पुँजीबजारमा
बिभिन्न प्रकारका फण्डहरुको आउने क्रम बढ्दो छ। बोलीचालीमा फण्ड भन्ने बित्तिकै म्युचुअल फण्ड र म्युचुअल फण्ड भन्ने बित्तिकै बन्दमुखी भन्ने बुझ्ने गरिन्छ। तर सहि अर्थमा ति सबै म्युचुअल फण्ड (बन्दमुखी) होइनन। हरेक फन्डको फरक बिशेषता र बिशेषता अनुसार फण्डको लागत, जोखिम र प्रतिफल
फरक पर्ने हुँदा हरेक फण्डलाइ फरक हिसाबले बुझ्नुपर्ने हुन्छ।
अहिलेसम्म इक्विटीमा धेरै लगानी गरिने फण्डहरु निष्कासन हुँदै आएकोमा निश्चित आय दिने बण्ड, डिबेन्चर जस्ता फिक्स्ड ईन्कम सेक्युरिटिजमा धेरै लगानी गर्ने उदेश्यको खुलामुखी बण्ड म्युचुअल फण्डले पनि बजार प्रबश गरेको छ। मार्केटमा फण्डको संख्या बढ्दै जानु राम्रो हो। त्यसमा पनि फरक प्रकारको फण्ड हुनु झनै राम्रो हो। तमाम कमि-कमजोरीको बाबजुद बण्डमा आधारित खुलामुखी म्युचुअल फण्ड जस्तो फरक प्रकारको बित्तिय साधनको पुँजीबजारमा प्रवेश हुनु पक्कै राम्रो कार्य हो। कतिपयमा इक्विटी फण्डभन्दा बण्डफण्डको लगानी ब्यबस्थापन सरल र सहज हुन्छ भन्ने बुझाई रहेको पाईन्छ तर त्यो सहि होइन। बण्ड फण्डको ब्यबस्थापन जटिल हुन्छ।
बण्ड फण्ड सुरुवात हो। पुंजीबजारको कायापलट गर्ने क्षमता भएका बित्तिय साधनहरु ल्याउन सकिन्छ। तर यसको पहिलो शर्त यस्ता साधनको महत्व र आबश्यकताबारे नियमन निकायहरुमा प्रस्ट बुझाई र तिनको निर्बाध प्रवेश हो। अर्को शर्त त्यस्ता बित्तिय साधनहरु एकदमै निष्पक्ष, सहि मुल्य निर्धारण भएका र बिना कुनै कमि-कमजोरी पूर्ण जानकारीका साथ निष्कासन हुनु हो। यसको लागि अत्यन्तै कुसल, दक्ष र सक्षम जनशक्तिको आबश्यकता अर्को शर्त हो। यस्तो जनशक्तिले मात्र बजारको आबश्यकता बुझेर सोहि अनुरुप बित्तिय साधन बनाउन सक्दछ।
फरक प्रकारका फण्डहरु बजारमा आइरहँदा लगानीकर्ताले यी फण्डबारे राम्रो जानकारी राख्न आबश्यक हुन्छ।फण्ड कति लगानीयोग्य छ? यसमा लगानी गर्न के-कस्ता सुचना र जानकारी आबश्यक छन्? फण्डको खर्च अनुपात कति छ? फण्डको सम्भावित जोखिम र प्रतिफल के छ? फण्ड किनबेचमा लाग्ने शुल्कहरु के-कस्ता छन्? फण्ड ब्यबस्थापकको क्षमता र दक्षता के छ? बिबरणपत्रमा दिईएको जानकारी सहि र पर्याप्त छ कि छैन?लगानीपुर्ब यी बिषयमा लगानीकर्ता सु-सुचित हुन् जरुरी छ।
फण्डको प्रभाबकारी ब्यबस्थापनका लागी लगानीकर्ताभन्दा पहिला फण्ड ब्यबस्थापकहरु माथिका यी बिषयमा जानकार हुन् आबश्यक छ। नियमन निकायमा कार्यरत कर्मचारीहरु, लगानी परामर्श दिने संस्थामा कार्यरत कर्मचारीहरु र फाइनान्सियल रिपोर्टरहरुले पनि यस्ता फण्डबारे सहि जानकारी राख्न आबश्यक छ। यस लेखमा फण्ड ब्यबस्थापनका यिनै बिबिध पक्षबारे बिश्लेषण हुनेछ।
