Sunday, August 13, 2023

किन बिबादित नयाँ सेक्युरिटिज एक्सचेन्ज ल्याउने प्रक्रिया?


नयाँ सेक्युरिटिज (स्टक, डेरीभेटिभ कमोडिटी) एक्स्चेन्ज ल्याउन जोडतोडले चलिरहेको प्रक्रिया एकाएक स्थगित भएको छ। यो प्रक्रिया भोलि फेरी सुरु होला तर अहिलेलाई भने नयाँ एक्स्चेन्ज ब्यापक चलखेल बिबादको चपेटामा परेको छ।


हालसम्म एउटामात्र स्टक एक्स्चेन्जले काम गरिआएकोमा अर्को स्टक एक्सचेन्ज थपिने बिषयले कतिपयमा सकारात्मक मनोविज्ञान पैदा गरेको थियो भने कतिपयमा संसय आशंका। संसय आशंकाको कारण आकर्षक मुनाफा गर्नसक्ने प्रचुर सम्भाबना रहेको नयाँ स्टक एक्सचेन्जको लाईसेन्स प्राप्त गर्न ब्यापक चलखेल भैरहेको भन्ने हो। यसलाई लिएर संसदमा समेत आवाज उठको थियो।


त्यसो कमोडिटी डेरिभेटिभ एक्सचेन्ज पनि आउने प्रक्रियामा छन तर प्रायको चासो कौतुहलता नयाँ स्टक एक्स्चेन्जमा छ। धेरै प्रश्नहरु छन, जस्तै: बिध्यमान नेपाल स्टक एक्स्चेन्ज हुँदाहुँदै यति सानो अर्थतन्त्रमा अर्को एक्सचेन्ज किन? बिध्यमान एक्स्चेन्जलाई निजीकरण गरेर अवस्था सुधार्न सकिदैन? नयाँ एक्स्चेन्जले लगानीकर्ता, ब्रोकर-डिलर, म्युचुअल-फन्ड, इन्भेन्स्टमेन्ट बैंक, पब्लिकमा जाने कम्पनीहरु, नियमन निकाय, बजार समग्र अर्थतन्त्रलाई कस्तो प्रभाब पार्छ? नयाँ ल्याउने प्रक्रिया सहि पारदर्शि ? एक्स्चेन्जको स्वामित्व कस्तो हुनुपर्छ? दुई एक्स्चेन्जले कसरी काम गर्छन? के दोहोरो लिस्टिंग (सूचीकरण) हुन्छ? नयाँ एक्स्चेन्जको इन्डेक्स के हुन्छ? आदि। मिडियाकर्मि लगानीकर्ताहरुबाट आँफैपनि बारम्बार यी प्रश्नहरु सामना गर्ने गरेको छु। यो लेख यिनै प्रश्नहरुको जवाफ खोज्नमा केन्द्रित हुनेछ।


नयाँ एक्स्चेन्ज किन"के अर्को स्टक एक्सचेन्ज आबश्यक हो" भन्ने धेरैको प्रश्न छ। यो प्रश्नको सिधा जवाफ हुन्छ: नयाँ स्टक एक्स्चेन्ज बिल्कुलै आबश्यक हो। यसको प्रमुख कारण बिध्यमान स्टक एक्स्चेन्ज हो। नेपाल स्टक एक्स्चेन्जले आफ्नो उदेश्य मार्केटको अपेक्षा अनुरुप काम गरेको हुन्थ्यो भने पक्कै अहिल्यै अर्को स्टक एक्स्चेन्जको आबश्यकता नपर्नसक्थ्यो। त्यहि नगरेकाले नै नयाँ स्टक एक्स्चेन्जको आबश्यकता भएको हो। बिध्यमान स्टक एक्स्चेन्जको बिगत एकपटक हेर्ने हो भने यो सबै छर्लंग हुन्छ।


नेपाल स्टक एक्स्चेन्जको बिगतबि.सं.२०३३ मा स्थापित नेपाल स्टक एक्स्चेन्जको बिगत पुँजीबजारको विकास बिस्तारमा खासै गतिलो छैन। आफ्नो स्थापनाको ४७ बर्षमा यसले बिकसित पुँजीबजारका बित्तिय साधन, सेवा सुबिधाहरु देशमा उपलब्ध गराउन सकेको छैन। यी बिषयबारे स्टक एक्सचेन्ज बेखबर अनभिज्ञ रहीआएको छ। उसको असक्षमताले लगानीकर्तालाई प्रतिस्पर्धामक बाताबरणमा बुद्धिमत्तापूर्ण लागनी गर्ने अवस्था गुणस्तरीय सेवाबाट बन्चित गराएको छ। धितोपत्रको मूल्य सुचनाको प्रबाह समान हिसाबले निष्पक्ष हुनसकेको छैन। भित्री सुचनाको आधारमा हुने कुनै कारोबार पहिल्याउन सकेको छैन। समस्या समाधानमा तदारुकता नदेखाउने मात्र होइन, पुंजीबजारको बिकास बिस्तारमा स्टक एक्सचेन्ज उल्टै समस्या भएर रहेको छ।


