् आउछ। अमेरिका, युरोपका देशहरु, एसियाकै पनि जापान, सिंगापुरको हकमा भने बजार पुँजीकरण र कुल गार्हर्स्थ उत्पादनको अनुपात १००% भन्दा बढी छ। यसको अर्थ ति देशहरुको उत्पादकत्वमा पुंजीबजारको योगदान धेरै छ। पुंजीबजार र उत्पादकत्वको अनुपातलाई लगानीको हिसाबले पनि परिभाषित गर्ने गरिन्छ। यदि यो अनुपात १०० भन्दा बढी भए सेयर बजार औसतमा महँगो र लगानीका लागि कम आकर्षक मानिन्छ। यो अनुपात १०० भन्दा कम भए सेयर बजार लगानीका लागी सस्तो र आकर्षक मानिन्छ। लगानीको अवसर महँगो भए प्रतिफल कम र सस्तो भए प्रतिफल धेरै हुन्छ।
सेयरको बजार मूल्य र उत्पादकत्व :
पुंजीबजारलाइ अनुत्पादक क्षेत्र
र जुवाघर
भन्ने पक्षले बुझ्न नसकेको
अर्को बिषय
सेयरको बजार मूल्य
हो। यो पक्ष सेयरको
चुक्ता रकम बाहेकको बजार मूल्य
लाइ अनुत्पादक लगानी मान्दछ।
उनीहरुको लागि आज
बजार मूल्य रु.५००/- भएको कुनै सेयरको चुक्ता रकम रु.१००/- मात्र उत्पादक लगानी हो, बाँकी रु.४००/- अनुत्पादक लगानी हो।
तर यो पक्षले नबुझेको यथार्थ के भन्दा
सेयरको बजार मुल्य
भनेको "कुनै कम्पनीले आज देखि लिएर भोलि अनन्तकालसम्म हरेक बर्ष गर्ने उत्पादकत्वलाइ आजको मुल्यमा गरिएको मौद्रिक रुपान्तरण" हो। पुंजीबजारले यो मौद्रिक रुपान्तरणलाइ खरिद/बिक्रि हुने ब्यबस्था गरेर तरलता प्रदान गरेको हो। रु.१००/- चुक्ता रकमको उत्पादकत्व भएर नै यसको बजार मूल्य रु. ५००/- पुगेको हो। भविष्यमा उत्पादकत्व अरु बढ्दै जाने देखिएमा यसको बजार मूल्य रु.१,०००/- वा रु.१०,०००/- पनि पुग्नसक्छ र बिपरित अवस्थामा रु.१००/- वा रु.१०/- वा रु.१/- मा पनि झर्नसक्छ। यो पुंजीबजारमा हुने नियमित प्रक्रिया हो।
यदि यो सेयरको मूल्य संधै रु १००/- नै रहने हो भने यो कम्पनीले राम्रो उत्पादकत्व हेर्नु गलत र घातक हुन्छ।
गरेको छैन भन्ने बुझ्नुपर्छ ।
यदि सेयरको बजार मूल्यले कम्पनीको उत्पादकत्वलाई प्रतिनिधित्व गर्दैन भने यस्तो अवस्थामा कुनै लगानीकर्ता रु.१००/- लगानी गर्न तयार हुँदैन। जब लगानीको लागि कोहि तयार हुँदैन तब कम्पनि तथा उद्योगहरुले उत्पादनका लागि आबश्यक पुंजी संकलन गर्न सक्दैनन। त्यो अवस्थामा कम्पनीहरुले चाहेको मात्रामा उत्पादन गर्न सक्दैनन। फलस्वरूप उत्पादकत्व पनि हुँदैन र आर्थिक बिकासका पनि कुनै काम हुँदैन । त्यसैले बजार मूल्यलाइ मार्क्सको नकारात्मक कम्युनिस्ट दर्शनबाट
निष्कर्ष:
माथिको व्याख्या र बिश्लेषणबाट प्रस्ट हुन्छ कि पुंजीबजार न त जुवा हो न त अनुत्पादक क्षेत्र नै । पुंजीबजारमा जुवाको कुनै चरित्र हुँदैन। यसमा केहि सट्टेबाजी भने हुन्छ तर सट्टेबाजी नै पनि जुवा होइन। हो पुंजीबजार कहिलेकाहीं अस्वाभाविक हुन्छ, केहि हदसम्म सतही हुनसक्छ र संधै बिबेकपूर्ण नहुनपनि सक्छ। तर यी यथार्थका बाबजुद पनि पुंजीबजार अनुत्पादक होइन कि उत्पादक क्षेत्र हो। यो बचतकर्ताले लगानी गर्ने र उद्यमीले पुँजी प्राप्त गर्ने प्रमुख माध्यम हो। पुंजीबजार बिनाको अर्थतन्त्र आज कल्पना हुनसक्दैन। पुंजीबजार उद्योग र ब्यापारको लागि "मानब शरीरमा रक्त संचार गराउने नशा र धमनीहरु" जस्तै हो।