१. फण्डको प्रकृती: लगानीकर्ता आंफुले खरिद गर्न चाहेको फन्ड कस्तो प्रकृतीको हो सो बारे प्रस्ट हुनुपर्दछ। फन्डको प्रकृतीले लगानीकर्ताको लागत, प्रतिफल र जोखिममा प्रभाब पार्दछ।
नेपालको कानुनमा सबै फण्डलाइ म्युचुअल फण्ड भनेर परिभाषित गरिएको र म्युचुअल फण्डलाइ बन्द र खुलामुखी भनेर बर्गीकरण गरिएको छ। निश्चित अवधि रही स्टक एक्सचेन्जमा सूचीकरण भई कारोबार हुने म्युचुअल फण्डलाई बन्दमुखी र पुँजी र अवधि दुबै निश्चित नभएको र फण्ड ब्यबस्थापक मार्फतमात्र किनबेच गरिने म्युचुअल फण्डलाई खुलामुखी भनिएको छ।
हालसम्म नेपालमा कुल २८ फण्ड निष्कासित भएकोमा ६ अवधि सकिएका छन् भने २२ संचालनमा छन्। संचालितमध्ये १९ स्टक एक्सचेन्जमा सुचिकृत भई कारोबार हुने इटिएफ र टार्गेट फण्डको मिश्रित बिशेषता भएका फण्ड छन् भने दुई खुलामुखी म्युचुअल फण्ड र एक इकाई योजना (यूनिट ट्रस्ट) छन्। बन्दमुखी म्युचुअल फण्ड, इन्डेक्स फण्ड र फण्डस् अफ फण्ड हालसम्म बजारमा उपलब्ध छैनन। हेजफण्ड, प्राइभेट इक्विटि र भेन्चर क्यापिटल केहि आइसकेका र थप आउने सुरसारमा छन्।
नेपालमा जसरी म्युचुअल फण्डलाई व्याख्या गरिएको छ, त्यो अन्तर्राष्ट्रिय परिभाषा र अभ्यास अनुरुप छैन। अन्तर्राष्ट्रिय अभ्यास र परिभाषा अनुसार स्टक एक्सचेन्जमा सूचीकरण भई कारोबार हुने फण्डहरु एक्सचेन्ज ट्रेडेड फण्ड (इटिएफ) हुन् भने निश्चित अवधि भएका फण्डहरु टार्गेट फण्ड हुन्। पुँजी निश्चित तर अवधि अनिश्चित भई फण्ड ब्यबस्थापक मार्फतमात्र किनबेच हुने बन्दमुखी म्युचुअल फण्ड हो। पुँजी र अवधि दुवै अनिश्चित भएको तर फण्ड ब्यबस्थापक मार्फतमात्र किनबेच हुने खुलामुखी म्युचुअल फण्ड हो। पुँजी र अवधि दुवै निश्चित नभएका ट्रस्ट करार बमोजिम संचालन हुने फण्ड ईकाई योजना हुन्। अन्तर्राष्ट्रिय परिभाषा र अभ्यास अनुरुप बित्तिय साधन नबन्दा ति साधन जोखिमपुर्ण र भेदभाबपूर्ण हुन् गएका छन्, जसको कारण लगानीकर्ताले अनाबश्यक र अतिरिक्त लागत बेहोर्नु परेको छ।
२. फण्डको उदेश्य र लगानी नीति: लगानीकर्तालाइ फन्डको उदेश्य प्रस्ट जानकारी हुनुपर्छ। बार्षिक पुँजीगत लाभ, दिर्घकालिन उच्च प्रतिफल, नियमित आम्दानी, जोखिम कम गरेर पुँजी संरक्षण गर्दै उचित प्रतिफल, बुद्धिमत्तापूर्ण लगानी ब्यबस्थापन आदी जस्ता कुन उदेश्य फण्डले प्राप्त गर्ने हो त्यसको प्रष्ट जानकारी लगानीकर्तालाई दिनुपर्दछ।