आजसम्म स्टक एक्सचेन्जबिना प्रतिस्पर्धा बाध्यताबस जसोतसो तानिएर आएको छ। पुँजीबजार यति नाजुक पिछडिएको अवस्थामा रहनुमा स्टक एक्सचेन्जका उदासिन अकर्मण्ड गतिबिधि जिम्मेवार छन्। लगानीकर्तालाई बृहत लगानीको अवसर उपलब्ध गराउन नसकेको स्टक एक्सचेन्जको पुँजीबजारमा कुनै प्रभाब असर देखिदैन। आफ्नो उदेश्यमा पूर्णत असफल असक्षम छ। यस्तो उपलब्धिहिन निराशापूर्ण बिगत भएको स्टक एक्सचेन्जले आफ्नो उदेश्य अनुरुप कुनै उल्लेख्यनिय कार्य गर्ला भन्ने अपेक्षा नभएकाले अर्को स्टक एक्सचेन्जको आबश्यकता भएको हो।


बिध्यमान स्टक एक्सचेन्जको बिगत यस्तो हुनुमा प्रमुख कारण भने सरकारी स्वामित्व हस्तक्षेप हो। यसका हरेक गतिविधिमा सरकारी संलग्नता हस्त्क्षेप यति हानिकरक प्रत्युत्पादक भएको कि स्टक एक्सचेन्ज भनेकै ढिलासुस्ती, असक्षमता भ्रष्ट्राचारको पर्यायबाची भन्ने बुझ्ने गरिन्छ। यसमा मात्र होइन, अन्यत्र पनि जहाँजहाँ सरकारको संलग्नता हस्त्क्षेप , त्यहाँ त्यहाँ संस्थाहरु भ्रष्ट ध्वस्त भएका छन। बिकसित दुनियाँमा कल्पना नै नगरिने यो अभ्यासबाट सरकार तुरुन्त अलग हुन् जरुरी छ। स्टक एक्सचेन्जको जुन अवस्था , त्यहाँ अर्को आधा शताब्दीमा पनि सुधार हुने लक्षण देखिदैन।सरकारी संलग्नता हस्त्क्षेपका कारण स्टक एक्सचेन्जबाट लगानीकर्ता, ब्रोकर, सुचिकृत कम्पनीहरु अन्य सेवाग्राहीहरु प्रताडित नै छन्।

 

नयाँ ल्याउने प्रक्रिया  स्वामित्व सरचनानयाँ स्टक एक्स्चेन्ज ल्याउने प्रक्रिया खुला बजार अर्थतन्त्र पुँजीबजारको स्पिरिट अनुरुप निष्पक्ष सबैको लागि समान अवासर हुनुपर्नेमा त्यो छैन। सरकारको प्रतिनिधि नियमन निकायले एउटा मात्र संस्थालाई लाइसेन्स दिने निती अख्तियार गरेको , जुन पूर्णत: गलत छ। देशमा कति एक्स्चेन्ज आबश्यक भन्ने निर्णय मार्केटले गर्दछ कि सरकार वा कुनै नियमन निकायले। अवसर भएमा कोहि लगानी गर्न तयार भएमा एक होइन, तिन-चार वा आठ-दस एक्स्चेन्ज पनि आउनसक्छन।


यस्ता लाइसेन्सहरु कुनै संख्यामा सिमित (Rationing) पनि गरिदैन लिलामी (Auction) पनि हुँदैनन। एउटालाइ मात्र अनुमति दिने निती पूर्णत: गलत, पक्षपातपूर्ण बजार अर्थतन्त्रको लागि हानिकारक छ। रितपुर्बक अनुमति माग गर्ने सबैले अनुमति पाउनुपर्छ। स्टक एक्स्चेन्जको लाइसेन्समात्र होइन, अन्य सबै लाइसेन्सहरु पनि खुला नियमित रुपमा योग्यता पुग्ने रितपुर्बक आबेदन गर्ने सबै संस्थाहरुलाई वितरण गरिरहनुपर्दछ। सबैभन्दा निष्पक्ष ​ पारदर्शी प्रक्रिया पनि यहि नैहो  

 

स्वामित्व: एक्सचेन्ज स्व-नियामकिय संस्था (Self Regulating Organization or SRO) हो। अत्यधिक चलखेल हुने, कमजोर कानुन, नियमन संरचना भएको माहोलमा स्व-नियामकिय संस्थाको रुपमा एक्सचेन्जको स्वामित्व संरचना एकदमै महत्वपूर्ण हुन्छ। कमजोर कानुनको आडमा मुल्यमा प्रभाब पार्ने संभाबना अधिक छ। त्यस्तो नहोस भनेर हरेक संस्थापक सेयरधनीको स्वामित्व अत्याधिक नहुने गरि एक्सचेन्जको स्वामित्व संरचना बनाउनु पर्दछ। सरकारी स्वामित्व, हस्तक्षेप प्रतिनिधित्व शुन्य हुनुपर्दछ तर संस्थापक सेयरधनीको स्वामित्व पनि एक्सचेन्जको गतिविधिलाई प्रभावित पार्ने खालको हुनुहुँदैन।

 

