स्टक मार्केट इन्डेक्सको उदेश्य हिजोको तुलनामा आज समग्रमा मार्केट घट्यो कि बढ्यो भन्ने जानकारी दिनु हो। इन्डेक्सले मार्केट र अर्थतन्त्रप्रति लगानीकर्ताको मनोबिज्ञान र आत्मबिश्वासलाइ पनि झल्काउदछ। मार्केटमा धितोपत्रको माग र आपूर्तिको अवस्था अर्थात् लगानीकर्ताको खरिद-बिक्री चाहना पनि इन्डेक्सले देखाउछ।
इन्डेक्स भन्ने बित्तिकै आम बुझाई स्टक मार्केट इन्डेक्स भन्ने छ तर अन्य क्षेत्रमा पनि इन्डेक्स
हुन्छन। बण्ड मार्केटको उतार-चढाब मापन गर्ने बण्ड इन्डेक्स, ब्याजदरको घटबढ मापन गर्ने ब्याजदर इन्डेक्स, लगानीकर्ताको आत्मबिश्वासलाइ मापन गर्ने इन्भेस्टर कन्फिडेन्स इन्डेक्स, जोखिम मापन गर्ने भोल्याटिलिटी इन्डेक्स, क्रेताको आत्मबिश्वा
नेपालमा इन्डेक्सको प्रयोग कहिलेदेखि र कुन क्षेत्रमा सुरुवात गरियो भन्ने आधिकारिक जानकारी नभएपनि स्टक मार्केटमा भने यसको अभ्यास २०५० देखि सुरुभएको हो। त्यसयता कारोबार हुँदा इन्डेक्सको दैनिक गणना र प्रकाशन हुँदै आएको छ। इन्डेक्स बढ्दा (घट्दा) धेरै फाइदा (नोक्सानी) हुनेहुँदा यसको चर्चा ब्यापक हुनेगर्छ।
इन्डेक्सबारे चर्चा गर्दा डाऊजोन्स इन्डस्ट्
३० मात्र स्टक भएको हुँदा डाऊजोन्सले बृहत मार्केटलाई प्रतिनिधित्व गर्दैन। त्यसो त ४/५ हजार स्टक भएका इन्डेक्सपनि छन् तर पर्याप्त कारोबार अभाबले तिनमा लगानीकर्ताको मनोविज्ञानको सहि प्रतिनिधित्व नहुने हुँदा तिनलाई पनि मार्केटको रुपमा प्रयोग गरिदैन। डाऊजोन्सको गणनामा केहि कमजोरीहरु भएकाले बिकल्पमा स्ट्यान्डर्ड एण्ड पुअर्स ५०० जस्ता फरक गणना बिधीका इन्डेक्सहरुको सुरुवात हुनगयो।
स्ट्यान्डर्ड एण्ड पुअर्स ५०० दुनियाँको सबैभन्दा प्रख्यात इन्डेक्स हो। यसको सुरुवात १९२३ मा स्ट्यान्डर्ड स्ट्याटिस्टिक्स कम्पनीले २३३ स्टकबाट गरेको थियो। १९४१ मा स्ट्यान्डर्ड स्ट्याटिस्टिक्स कम्पनी र पुअर्स पब्लिसिङ्ग गाभिएर स्ट्यान्डर्ड एण्ड पुअर्स कम्पनी बन्यो। स्ट्यान्डर्ड एण्ड पुअर्स कम्पनीले १९५७ मे ४ मा यसमा ५०० स्टक समाबेश गरी स्ट्यान्डर्ड एण्ड पुअर्स ५०० कम्पोजिट इन्डेक्स नामाकरण गरेर यसको गणना र प्रकाशन गर्दैआएको छ।
१०० टेक्नोलोजी स्टक रहेको नास्डाक कम्पोजिट इन्डेक्स अर्को प्रचलित अमेरिकन इन्डेक्स हो। बेलायतको फुट्सी १००, फ्रान्सको क्याक ४०, जर्मनीको ड्याक्स ४०, क्यानाडाको टिएसई २५०, अस्ट्रेलियाको एएसएक्स २००, जापानको निकाई २२५, कोरियाको कोप्सी, हंगकंगको हाङ्गसेंग ५०, चाईनाको सांघाई १००, इन्डियाको बिएसआई ३० आदि अरु प्रख्यात इन्डेक्स हुन्। यी इन्डेक्स प्रख्यात हुनुमा यिनको गणना बिधी र स्टक छनोटमा पारदर्शिता हो।