फण्डको लगानी सक्रिय वा निष्क्रियमध्ये कुन बिधीबाट हुने हो त्यसको जानकारी दिन आबश्यक हुन्छ। सक्रिय लगानी बिधी हुँदा पोर्टफोलियो टर्नओभर ज्यादा हुनगई खरिद-बिक्री र अनुसन्धान खर्च उच्च भै प्रतिफल घट्न जान्छ। निष्क्रिय लगानी बिधीमा यस्ता खर्चमा बचत भई प्रतिफल बढ्न जान्छ। बन्द प्रकृतिको फण्ड पूर्ण सक्रिय वा पूर्ण निष्क्रिय दुवै हुनसक्छ। खुला प्रकृतिको फण्ड तरलता र फण्ड ब्यबस्थापनका लागी केहि सक्रिय हुनैपर्ने हुन्छ। फण्ड कुन हदसम्म सक्रिय वा निष्क्रिय हुने हो बिबरणपत्रमा प्रष्ट पार्न जरुरी हुन्छ।
३. खर्चको अनुपात: फण्डमा लगानी गर्दा लगानीकर्ताले ब्यबस्थापन शुल्क, संचालन खर्च र फण्ड खरिद-बिक्री शुल्क गरेर तिन किसिमका खर्चहरु बेहोर्नुपर्दछ। नेपालमा प्राय सबै फण्डहरुले १.५% ब्यबस्थापन शुल्क. ०.१% डिपोजीटरी शुल्क र ०.२% सुपरिबेक्षक शुल्क गरेर बार्षिक शुल्क मात्रै १.८% लिने गरेका छन्।
संचालन खर्चमा ब्यबस्थापन शुल्कको अलावा फण्ड संचालनमा लाग्ने सम्पूर्ण खर्चहरु जस्तै डिपोजीटरी शुल्क, सुपरिबेक्षण शुल्क, लगानी परामर्श सेवा शुल्क, बिक्री-वितरण खर्च, धितोपत्र खरिद-बिक्रीमा लाग्ने ब्रोकर कमिसन, ट्रस्टी र कस्टोडियन शुल्क, नामसारी शुल्क, निष्काशन खर्च, फण्ड-इकाई दर्ता शुल्क, क्रेडिट रेटिंग शुल्क, सिडिएस दर्ता शुल्क, बार्षिक नबिकरण शुल्क, लेखापरिक्षण खर्च, कानुनी खर्च, ओभरड्राफ्टमा ब्याजखर्च, सफ्टवेयरको खर्च आदी आउछन। यी खर्च केहि हदसम्म फण्ड ब्यबस्थापकले नियन्त्रण गर्नसक्छ। फण्ड खरिद-बिक्री खर्च भने लगानीकर्ताको खरिदबिक्री प्रबृत्तिमा भर पर्दछ र यो खर्च हरेक लगानीकर्ताले व्यक्तिगत रुपमा बेहोर्नु पर्दछ ।
फण्डमा लगानी गर्दा महत्वपूर्णरुपमा हेर्नुपर्ने खर्चको अनुपात हो, जुन फण्डको बार्षिक खर्चलाइ कुल सम्पत्तिले भाग गरेर निकालिन्छ। बिबरणपत्रमा अनुमानित खर्चको अनुपात दिने अभ्यास छैन। कुल खर्च अनुपात र संयोजित खर्च अनुपातबारे जानकारी त झन परको बिषय भयो। यस अलावा अरुपनि संभावित खर्च बिबरणपत्रमा उल्लेख भएको पाईदैन।
नेपालमा फण्डहरुको बार्षिक शुल्कमा थप अन्य खर्चहरु जोड्दा खर्चको अनुपात पहिलो बर्ष ३% भन्दा बढी र पाँचौं बर्षमा २% भन्दा बढी रहेको पाइन्छ। यसमा लगानीकर्ताले फण्ड खरिद-बिक्री गर्दा लाग्ने शुल्क समाबेश छैन।सबै लागत समाबेश गर्ने हो भने लगानीकर्ताको बार्षिक लागत २.५%-३.५०% सम्म पर्नजान्छ। लगानीकर्ता अलिकति सजग र चनाखो हुने हो भने उनीहरु यो लागतलाई ०.०८% मा सिमित गर्नसक्छन। साथै उनीहरु आफ्नो लगानी फण्ड ब्यबस्थापकले