बिकसित मार्केटमा १००% स्वामित्वमा पनि एक्सचेन्ज स्थापना हुनसक्छ सिद्धान्तत यसमा विवाद छैन। तर हाम्रो जस्तो ज्यादै कमजोर नियमन भएको मार्केटमा स्वामित्व कुनै एक ब्यक्ति, समुह वा संस्थामा थुप्रिदा मुल्यमा प्रभाब पार्ने अत्यधिक चलखेल हुने सम्भाबना अत्यधिक हुन्छ। यस्तो अवस्था नआओस भन्नका लागी एकजना सेयरधनीलाई % वा सो भन्दा कम स्वामित्व दिईनु उपयुक्त हुन्छ। सकेसम्म पुँजीबजारमा सक्रिय रुपमा संलग्न ब्यक्ति संस्थाहरुलाइ समाबेश नगरी स्वामित्व वितरण गर्नसके झन् राम्रो हुन्छ। त्यसो गरिएमात्र एक्सचेन्ज केहि व्यक्ति संस्थाको अनुचित प्रभाब नियन्त्रणमा रहदैन। अन्यथा गलत गतिबिधी हुन् गई धितोपत्रको मुल्य प्रभाबित अत्यधिक चलखेल हुनसक्ने हुन्छ। स्टक एक्सचेन्जको स्वामित्व संरचना बनाउदा बिशेष चनाखो सतर्क हुनुपर्ने देखिन्छ।

 

नेपाल स्टक एक्स्चेन्जको ब्यबस्थापननयाँ स्टक एक्स्चेन्जको आबश्याकताबारे बिबाद छैन तर सरकारको अगाडी बिध्यमान स्टक एक्सचेन्जलाई कसरी ब्यबस्थापन गर्ने भन्ने पेचिलो प्रश्न छ। बिध्यमान स्टक एक्सचेन्जको एकमात्र ब्यबस्थापन भनेको निजीकरण हो। करिब आधा सताब्दी इतिहाँस बोकेको एक्सचेन्जले सहि तवरले काम गर्न प्रतिस्पर्धामा टिकीरहन यसलाई छिटो भन्दा छिटो निजीकरण गरिनुपर्दछ। यसको अर्को समाधान छैन।


यसको निजिकरणका चार प्रमुख फाइदा छन्: पहिलो आफ्नो स्वामित्व बिक्री गर्दा सरकारलाई ठुलो रकम प्राप्त हुन्छ। दोश्रो, निजीकरण पश्चात स्टक एक्स्चेन्जले प्रभाबकारी प्रतिस्पर्धात्मक रुपमा राम्रो काम गरेर आफ्नो क्षय भएको ख्याति पुन-आर्जन गर्नसक्छ। तेश्रो, असफल, असक्षमता हस्क्षेपको आरोपबाट सरकारले छुट्कारा पाउछ। चौथो, सरकारले आफ्नो अत्यन्तै हमात्वपूर्ण समय अन्य बिषयमा सदुपयोग गर्नसक्छ। निजीकरण पश्चात स्टक एक्सचेन्जको कार्यकुशलताको कारण सरकारले प्राप्त गर्ने राजश्व पनि बढेर जान्छ।


स्टक एक्सचेन्ज राज्यको सम्पत्ति हो। राज्यले आफ्नो सम्पत्ति समयमै निजीकरण गरेर ब्यबस्थापन गर्नुपर्दछ। निजीकरण गर्दा यसको मुल्यांकन पचासौं अर्बमाथि हुनसक्छ, जुन सरकारको लागी ठुलो रकमको स्रोत हो। निजीकरण नगरिए यो संस्था ध्वस्त यसको खर्बौमा मुल्यांकन हुनसक्ने सम्पत्ति स्वाहा भएर जनकपुर चुरोट कारखानाको नियति दोहरिन सक्छ।तसर्थ बहुमत सरकारी स्वमित्व रहेको स्टक एक्सचेन्जको पूर्ण निजीकरण गर्नु सरकारको पहिलो दायित्व हो

 

नयाँ स्टक एक्स्चेन्जको भुमिकानयॅा एक्सचेन्जले प्रमुखरुपमा नयाँ बित्तिय साधन उपकरणहरुको बिकास गर्ने, प्रबर्शन गर्ने बजारमा ल्याऊने हो। साथै धितोपत्रहरुको मूल्य सहि निष्पक्ष निर्धारण हुने बाताबरण कायम गर्ने, समयमा सुचना जानकारी जारी गराउने जस्ता महत्वपूर्ण कार्य गराउने। धितोपत्रको कारोबारमा कुनै चलखेल भित्री कारोबारको आधारमा भएमा यसले दिने ब्यबसायिक सेवा-सुबिधा गर्ने कामको गुणस्तरमा बृद्धि हुन्छ। थप यसले पुँजीको ब्यापक परिचालन गर्ने, रोजगारी पैदा गर्ने सरकारी राजश्वमा बृद्धि गर्न समेत मद्दत गर्दछ। नयाँ एक्स्चेन्ज थपिदा लगानीकर्ता, ब्रोकर, डिलर, म्युचुअल फन्ड, पब्लिकमा जाने कम्पनीहरु, नियमन निकाय, समग्र अर्थतन्त्र बजारलाई सकारात्मक प्रभाब पर्छ