इन्डेक्स गणनाका धेरै बिधीहरु भएपनि प्रमुख रुपमा मुल्य र बजार पुँजीकरणको आधारमा यस्तो गणना गरिन्छ।
(क) मुल्यको आधारमा इन्डेक्स गणना गर्दा इन्डेक्समा रहेका कम्पनीहरुको बजार मूल्यको औषतलाइ आधार मानेर त्यसमा हुने घटबढलाई मापन गरिन्छ। औषत निकाल्न इन्डेक्समा भएका कम्पनीहरुको संख्याले ति कम्पनीको बजार मुल्यको योगलाइ भाग गरिन्छ। यो बिधी डाऊजोन्सले सुरु गरेको हो। डाऊजोन्समा सुरुदेखि ३० मात्र स्टक छन् र तिनको बजार मुल्यको योगलाइ ३० ले भाग गरेर इन्डेक्स गणना सुरु गरिएको थियो। ३० लाइ इन्डेक्सको भाषामा डिभाईजर भनिन्छ, जुन समायोजन हुँदै आएर अहिले ०.१५१९९ छ।
(ख) बजार पुँजीकरणको आधारमा इन्डेक्स गणना गर्दा इन्डेक्समा छानिएका कम्पनीहरुको पब्लिक खरिद-बिक्रीकोलागि योग्य र उपलब्ध सेयरको बजार पुँजीकरणलाई मात्र समाबेश गरिन्छ। यस्तो बजार पुँजीकरणको भारित औषतको आधारमा इन्डेक्स गणना हुन्छ। यो बिधीले कम्पनीको कुल बजार पुँजीकरणलाई भने समाबेश गर्दैन।
स्ट्यान्डर्ड एण्ड पुअर्स ५०० ले सुरुवात गरेको यो बिधीलाई संसारका धेरै इन्डेक्सहरुले पछ्याएका छन्। अर्थतन्त्रका सबै क्षेत्रका स्टकहरुलाई समाबेश गरेर स्ट्यान्डर्ड एण्ड पुअर्स ५०० इन्डेक्स गणना गरिने हुँदा यसलाई मार्केटको रुपमा ब्यापक प्रयोग गरिन्छ।
स्टक छनौट : इन्डेक्स गणनामा स्टकको छनौट कार्य महत्वपूर्ण हुन्छ र यसका केहि शर्त र मापदण्ड हुन्छन।नेपालमा पनि यी मापदण्ड लागु गर्न जरुरी छ। जस्तै न्युनतम बजार पुँजीकरण (मानौं १ अर्ब), किनबेचको लागि पब्लिकमा उपलब्ध सेयर शंख्या (५०% फ्लोट), तरलता धेरै भएको (बिगत १२ महिनामा पब्लिकमा रहेको सेयर शंख्या बराबर खरिदबिक्री भएको), पछिल्लो त्रैमशिक वा १२ महिनामा मुनाफा गरेको, हरेक क्षेत्र/सेक्टरको प्रतिनिधित्व भएको, नेपाल स्टक एक्सचेन्जमा लिस्टिंग भएको, नेपाली पब्लिक कम्पनीमात्र हुनुपर्ने (बिदेशी कम्पनी हुन नहुने), कम्पनीको स्टक/इक्विटी सेयर (र रिट्स) मात्र समाबेश हुनसक्ने (बण्ड, अग्राधिकार सेयर, म्युचुअल फण्ड आदि समाबेश नहुने) जस्ता मापदण्ड हुन् जरुरी हुन्छ।