भन्दा धेरै प्रतिफल प्राप्त हुने गरी ब्यबस्थापन गर्नसक्छन।
अन्तर्राष्ट्रिय
अभ्यासमा फण्डहरुको खर्चको अनुपात ०.५% भन्दा कम भएको पाइन्छ। खर्चको अनुपात ०.५% र २.५% हुँदा बार्षिक १०% प्रतिफल दिने फण्डमा आज गरिएको दशहजार लगानीमा ७ बर्षपछि १८% ले फरक पर्दछ। १० बर्षमा यो फरक २०% भन्दा ज्यादा हुन्छ।
नेपालको परिप्रेक्ष्यमा खर्चको अनुपातलाई १% भन्दा कममा सिमित नगर्नुलाइ फण्ड ब्यबस्थापनमा दक्ष, सक्षम र प्रभाबकारी मान्न सकिदैन। उच्च खर्चको अनुपात लगानीकर्ताको लागी कमसल प्रतिफल हुन्छ। खर्चको अनुपात कम गर्नु फण्डको लागी महत्वपूर्ण र प्राथमिकताको बिषय हो। तर नेपालमा फण्ड ब्यबस्थापकहरु यसप्रति उदासिन र गैर जिम्मेवार देखिन्छन, जुन लगानीकर्ताको लागी चिन्ताको बिषय हो।
४. सम्भावित जोखिम : फन्डले लगानी गर्दा हुनसक्ने सम्भावित जोखिमबारे बिबरणपत्रमा सतही र अपर्याप्त उल्लेख भएको पाइन्छ। फण्डमा लगानी गर्दा उत्पन्न हुनसक्ने सम्भावित सबै जोखिम बिबरणपत्रमा उल्लेख गर्न आबश्यक छ।
निश्चित अवधिको जोखिम, लगानीको जोखिम, तरलताको जोखिम, प्रतिस्पर्धीबाट उत्पन्न हुने जोखिम, नयाँ बित्तिय साधनका कारण हुने जोखिम, पोर्टफोलियो टर्नओभरको जोखिम, हेजिङ्ग गर्न नपाएको कारणले हुने जोखिम, अधिक ऋणको कारण हुने जोखिम, मार्केटको कारण हुने जोखिम, समयमै मार्केटमा कारोबार गर्न नसकेका कारण हुने जोखिम, साईबर सुरक्षा र संचालन जोखिम, फाइनान्सियल मोडेल र तथ्यांकको अभाबमा हुने जोखिम, नयाँ र सानो फण्डको जोखिम, विविधिकरण गर्न नसकेका कारण हुने जोखिम, अन्य लगानी ब्यबस्थापन कम्पनीको कारण हुने जोखिम, गणितीय रणनीतिको जोखिम, भुक्तानीको जोखिम, पुनर्खरिदको जोखिम, ब्यबस्थापनको जोखिम, बिभिन्न सम्पत्तिको जोखिम, सरकारी ऋणपत्रको जोखिम, कारोबार ब्यबस्था र आदेश कार्यन्बयनको जोखिम, मुल्यांकनको जोखिम, मूल्य घटबढ (भोल्याटिलिटी)को जोखिम आदिबारे ब्याख्या सहित उल्लेख हुनुपर्दछ।
फण्ड ब्यबस्थापक यी सम्भावित जोखिमबारे अनभिज्ञ रहन सक्दैन। उल्लेख नगरिएका जोखिम भविष्यमा घटेमा सो को जिम्मेवार फण्ड ब्यबस्थापक हुनुपर्नेछ। यस्तो अवस्थाबाट जोगिन फण्ड ब्यबस्थापकले सम्भावित सबै जोखिमबारे जानकारी दिनु आबश्यक हुन्छ।