लगानीकर्ता ब्रोकरलाई नयाँ स्टक एक्सचेन्जको प्रभाब धेरै सकारात्मक हुन्छ। लगानीकर्ताले प्रतिस्पर्धाको कारण कम लागतमा नयाँ बित्तिय साधन सेवाहरु पाउनेछन्। नयाँ बित्तिय साधनको कारण ब्रोकरहरुको कारोबारमा बृद्धि हुनेछ। कारोबारमा बृद्धि हुँदा ग्राहकलाई प्रतिस्पर्धाका कारण लागतमा कमि आउने उन्नत सेवा सुबिधा प्राप्त हुनेछ।


नयाँ स्टक एक्सचेन्जबारे कुनै नकारत्मक टिप्पणी जरुरी छैन। तर जुन अपारदर्शी हिसाबले चलखेल गरेर ल्याउन खोजिएको , त्यो चिन्ताजनक अस्वीकार्य छ। नेपाल स्टक एक्स्चेन्जलाई निजीकरण गरेर नयाँ स्टक एक्स्चेन्ज ल्याईन्छ भने त्यो सबैभन्दा निष्पक्ष पारदर्शी प्रक्रिया हुनेछ।

 

दोहोरो लिस्टिंग  इन्डेक्स गणना: एउटै कम्पनीको स्टक स्वदेश वा बिदेशका फरक एक्सचेन्जमा लिस्टिंग भै कारोबार हुन् सक्दछ तर आफ्नै देशमा यस्तो अभ्यास ब्यबहारिक हुँदैन। स्वदेशमा हुने दोहोरो लिस्टिंगले धितोपत्रको मूल्य (भ्यालु) मा कुनै अभिवृद्धि गर्दैन कम्पनी लगानीकर्तालाई कुनै फाईदा दिंदैन। फरक देशमा गरिने दोहोरो लिस्टिंगले कम्पनीलाई अधिक तरलता, प्रतिस्पर्धी मूल्य, धेरै कारोबार समय बिदेशी स्टक एक्सचेन्ज भएमा ठुलो बजार पुँजीमा पहुंच जस्ता फाइदा दिन्छ। तर अतिरिक्त लागत, कानुनी तथा प्रशासनिक झन्झट, बिदेशी मुद्राको जोखिम (कारोबार खर्च) जस्ता कारण विदेशको एक्सचेन्जमै पनि दोहोरो लिस्टिंग कमै हुनेगर्छ।


दोहोरो लिस्टिंग दुई किसिमले हुन्छ। पहिलो, कुनै कम्पनीका सेयरहरु दुइ फरक एक्सचेन्जमा लिस्टिंग गर्ने। अर्को, डिपोजिटरी रिसिट मार्फत अर्को देशको एक्सचेन्जमा लिस्टिंग गर्ने फरक देशका एक्सचेन्जहरुमा डिपोजिटरी रिसिटको अभ्यास ज्यादा चल्तीमा बढ्दो छ। उही देशका एक्सचेन्जहरुमा डिपोजिटरी रिसिटको अभ्यास हुँदैन तर अन्य बित्तिय साधनहरु बनाएर भने कारोबार गराउन सकिन्छ।


दोहोरो लिस्टिंगको अभ्यास दुनियामा , तर सिमित। आफ्ना लगानीकर्ता दुई देशमा छरिएका छन् भने सो कम्पनीले दोहोरो लिस्टिंग गर्ने गर्छ। अमेरिकी स्टक एक्सचेन्जमा ६०६ भन्दा ज्यादा बिदेशी कम्पनीहरुले दोहोरो लिस्टिंग गरेकाछन्। क्यानडियन कम्पनीहरु बेरिक गोल्ड थोम्पसन् रोयटर्स टोरोन्टो स्टक एक्सचेन्ज न्युयोर्क स्टक एक्सचेन्जमा सुचिकृत छन्। आईसिआईसिआई बैंक, एचएफडिसी बैंक, टाटा मोटर्स, इन्फोसिस लगायत धेरै इन्डियन कम्पनिहरु अमेरिकन डिपोजिटरी रिसिटको रुपमा न्युयोर्क स्टक एक्सचेन्जमा सुचिकृत छन्। अलिबाबा, बाइडु, टेनसेन्ट लगायत अन्य चाइनिज कम्पनीहरु न्युयोर्क स्टक एक्सचेन्जमा पनि सुचिकृत छन्। तर कुनै अमेरिकन कम्पनी दुई अमेरिकी स्टक एक्सचेन्जमा सुचिकृत भएको पाइदैन।


फरक देशमा गरिने दोहोरो लिस्टिंगले स्टकको मुल्यमा कुनै फरक पार्दैन भने उही देशमा हुने दोहोरो लिस्टिंग झनै फरक पार्दैन। किनकी ति स्टकहरुको खरिदबिक्री हुँदा ब्रोकरको टिएमएस (TMS) मा एक्सचेन्ज अनुसार फरक मूल्य देखिदैन हुँदैन पनि