पुंजीबजारलाई जुवाघर भन्नु सैदान्तिक धरातलमा यसलाइ पटक्कै मन नपराउनु, गैह्र-जिम्मवार भएर बोल्नु र पुर्बाग्राही हुनु हो।अर्थतन्त्रमा जुवा नै बैधानिक रुपमा चलिरहेको परिप्रेक्ष्यमा पुंजीबजारलाइ जुवासंग दाँज्नु बिल्कुल गलत हो। पुंजीबजारमा गरिने लगानी जुवा जस्तो क्षणिक मनोरंजनको लागि खेलिने पैसाको खेल होइन। यो त प्रमुख रुपमा लगानीको श्रोत र माध्यम हो जहाँ बिबिध आर्थिक पक्ष बृहत अध्ययन गरे जोखिमलाई योजनाबद्द तरिकाले ब्यबस्थापन गर्दै धितोपत्रहरुमा आफ्नो बचतलाई लगानी गर्ने गरिन्छ। पुंजीबजारलाइ जुवाको आरोप लगाउने पक्षले बुझ्न नसकेको तथ्य यहि हो जुन पूर्णत गलत छ र पुष्टी हुन सक्दैन।
पुंजीबजारलाई अनुत्पादक क्षेत्र भन्नु यसबारे सहि जानकारी राख्न नसक्नु, यसको क्षमता थाहा नहुनु र यसको महत्व पटक्कै बुझ्न नसक्नु हो। अनुत्पादक क्षेत्र भनेको देशमा रोजगार निर्माण गर्न नसक्ने, देशको उर्जावान जनशक्ति बिदेसिएर बाहिर काम गरि उनीहरुले पठाएको विप्रेषणले बिदेशी बस्तुको आयात गरि उपभोग गर्ने कार्य हो। जुवाघर अर्को अनुत्पादक क्षेत्र हो।
नेपाली पुंजीबजारको इतिहाँस त्यति लामो नभए पनि अहिलेसम्म दुइसय भन्दा ज्यादा कम्पनिहरुले पुंजीबजारबाट पुंजी संकलन गरेर उत्पादन कार्यमा संलग्न छन्। पुंजीबजारले पुंजी उपलब्ध नगराएको भए नेपाल स्टक एक्सचेन्जमा सुचिकृत २०६ पब्लिक कम्पनि कसरि स्थापना हुनसक्थे? यिनले कति बस्तु र सेवाको उत्पादन गरेका छन्, कति रोजगारी पैदा गरेका छन्, कति कर तिरेका छन्, कति अरु पुंजी पैदा गरेका छन्? तिनको लेखाजोखा नगरिकनै पुंजीबजारलाइ जुवा, अनुत्पादक क्षेत्र र अस्वाभाबिक भन्नु गैह्र-जिम्मेवारीको पराकाष्ठा हुन्छ। यदि हाम्रो पुंजीबजार अनुत्पादक क्षेत्र हो भने यसलाई बिघटन गरि बन्द गर्नु उपयुक्त हुन्छ।
बैंकहरुले सेयर धितोमा दिने कर्जा (Margin Lending) पनि अनुत्पादक लगानी होइन । यस्तो कर्जाले बजारमा आबश्यक खरिदकर्ता र बिक्रेताको उपलब्धता गराउछ, जसले बजारमा तरलता बनाइ राख्न मद्दत गर्दछ। बजारमा तरलता बिध्यमान रहदा धितोपत्रले सहि मुल्य प्राप्त गर्दछ। धितोपत्रको मुल्यांकन सहि भएमा ठुलो रकमको प्राथमिक निष्काशनहरुलाई सहयोग पुग्छ र पुँजीको संकलन सहज हुन्छ। सेयर धितोमा दिने कर्जाले पुँजीको निर्माण गर्छ।