५. आधारभूत बित्तिय बिश्लेषण : ब्यबस्थापकहरुले फण्ड ब्यबस्थापनमा कुनैपनि आधारभूत बित्तिय मुल्यांकन र सूचकहरु गणना गर्ने, प्रयोग गर्ने र प्रकाशित गर्ने गरेको देखिदैन। अल्फा, बिटा, सार्प रेसियो, ट्रेनर रसियो, इन्फर्मेसन रेसियो, ट्र्याकिंग ईरर, रिस्क प्यारीटी, आर स्कावयर्ड, बार्षिक स्ट्याण्डर्ड डेभिएसन आदि सूचकहरुको सहि प्रयोग बिना जोखिमलाई न्युनतम र प्रतिफललाइ उच्चतम तहमा राख्न सकिदैन।
फण्डको सहि ब्यबस्थापन गर्न फण्ड ब्यबस्थापकले यस्ता गणना दैनिक गर्न आबश्यक हुन्छ। यी तथ्यांक बिना कुनैपनि फण्डको प्रभाबकारी ब्यबस्थापन हुन् सक्दैन।
६. बास्तबिक जोखिम र प्रतिफल: संचालनमा रहेको फण्डमा लगानी गर्ने हो भने लगानीकर्ताले सो फण्डमा निहित जोखिम र प्रतिफलको जानकारी लिन आबश्यक हुन्छ। यी तथ्यांक उपलब्ध भएमा मात्र लगानीकर्तालाई लगानीको निर्णय लिन सजिलो हुन्छ।
हरेक फण्डमा केहि न केहि जोखिम जहिल्यै अन्तर्निहित हुन्छ तर प्रतिफल भने नहुनपनि सक्छ। प्रतिफल नहुनु उच्च जोखिम हो भने प्रतिफल राम्रो हुनु कम जोखिम हो। नगद लाभांस, पुँजीगत लाभ र पुँजीगत वा खुद सम्पत्तिको मुल्यमा बृद्धि गरेर तीन किसिमले प्रतिफल प्राप्त हुन्छ। यी सबैको योगफल फण्डको बार्षिक प्रतिफल हुन्छ।
फण्डको बजार मूल्य वा खुद सम्पतिको मुल्यमा हुने दैनिक घटबढलाई मापन गरेर जोखिम गणना गरिन्छ। फण्ड ब्यबस्थापकले जोखिम र प्रतिफलको गणना दैनिक, मासिक, त्रैमाशिक, अर्ध-बार्षिक वा बार्षिक रुपमा गरी आफ्नो वेबसाइटमा राखेको हुनुपर्दछ। यी तथ्यांक तुलना गरी हेर्न मार्केटको पनि सोहि अवधिको जोखिम र प्रतिफल संगसंगै प्रकाशित भएको हुनुपर्दछ। तुलनात्मक तथ्यांक नभै कुनैपनि फण्डमा सहि लगानी गर्न सकिदैन।
अन्तमा: फण्डको निष्काशनमा बिवरणपत्र नै एकमात्र कानुनी कागजात भएकोले यसमा दिईने जानकारी र सुचनाहरु शुद्ध एबं पर्याप्त हुनुपर्दछ। हालसम्म प्रकाशित बिबरणपत्रहरु अपुरो र अपर्याप्त मात्र होइन, थुप्रै कमि-कमजोरी र तथ्यगत त्रुटि समेत रहेका छन्। फण्ड लगानीमा हेरिने "उदेश्य, प्रतिफलको अनुमान, जोखिमको ब्यबस्थापन, खर्चको अनुपात, ब्यबस्थापनको दक्षता" जस्ता पक्षबारे बिबरणपत्रमा पर्याप्त जानकारी पाइदैन। यस्तो हुनुको कारण फण्ड ब्यबस्थापकमा जानकारीको कमि, गैर-जिम्मेवारीपना
र असावधानी हो, जसको मूल्य लगानीकर्ताहरुले उच्च खर्च र कम प्रतिफलमा चुकाईरहेका छन्।
बिबरणपत्रमा ऐनले ब्यबस्था गरेका सुचना र जानकारीमात्र दिने होइन, फण्ड संचालन र ब्यबस्थापनबारे
सम्पूर्ण जानकारी दिने हो। तथ्याँक उपलब्ध नहुँदा कतिपय जानकारी विवरणपत्रमा समेबेश हुनसक्दैनन। तथ्यांक उपलब्ध हुनासाथ यस्ता जानकारी फण्ड ब्यबस्थापकले दैनिक, साप्ताहिक, मासिक, बार्षिकरुपमा आफ्नो वेबसाइट वा प्रतिबेदन मार्फत सार्बजनिक गर्नुपर्दछ।