इन्डेक्स गणनाहरेक एक्सचेन्जले आबश्यकता अनुसार बिभिन्न इन्डेक्स बनाउनसक्छ। नयाँ एक्सचेन्जलाई आफ्नो इन्डेक्स बनाउन कुनै समस्या छैन। उसले आफ्नो एक्सचेन्जमा सुचिकृत कम्पनीहरुमध्येबाट पहिलो दिनदेखि नै नयाँ इन्डेक्स गणना गर्नसक्छ। इन्डेक्स बनाउंदा उसले नयाँ सुचिकृत कम्पनि भए पहिलो कारोबार दिन पहिल्यै सुचिकृत कम्पनि भए तथ्याङ्क प्राप्त मिती देखि समाबेश गर्नसक्छ।

 

दुई स्टक एक्सचेन्जले काम कसरी गर्छनयसमा कुनै जटिलता छैन। पब्लिकमा गएका कम्पनीहरु कुनै एक वा दुवै एक्सचेन्जमा सूचीकरण हुनसक्छन। हरेक ब्रोकरको कारोबार पाटी (TMS) मा दुबै एक्सचेन्जमा सुचिकृत कम्पनीको धितोपत्रहरु कारोबारको लागी उपलब्ध हुनेछन। दुबैले -आफ्नो क्लिएरिङ्ग हाउस मार्फत कारोबारको राफसाफ गर्नेछन।


अमेरिका, युरोप, इन्डिया, चीन लगायत धेरै देशमा दुइ वा बढी स्टक एक्स्चेन्जहरु छन्। एकमात्र स्टक एक्स्चेन्ज हुनुपर्छ, दुई स्टक एक्स्चेन्जको लागी ब्यापार छैन भन्ने तर्क पनि सुनिन्छ, जुन जायज होइन। ब्यापार /छैन भन्ने बिषय संस्था स्थापना गर्नेहरुको चासोको बिषय हो, अन्यको होइन। कसैले अवसर देखेरै स्थापान गर्दछ। आबश्यकता अनुसार स्टक एक्स्चेन्ज पनि जतिपनि संख्यामा स्थापना हुन् सक्छन किनकी यो पनि अन्य जस्तै एक ब्यबसाय हो। खुला बजार अर्थतन्त्रमा जतिपनि एक्स्चेन्जहरु स्थापाना हुनसक्छन किनकी यो मार्केटले निर्धारण गर्ने बिषय हो। पुँजीबजारको आधार प्रतिस्पर्धा हो, जहाँ हरेकलाई खुला प्रवेश निकासको समान अधिकार हुन्छ।


निष्कर्षनयाँ स्टक एक्सचेन्ज आउने बिषयमा बिवाद हुनसक्दैन। न्युनतम योग्यता पुग्ने सबै आबेदकहरुले अनुमति पाउनुपर्दछ। खुला अर्थतन्त्र झन् पुँजीबजारमा चाहे त्यो एक्स्चेन्ज होस् वा ब्रॊकर-डिलर वा अर्को कुनै कम्पनी, त्यसको आबश्यकता बजारले निर्धारण गर्दछ कि सरकार वा कुनै निकायले। पुँजीबजारमा संस्थाहरुलाई निर्बाध आउन दिनुपर्छ, संख्या तोकेर आउनबाट सिमा बन्देज लगाउन मिल्दैन। जहाँ संख्या तोकिन्छ त्यहाँ चलखेल हुने प्रबल सम्भाबना हुन्छ। एउटालाई मात्र अनुमति दिने भन्नु त्यो अपारदर्शी चलखेल हो। नयाँ एक्सचेन्जको सवालमा पनि त्यस्तै भैरहेको बुझ्न सकिन्छ। यस्तो अपारदर्शी हिसाबले चलखेल गरेर एक्सचेन्ज ल्याईनु चिन्ताजनक अस्वीकार्य हुन्छ।


बिकसित मार्केट अर्थतन्त्रमा कुनैपनि संस्थालाई बजारमा आउन-जान कुनै सिमा बन्देज लगाईदैन। कोहि लगानी गर्न तत्पर भने एक-दुई होइन, जतिपनि एक्स्चेन्ज आउनसक्छन किनकी खुला बजार अर्थतन्त्रमा हरेक बिषयको निर्णय बजारले गर्दछ। माग भएमा संस्थाहरु आउछन, नभए आउदैनन आएका पनि बन्द हुन्छन। तसर्थ यो बिषय बजारलाई छाड्नु सबैभन्दा बुद्धिमानी हुन्छ। संसारको उत्कृष्ट अभ्यास पनि यहि नैहो। 

मुक्ति अर्याल, फाइनान्सियल इकोनोमिष्ट

https://www.ukaalo.com/opinion/20230601-stock-exchange-share-capital/7270

Saturday, June 26, 2021

बजेटले नसमेटेका पुँजीबजारका बिषयहरु

आब २०७८/७९ को बजेट आएको छ। बजेट एकबर्षको लागी सरकारको आर्थिक नीति तथा कार्यक्रम हो। बजेटमा लिईने वा नलिईने नीतिले पुंजीबजारलाई ठुलो प्रभाब पार्दछ।

पुँजीबजार अर्थतन्त्रको लागी पुँजी परिचालन र सरकारका लागी राजस्व संकलनको महत्वपूर्ण माध्यम हो। चालु आबमा पुँजीबजारबाट १२ अर्बभन्दा ज्यादा राजश्व संकलन हुने आंकलन छ भने पुँजीबजारको विस्तारसँगै यो रकम बढेर जाने देखिन्छ। राजश्वको यति महत्वपूर्ण श्रोतलाई एकदमै सरल, सहज र सुबिधायुक्त बनाउनेतिर सरकारले पर्याप्त ध्यान दिनसकेको देखिदैन।