पुंजीबजारमा लहडमा लगानी हुनसक्छ र यस्तो दुनियाको सबै पुंजीबजारमा हुन्छ। किनकी सबै सेयर लगानीकर्ताहरु आधारभूत बित्तिय तथा आर्थिक विश्लेषण गर्न सक्षम हुँदैनन र यो सम्भब पनि छैन । सट्टेबाजी गर्नेले हल्ला र लहडकै भरमा किनबेच गर्ने गर्छ। नेपालको पुंजीबजार सतही छ भन्नुमा कुनै आपत्ति छैन तर हाम्रो पुंजीबजार धेरै संकुचित छ। त्यसो त नेपालको मात्र होइन संसारभरका सबै पुंजीबजार केहि न केहि रुपमा सतही हुन्छन नै तर बिकसित पुंजीबजारहरु संकुचित भने छैनन्। नीति/नियम बनाउने, नीतिगत तहमा नेतृत्व गर्ने अधिकारीहरुले पुंजी बजारको बिकासमा उल्लेख्य कार्य नगरेको र उल्टै नकारात्मक धारणा राखेर लगानीकर्ता हरुलाइ दिग्भ्रमीत पारेकाले पुंजीबजार सतही र संकुचित हुनगएको हो। नीतिगत नेतृत्वले पुंजीबजारलाई "सतही र संकुचित" भनेर दोष लगाएर उम्कन पाउदैन किनकी यसो हुनुमा उनिहरु शतप्रतिसत जिम्मेवार छन्।
अर्थमन्त्रि जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले यसरी देशको पुंजीबजारको बिरुद्द बोल्दै हिड्नु गैह्र-जिम्मवार र पुर्बाग्राही हुनु हो।राष्ट्रबैंकमा लामो समय कर्मचारी र पछि गभर्नर भएका खतिवडा राष्ट्रिय योजना आयोगमा समेत उपाध्यक्ष भई काम गरिसकेका ब्यक्ति हुन्। उनि नेपालको पुंजीबजारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएर काम गरि आएकाछन् । अहिलेको जिम्मेवारीले मात्र होइन, हिजोको संलग्नताले पनि उनले आजीवन यसरि बोल्न मिल्दैन। आफ्नो मन्त्रालय अन्तर्गतका सबै क्षेत्रको हित र भलाइका लागि काम गर्नु अर्थमन्त्रीको जिम्मेवारी, कर्तब्य र दायित्व (Fiduciary Responsibility) हो। पुंजीबजार अर्थन्त्रको अभिन्न अंग भएकाले उनले यसलाई प्रत्यक्ष असर पर्ने वा पार्ने गरि बोल्न मिल्दैन तर उनि यसमा चुकेका छन्।
स्वाभाविक रुपमा भट्टराईले पुंजीबजारलाई जुवाघर भनि गरेको टिप्पणी अस्वीकार्य थियो तर हत्या,हिँसा र बिध्वंसको धरातलबाट आएको माओबादी प्रतिनिधिको रुपमा उनको मनस्थिति केहि हदसम्म बुझ्न सकिन्छ। तर यहि ब्यबस्थामा बीसौं/तीसौं बर्ष बिताएका खतिवडालाइ भने यो छुट छैन। संधै यस प्रणालीको नीतिनियम बनाउने निकायको नेतृत्व तहमा रहेर काम गरिआएको र संधै त्यसबाट प्रत्यक्ष रुपमा लाभान्वित ब्यक्तिले पुंजीबजारबारे बारम्बार गरेको नकारात्मक टिप्पणी अनैतिक र लाजमर्दो मात्र होइन अर्थतन्त्रको लागि घातक पनि छ। जानेर वा नजानेर, बुझेर वा नबुझेर वा गल्तीले पनि खतिवडालाई यस्तो टिप्पणी गर्ने छुट छैन। तर उनले गरिरहेका छन्, किन? यसका केहि कारण छन्।
पहिलो कारण हो उनको मार्क्सबादी सोंच र दर्शन । पुंजीबजार बारे उनीपनि कहीं न कहीं कम्युनिस्ट दर्शनको प्रणेता कार्ल मार्क्सकै जस्तो धारणा राख्दछन। मार्क्स बैंक तथा बित्तिय संस्थाहरु प्रति अनुदार र नकारात्मक थिए। पुंजीबारे उनको व्याख्या थियो: "जब उद्योगधन्धाहरुले बैंक तथा बित्तिय संथाहरुबाट ऋण उठाउन थाल्नेछन तब औधोगिक पुंजीमाथि बित्तिय पुँजी हाबी हुनेछ। यदि सरकारले बैंक तथा बित्तिय संस्थाहरुलाइ नियन्त्रण गरेर आँफु अधिनमा राख्न सकेन भने बैंक तथा बित्तिय संस्थाहरुले औद्योगिक पुँजीलाई अधिनमा राख्नेर नियन्त्रणमा लिनेछन्" । यहि हो खतिवडा र भट्टराईको धारणा र सोंचको स्रोत । कम्युनिस्टहरु बित्तिय पुँजीलाई मार्क्सवादी कोणबाट धेरै नकारात्मक दृस्टीले हेर्छन। उनीहरु बैंक तथा बित्तिय संस्था र पुंजीबजार प्रति अनुदार, कठोर र असहयोगी हुन्छन। उनीहरुको अनुदार व्यवहार र धारणा आजको समयमा अनाबश्यक र अब्यबाहारिक मात्र होइन अर्थतन्त्रका लागि प्रत्युत्पादक पनि छ ।