ट्रष्टी र कस्टोडियन कानुन नभएको बिध्यमान अवस्थामा बिबरणपत्रले नै सबै बिषय समेटेको हुनुपर्दछ। ४०-५० पेजको बिवरणपत्रमा आधारभूत जानकारी पनि अट्दैन। पर्याप्त जानकारीको लागी विवरणपत्र १५०-२०० पेजको हुन् आबश्यक छ। फण्ड ब्यबस्थापकको ब्यबसायिक इमान्दारिता र निष्ठा पनि धरै भन्दा धेरै सुचनाको वितरणमा देखिन्छ। उसको दक्षता र सफलता भने मार्केटको भन्दा ज्यादा प्रतिफल आर्जन गर्नुमा भर पर्दछ।
Mukti Aryal
Investment Banker and Financial
Economist
Note: नेपाल धितोपत्र बोर्डको २९ औं बार्षिकोत्सव लेख विशेषाङ्कमा प्रकाशित
Thank you for sharing such a good informative post. global macro hedge funds
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteThe great blog about म्युचुअल फण्डमा लगानी र ब्यबस्थापन. Thanks for sharing the blog, seems to be interesting and informative too. Could you help me to find out more details on car insurance online
ReplyDeleteOne of the best article ever readed! Keep it up. Can Read About Money Transfer
ReplyDeleteHey if you are looking for Investing In Passive Real Estate Investing than ADDX provides accredited investors with access to Passive Real Estate Investing and other alternative investments. Licensed by the Monetary Authority of Singapore. There are many kinds of private REITs. Some specialise in specific kinds of industrial, commercial or retail properties and others invest in a combination of all three.
ReplyDeleteलेख अच्छा ज्ञान प्रदान करता था और पढ़ने के लिए उपयोगकर्ता के अनुकूल था, इसके बारे में भी जानकारी प्राप्त कर सकते हैं Open Zero Balance Account
ReplyDeleteHeadlines Insider is a full-time Digital marketing service provider based in India. We are a team of Ninja's who know the in and out of online marketing campaigns, guest blogger, design and developments. We are a hardcore team of madmen of advertising and marketing!
ReplyDeleteIt was a great Blog, Want to know about Education loan ? Chek out How Education Loan Works
ReplyDeleteThe content in the airtcle is nice, gain a lot of information from it, do check out Commercial Real Estate Fund
ReplyDelete