बजेटले पुंजीबजारलाई जसरी सम्बोधन गर्नुपर्थ्यो, त्यो कहिल्यै गरेको छैन। केहि अति आबश्यक र आधारभूत ब्यबस्था पुरा गर्ने हो भने पुँजीबजारको विकासका लागी सरकारलाई बारम्बार गुहारिरहनु पर्थेन। त्यस अवस्थामा कर सम्बन्धी नीतिगत बिषय छाडेर, प्राय: सबै कार्य धितोपत्र बोर्डबाट नै हुनेथियो।

केहि आधारभूत ब्यबस्थाहरु अझै कायम भैनसकेको कारण यि बिषय बजेटमै उल्लेख गरेर कार्यान्बयन गर्न जरुरी थियो तर त्यस्तो भएन यस आलेखमा बजेटले धेरै पहिल्यै सम्बोधन गर्नुपर्ने तर आजसम्म सम्बोधन नगरेका केहि त्यस्ता बिषयबारे छलफल हुनेछ।

सेक्युरिटीज् इन्भेस्टर्स प्रोटेक्सन कपोरेसन: बजेटले सम्बोधन गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण र पहिलो बिषय नै यहि थियो। धितोपत्र कारोबार र लगानीकर्ताको संख्या बढ्दै जाँदा धितोपत्र नियमनका केहि नयाँ निकायहरुको ब्यबस्था गर्न आबश्यक छ। यसमा सेक्युरिटीज् इन्भेस्टर्स प्रोटेक्सन कपोरेसन पहिलो प्राथमिकतामा पर्नुपर्ने थियो।

पुंजीबजारमा धितोपत्रको कारोबार र गतिबिधिहरु बढ्दै जाँदा यसको स्वस्थ्य र स्वच्छ संचालन, नियमन अरु कठिन र जटिल हुँदै गएको छ। खर्बौंका धितोपत्र र अर्बौंको नगद ब्रोकर, पोर्टफोलियो ब्यबस्थापक र विभिन्न फण्डस्हरुसंग रहेको छ। भोलि कुनै कारणले कुनै ब्रोकर वा फण्ड ब्यबस्थापक टाट उल्टियो वा उसको संस्थामा रहेको धितोपत्र र नगद हिनामिना भयो भने लगानीकर्ताहरुले सबै गुमाउने अवस्था रहन्छ। यस्तोमा  लगानीकर्ताहरुको लगानी र नगदमा न्युनतम ग्यारेन्टी कसले र कसरी दिने भन्ने प्रश्न उठ्छ। यो बिषय ३/४ बर्ष पहिलेदेखि उठाईए पनि अहिलेसम्म यसमा कुनै पहल भएको पाइदैन। 

धितोपत्रको लगानी र नगदमा सुरक्षाको पुरै ग्यारेण्टी सम्भब हुँदैन तर न्युनतम ग्यारेण्टी भने गर्न सकिन्छ। चासो बाझिने कारण यो कार्य धितोपत्र बोर्डले गर्नसक्दैन भने निजीक्षेत्रले पनि यो कार्य गर्नसक्दैन। त्यसैले सरकारले छुट्टै यस्तो स्वायत्त संस्थाको स्थापना गर्न आबश्यक हो। तर यस बिषयमा सरकार बेखबर देखिन्छ


फाइनान्सियल इन्डस्ट्री रेगुलेटरी अथोरिटी: सेक्युरिटीज् इन्भेस्टर्स प्रोटेक्सन कपोरेसनको अलावा फाइनान्सियल इन्डस्ट्री रेगुलेटरी अथोरिटीको स्थापना पनि उत्तिकै आबश्यक थियो। तर यसबारे पनि बजेटमा केहि आएन ।

ब्रोकर-डिलर, मार्केट मेकर्स, म्युचुअल फण्ड ब्यबस्थापक, पोर्टफोलियो ब्यबस्थापक, अन्डरराइटर्स, मर्चेन्ट बैंकर्स लगायत सबै धितोपत्र ब्यबसायीहरुको संख्या बढ्दै जाँदा तिनीहरुको  प्रभाबकारी अनुमति, नियुक्ति र नियमनधितोपत्र बोर्डबाट हुन् सम्भब हुँदैन। यो कार्यको लागी फाइनान्सियल इन्डस्ट्री रेगुलेटरी अथोरिटीको छुट्टै स्थापना आबश्यक थियो। बजेटले यसलाई पनि सम्बोधन गर्न सकेन।

नागरिक लगानी कोष जस्तो दुरगामी प्रभाब पार्ने संस्थाको स्थापना गरेर पुर्ब अर्थमन्त्री देबेन्द्रराज पाण्डेले यसको राम्रो उदाहरण दिएका थिए। यस्ता संस्था स्थापना गर्ने अवसर हरेक अर्थमन्त्रीलाई भएपनि सबैले गुमाए।