दोश्रो कारण हो गभर्नरको रुपमा उनको कार्यकाल। गभर्नरको रुपमा उनि बैंक तथा बित्तिय संस्थाहरु प्रति अनुदार रुपमा प्रस्तुत भएर केहि कडाइका साथ काम गरे र केहि आंशिक सफलता पनि पाए। उनि अहिले त्यहि रणनीति दोहर्याउने सोंचमा रहेको अनुमान लगाउन सकिन्छ। तर उनि यो भ्रमबाट बाहिर निस्कन जरुरि छ किन कि एउटै रणनीतिले संधै काम गर्दैन। हिजो एक अवस्थामा उनको अनुदार नीतिले काम गरेको थियो। जरुरि हुँदैन कि त्यहि नीतिले आज काम गर्छ। परिबर्तित अवस्थामा त्यो प्रत्युत्पादक पनि हुनसक्छ ।
आज देशमा अवस्था फरक छ, नयाँ परिवेश र परिस्थिति छ। यस्तो बेलामा नयाँ नीति र सोंच चाहिन्छ । अहिले देशको अर्थतन्त्रलाइ धेरै फैलाउनु पर्ने आबश्यकता छ, जसले धेरै पुँजीको माग गर्दछ। सरकारका योजनाहरुलाइ ध्यानमा राख्दा आगामी दिनमा हाम्रो पुँजीको आबश्यकता अति धेरै छ। सो को परिपूर्तिको लागी अर्थमन्त्रीसंग पुंजीबजारको द्रुत बिकास गर्ने बाहेक अर्को त्यस्तो कुनै भरपर्दो उपाय छैन। त्यसैले अर्थतन्त्रको विस्तार गर्ने नीतिलाई सहयोग गर्ने किसिमको पुंजीबजार सम्बन्धि नीति आबश्यक छ। हामि पुंजीबजारलाई जति छिटो सुधार गरेर अन्य बजारको दाँजोमा पुर्याउछौं, त्यति नै धेरै पुंजीको परिचलान हुन्छ। बिदेशी पुंजी र लगानी पनि पुंजीबजारको विकास भएमा मात्र भित्र्याउन सक्छौं। होइन भने जति नै बिदेशी लगानीको रट लगाए पनि आशा गरे अनुरुप बिदेशी पुंजी र लगानी आउदैन।
आज पुंजीबजारबाट पुंजी नउठाउने बिश्वका ठुला कम्पनी बिरलै होलान। अमेरिका र युरोपले बिगत दुइसय बर्षभन्दा बढी समयदेखि यसको प्रयोग गर्दै आइरहेका छन्। बिकसित देशका अर्थतन्त्र धेरै हदसम्म पुंजीबजारमा भर परेका हुन्छन्। त्यहाँका कम्पनीहरुले पुंजीबजारको भरपुर प्रयोग गरेर फाइदा लिन कुनै कसर बाँकी राख्दैनन्र।
देश बिकास र अर्थतन्त्रको बिस्तारको लागि हामीलाई पनि पुंजीबजार भन्दा अर्को उत्तम बिकल्प छैन। हामीलाई यसबारेमा अनाबश्यक र बिबादस्पद कुरा गरेर समय खेरा फाल्ने सुबिधा पनि छैन। सबैमा यो महसुस हुन अति जरुरि छ कि पुंजीबजार देशको आर्थिक विकास र औद्योगिकारणका लागि आबश्यक पर्ने पुंजी उद्यमी वा उद्योगीको हातमा पुर्याउने सबैभन्दा प्रभाबकारी माध्यम हो। पुंजीबजार आँफैमा उत्पादक क्षेत्र हो भने त्योभन्दा बढी यसले अन्य क्षेत्रका उद्योग र इन्डस्ट्रीहरुलाई पुंजी उपलब्ध गराएर अरु उत्पादकत्व बढाउन योगदान गर्दछ।
तसर्थ हामीले पुंजीबजारलाइ द्रुत गतिमा सुधार र बिस्तार गर्दै लगेर यसको भरपुर उपयोग गर्न अति जरुरि छ।
No comments:
Post a Comment