इन्डेक्स ब्यबस्थापन र समायोजन: इन्डेक्स ब्यबस्थापन र समायोजनको कार्य चुनौतीपूर्ण छ, जसको लागी फाइनान्सियल एक्स्पर्टहरुको एक कमिटी आबश्यक हुन्छ। यो कमिटीले इन्डेक्समा परिमार्जन, समायोजनका साथै कम्पनीहरु थपघट गर्ने, थपिने सम्भावित कम्पनीहरु छनोटमा राख्ने निर्णय गर्दछ। स्टक छनोट र गणना कार्यबिधी (म्यानुअल) बनाउने र इन्डेक्सबारेको अन्तिम निर्णय यहि कमिटीले गर्छ।
इन्डेक्समा रहेका कम्पनीको सेयर शंख्या र मुल्यमा परिबर्तन आउदा इन्डेक्समा परिबर्तन आउछ र त्यसको लागी डिभाइजरलाइ समायोजन गर्दै लानुपर्दछ। मुल्यको आधारमा इन्डेक्स गणना गर्दा इन्डेक्समा रहेको कम्पनीको शंख्या र बजार पुँजीकारणको आधारमा इन्डेक्स गणना गर्दा आधार पुँजीकारणलाई डिभाइजर मानिन्छ। इन्डेक्स गणना भनेको यहि डिभाईजरको समायोजन हो र यो अत्यन्तै महत्वपूर्ण हुन्छ। खासगरी नगद लाभांस, बोनस सेयर, हकप्रद वा थप सेयर जारी गर्दा, सेयर टुक्रा पार्दा, सेयर पुनर्खरिद गर्दा, इम्प्ल्वाई अप्सन्स प्रयोग हुँदा, मर्जर एण्ड एक्विजिसन गर्दा, कम्पनीको अंश बिक्री गर्दा (स्पिनअफ), इन्डेक्समा कम्पनी थपघट हुँदा जस्ता घटनामा डिभाइजर समायोजन भएकै हुनुपर्दछ।
इन्डेक्सको प्रयोग : इन्डेक्स मार्केटबारे जानकारी दिनमात्र होइन, यसलाई विभिन्न बित्तिय साधन बनाएर कारोबार गर्नसमेत प्रयोग गरिन्छ। इन्डेक्समा आधारित म्युचुअल फण्ड, एक्सचेन्ज ट्रेडेड फण्ड, इन्डेक्स फण्ड, अप्सन्स, फ्युचर्स, सिएफडि, इन्डेक्स (इक्विटी) लिंक्ड प्रडक्टस् र थुप्रै स्ट्रक्चर्ड प्रडक्टस् बनाउन सकिन्छ। तर यसको पहिलो शर्त इन्डेक्सको गणना शुद्ध, निष्पक्ष र पारदर्शी हुनुपर्नेछ।
इन्डेक्सलाई मार्केटको प्रतिनिधि मानिन्छ र लगानीमा इन्डेक्सले दिनेभन्दा ज्यादा प्रतिफल आर्जन गर्नु ज्यादै कठिन कार्य हो। तर इन्डेक्स जस्तै गरेर म्युचुअल फन्ड, इटिएफ वा इन्डेक्स फण्ड बनाउने हो भने यसले इन्डेक्सकै बराबर प्रतिफल दिन्छ र जोखिमको ब्यबस्थापन सर्बश्रेष्ठ हुन्छ।
इन्डेक्स गणना हुन् थालको २७ बर्ष भैसकेको छ। यो अवधिमा इन्डेक्स बार्षिक १२.७८% ले बढेको छ। तर नेप्से कस्तो इन्डेक्स हो, यसको गणना कसरी हुन्छ, सुरुको र समायोजित डिभाईजर (आधार बजार पुँजीकरण) कति थियो वा छ भन्नेबारे कुनै आधिकारिक जानकारी छैन। गणना बिधी पारदर्शी नहुँदा इन्डेक्सबारे बारम्बार प्रश्न र संसय उठेको छ।
नेप्से इन्डेक्स सबै कम्पनी समाबेश भएको
बजार पुँजीकरणको
भारित औषतमा
आधारित इन्डेक्स हो। यस्तो इन्डेक्स दुई कारणले बढ्छ: पहिलो इन्डेक्समा रहेका कम्पनीको मूल्य बढ्दा र दोश्रो इन्डेक्समा