नियमन निकायको स्वायत्तता: नियमन निकायहरुलाई पूर्ण स्वायत्तता दिनु अर्को अत्याबश्यक कार्य हो। धितोपत्र  बोर्ड, राष्ट्रबैंक, बिमा समिती, बिद्दयुत नियमन आयोग जस्ता नियमन निकायहरुमा सरकारको पूर्ण हस्तक्षेप छ। समस्याको सबैभन्दा ठुलो जड नै यहि हो।

नियमन निकायहरुको स्वतन्त्र संचालन र कार्य सम्पादनका लागी उनिहरुलाइ बैधानिक र ब्यबहारिक रुपमा पूर्ण  स्वायत्तता दिन अति जरुरी थियो। तर सरकारले यो बिषयलाइ आजसम्म बुझ्न सकेको देखिदैन। नियमन निकायहरु  पूर्ण स्वायत्त हुने हो भने उनीहरुको कार्य सम्पादन र प्रभाबकारिता कयौं गुणा बढेर जानेथियो। 

नियमन निकायहरुमा अर्थ र अन्य मन्त्रालयको कुनै प्रभाब र हस्त्क्षेप हुनसक्दैन। नियमन निकायका कार्यकारी प्रमुख वा अध्यक्ष प्रधानमन्त्रीले नियुक्त गर्ने तर सो बाहेक कुनै हस्तक्षेप नगर्ने परिपाटी हुनुपर्दछ। यि निकायका संचालकहरु दैनिक कार्यरत रहने गरी पूर्णकालीन कार्यकारी हुने हुनुपर्दछ। तबमात्र यी संस्थाको प्रभाबकरिता र उपयोगिता अनुभब हुनेछ। बोझ साबित भएको निस्क्रिय संचालक समितिले अबको परिबर्तित अवस्थालाई सम्बोधन गर्नसक्दैन।

समयानुकुल नयाँ नियमक संस्थाहरु स्थापना गर्ने र बिध्यमान नियामक संस्थाहरुलाई स्वायत्तता दिने नितीगत ब्यबस्था बजेटमा समेटिन सकेको छैन।

स्टक एक्सचेन्जको निजीकरण: नेपाल स्टक एक्सचेन्जमा रहेको सरकार र राष्ट्रबैंकको स्वामित्व निजी क्षेत्रलाइ दिन धेरै पहिलेदखि नै आबश्यक हो। यतिमात्र होइन सम्पूर्ण सरकारी संस्थानहरुमा रहको सरकारी स्वामित्व निजी क्षेत्रलाइ बिक्री गर्न धेरै ढिला भैसकेको छ। सरकार आँफै उद्योग-ब्यापार गर्न तम्सने होइन, उसले त्यस्तो कार्य गर्न सहज बाताबरण गराईदिने हो। सरकारले नियमन निकाय स्थापना गरेर स्वायत्त छाडिदिने र नाफामुलक संस्थाहरु बजारको आबश्यकतामा निजीक्षेत्रले ल्याउने हो। यी संस्थाहरुको प्रवेश र बहिर्गमन स्वतन्त्र हुने हो। यति सामान्य नितीगत स्पष्टता पनि बजेटमा देखिदैन

नयाँ बित्तिय साधन: शैक्षिक योजना, पेन्सन योजना, रिटाएरमेन्ट योजना जस्ता धेरै योजनाहरुको लागि आबश्यक थुप्रै बित्तिय साधनहरु अहिलेसम्म उपलब्ध छैनन। जागीर नगर्नेहरुको लागी लगानीको कुनै अवसर र योजना नै छैन, जुन पक्षपातपूर्ण अवस्था हो। त्यसैले लगानीका त्यस्ता योजनाको विकास गर्न अति आबश्यक छ। यस्ता बित्तिय साधनहरु पुँजीबजारमा कार्यरत संस्थाहरुले ल्याउन सक्छन तर कर प्रयोजनका कारण यसमा सरकारले नै पहल गर्नुपर्ने हुन्छ। बिदेशमा यस्ता लगानी योजनाहरु ५-७ दशक अघिदेखि नै प्रचलनमा छन् तर हामीकहाँ अहिलेसम्म बहस र छलफल पनि भएको छैन। सरकार यस्ता बिषयमा बेखबर रहनु नौलो भएन।


डेरीभेटिभ एण्ड कमोडिटी मार्केट: बजेटमा डेरीभेटिभ र कमोडिटी मार्केट बिकास गर्ने बिषय केहि समयदेखि उठ्दै आएको छ। यी मार्केट संचालनको लागी एक्सचेन्ज स्थापनाको बिषय पनि उठेको छ। तर उपलब्धि केहि देखिदैन।

यसमा थुप्रै अन्योल छ र मुख्य अन्योल निती-नियम र नियमन निकायमै छ। डेरीभेटिभ (अप्सन्स र फ्युचर्स) र कमोडिटी मार्केटको नियमन गर्ने जिम्मा पनि धितोपत्र बोर्डलाई नै दिइएको छ। यो सहि हुँदैन। कमोडिटी मार्केट र फ्युचर्स मार्केटको लागी छुट्टाछुट्टै नियमन निकायको स्थापना आबश्यक छ। स्टक, बण्ड, इन्डेक्स र म्युचुअल फण्डमा आधारित अप्सन्सको नियमन धितोपत्र बोर्डले गर्नुपर्छ भने कमोडिटी, फ्युचर्स, बिदेशी मुद्रामा बन्ने अप्सन्सको नियमन कमोडिटी मार्केटको नियमन निकायले गर्नुपर्ने हुन्छ।

म्युनिसिपल बण्ड: प्रदेश वा नगरपालिका जस्ता स्थानिय सरकारहरुको बिकास योजना र कार्यक्रमहरु सम्पन्न गर्ने आबश्यक ठुलो धनराशि जुटाउन म्युनिसिपल बन्ड अत्यन्तै उपयोगी हुन्छ। म्युनिसिपल बन्ड खासगरी "साधारण दायित्व बन्ड" र "आम्दानी बण्ड" गरेर दुई प्रकारका योजनाहरुलाई बित्तिय लगानी गर्न प्रयोग गर्ने हो। स्थानीय सरकारले म्युनिसिपल बन्डको बुद्धिमत्तापुर्बक प्रयोग गरी आफ्नो क्षेत्रको बिकासलाइ गति दिनसक्छन। तर बजेटले यो सम्भाबनालाइ पनि पहिल्याउन सकेन। 

पुँजीगत लाभकर: बजेटले पुँजीगत लाभकरमा रहेको अब्यबहारिक र पक्षपातपूर्ण ब्यबस्थालाई यथावत राख्दै अल्पकालीन लाभकारमात्र परिबर्तन गरेको छ। लगानीमा हुने नोक्सानीलाई लाभकर गणना गर्दा समाबेश गरि खुद पुँजीगत लाभमामात्र लाभकर लाग्ने र खुद पुँजीगत नोक्सान भएमा अर्को आर्थिक बर्षमा सार्न पाउनुपर्ने सर्बमान्य सिद्धान्त, अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा प्रयोग गरिआएको अभ्यासलाइ अपनाउनु पर्नेमा बजेटले यति सामान्य तर जरुरी बिषयलाई पनि समेट्न सकेन। 

लगानीकर्ताले हाल पुँजीगत लाभ-हानी दुबैमा लाभकर तिर्दै आइरहेका छन्। पुँजीगत लाभमा लाभकर तिर्नु हरेकको दायित्व हो भने पुँजीगत नोक्सानीमा लाभकर छुट पाउनु अधिकार होलाभकर बर्षभरिको खुद पुँजीगत लाभ-हानीमागणना गरिनुपर्छ, न कि हरेक बिक्रीमा। हालको अभ्यास मूल्य अभिबृद्धि कर जस्तै छ। लाभकर समग्र पुँजीगत लाभ-हानीमा गणना हुने गरि संसोधन आबश्यक छ। 


बजेटले ३६५ दिनभन्दा कम र बढी अवधिको लगानीलाई क्रमस: अल्पकालिन र दिर्घकालिन भनेर बर्गिकरण गरेको छ तर ३६५ दिनको लगानी के हुने भन्ने व्याख्या नगरी अन्योल कायमै राखेको छ।

भीमकाय संस्थाबारेकुनै संस्था भीमकाय हुँदै जाँदा ढल्ने जोखिम बढ्दै जान्छ। जोखिम र प्रतिस्पर्धाका हिसाबले  नागरिक लगानी कोष र कर्मचारी संचय कोष भीमकाय संस्था हुने सम्भाबना बढेर गएको छ। भीमकाय संस्थामा भोली कुनै समस्या पैदा भए त्यसले ल्याउने जोखिमले अर्थतन्त्रलाई नै धरापमा पार्नसक्छ। यस्ता संस्थाको दायित्वमा अस्वाभाविक बृद्धिलाइ समयमै ब्यबस्थापन गर्नुपर्ने आबश्यकता छ। त्यति मात्रै होइन यी संस्थालाई पूर्णरुपमा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरिनु आवश्यक छ। यसमा पनि बजेटको ध्यान पुगेन।

भीमकाय संस्थालाई दुई किसिमले ब्यबस्थापन गर्न सकिन्छ: पहिलो यस्ता संस्थालाई बिभाजन गरेर र दोश्रो यी  संस्थाहरुले गरीआएको कार्य अन्यले पनि गर्ने गराएर। यसबारेको छुट्टै चर्चा आबश्यक होला।

निष्कर्समा बिगतमा जस्तै यसपटकको बजेटले पनि पुंजीबजारको विकास, विस्तार र सुधार लागी आधारभुत आबश्यकतालाई पहिचान गर्न सकेन। निती-नियम निर्माणको तहमा यसबारे प्रष्ट बुझाई र सहि जानकारी नहुनु नौलो भएन तर निती-नियम बनाउदा एक्स्पर्टको राय-सुझाब लिनैपर्छ भन्ने आधारभूत जानकारी पनि नहुनु र सो को अभ्यास नगर्नु सबैभन्दा ठुलो समस्या देखिन्छ। नियमन निकायहरु पूर्ण-स्वायत्त नहुनु अर्को ठुलो समस्या हो। पुंजीबजारमा यो हदको भद्रगोल र अस्तव्यस्तता त्यसैको परिणाम हो।


असार १३, २०७८ आईतबारको दिन कारोबार दैनिकमा प्रकाशित:
https://www.karobardaily.com/news/144784