नयाँ कम्पनी थपिदा। पहिलो कारण स्वाभाविक छ। तर दोश्रो कारण केहि अस्वाभाविक छ। गणना बिधी सहि नभएको कारण इन्डेक्स यसरी अस्वाभाविक
अर्को, नेपाल स्टक एक्सचेन्जले सुरुवाती कारोबारमा मूल्य सिमा तोकेको कारण पहिलो कारोबार थोरै मुल्यमा हुने र सोहि अनुसार डिभाईजर समायोजन हुन्छ। केहि दिनमै मूल्य बढेर माथि पुग्दा इन्डेक्स अस्वाभाविक बढ्न जान्छ। यदि पहिलो कारोबारमा स्टकको मूल्य स्वतन्त्र रुपमा निर्धारण हुन्छ भने इन्डेक्स अस्वाभाविक बढ्दैन। स्टकको मूल्य नियन्त्रण गरिएको कारणपनि
इन्डेक्समा सुधार : नेप्से इन्डेक्सलाइ शुद्ध, निष्पक्ष र पारदर्शी बनाउने हो भने नेपाल स्टक एक्सचेन्जले यसमा ब्यापक सुधार गर्न जरुरी छ। उसले काँटछाँट गरि ५० वा १०० कम्पनी मात्र राखेर नेप्से इन्डेक्सलाइ निरन्तरता दिनसक्छ। या उसले ९० कम्पनी लिएर नयाँ इन्डेक्स "नेप्से नाईन्टी" सुरु गर्नसक्छ। नयाँ इन्डेक्सको गणना आजबाट होइन सुरुदेखि नै गर्नसकिन्छ तर यसको लागी सुरुदेखिको मार्केट र कर्पोरेट डाटा उपलब्ध हुनुपर्दछ। कुनै कर्पोरेट इभेन्टका कारण इन्डेक्समा रहेका कम्पनी, सेयर शंख्या र मुल्यमा थपघट हुँदा इन्डेक्सको डिभाईजरलाई समायोजन गर्दै ल्याएर सहि गणना गर्नसकिन्छ।
स्टक एक्सचेन्जले बिभिन्न सेक्टर इन्डेक्स पनि गणना गरिआएको छ, जुन आबश्यक हुन्। सेन्सेटिभ, फ्लोट र म्युचुअल फण्ड इन्डेक्सको भने प्रयोजन छैन।
इन्डेक्स गणना जो कोहिले गर्नसक्दछ। यसमा जतिपनि स्टक राख्न सकिन्छ। इन्डेक्स एउटा होइन, धेरै हुन सक्छन तर इन्डेक्सले अर्थपूर्ण रुपमा मार्केट वा ईण्डस्ट्रीलाइ प्रतिनिधित्व गरेको र यसको गणना बिधी सार्बजनिक भएकै हुनुपर्दछ। तबमात्र इन्डेक्सले सहि सुचना र जानकारी सम्प्रेषण गरी बिस्वसनियता र सर्ब-स्विकार्यता आर्जन गर्दछ।
Published on Karobar Daily on Feb 14, 2021: https://www.karobardaily.com/news/128907
This link on financial services was very useful for my search. If you are interested to invest in Elite Logistics Fund Singapore then ADDX financial services helps you. The trust is set up to invest in real estate across Europe. Elite Logistics Fund is an unregistered business trust under the Business Trusts Act, Chapter 31A of Singapore.
ReplyDeleteThis information is very helpful. Thank You for sharing such valuable information with us.
ReplyDeleteOnline Savings Account