Sunday, August 23, 2020

सुचिकृत संगठित संस्था एक आपस्स्मा गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७७ को मस्यौदामा केहि सुझाबहरु

संगठित संस्थाहरुको मर्जर तथा एक्विजिसन गतिविधिलाई नियमन गर्न धितोपत्र बोर्डले जारी  गर्नलागेको "सुचिकृत संगठित संस्था एक आपस्स्मा गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७७ को प्रारम्भिक मस्यौदामा केहि सुझाबहरु:


नेपालमा हाल भैरहेको धेरै संस्थागत गतिबिधिहरुमा मर्जर भन्दा एक्विजिसनका गतिबिधि बढी छन्।मर्जरमा दुई संस्था मिसिएर छुट्टै एउटा नयाँ संयुक्त संस्था बन्दछ भने एक्विजिसनमा एउटा संस्थाले अर्को संस्थालाई गाभ्ने हुन्छ। बोलीचालीमा मर्जर भनिएपनि बास्तबमा यी प्राय एक्विजिसन हुन्।

मर्जरमा दुई संस्था मिलेर नयाँ संस्था बन्ने हो, जसमा पुराना संस्थाका सेयरधनीहरुलाइ उनीहरुको पुरानो सेयरको बदलामा नयाँ संस्थाले आफ्नो सेयर दिने हो। यी सेयरहरुको निष्कासन नयाँ हुन्छ। अर्थात, मर्जर कारोबार नगदमा नभई सेयरमा मात्र हुन्छ। एक्विजिसन भने नगद र सेयर दुबैमा हुन्छ। एक्विजिसन ३ किसिमले हुन्छ। 

क) पहिलो गाभिने संस्थाको सम्पूर्ण सेयरलाइ नगद दिएर (Cash Tender Offer) गाभ्ने
ख) दोश्रो गाभिने संस्थाको सम्पूर्ण सेयरहरुलाइ गाभ्ने संस्थाले आफ्नो सेयर (Stock Tender Offer) दिएर गाभ्ने र  
ग) तेश्रो गाभिने संस्थाको सम्पूर्ण सेयरहरुलाइ गाभ्ने संस्थाले नगद र आफ्नो सेयर (Cash & Stock Tender Offer) दिएर गाभ्ने। 

नगदमा गरिने एक्विजिसनको कार्य सरल हुने र नयाँ सेयरको निष्कासन पनि नहुने हुँदा थोरै कानुनहरु आकर्षित हुन्छन।स्वभाबत यसमा नियमन कम हुन्छ। तर सेयर मात्र वा नगदका साथै सेयर दिएर गरिने एक्विजिसन (र मर्जर) को प्रक्रिया भने केहि जटिल हुन्छ र यसमा धेरै कानुनहरु आकर्षित हुन्छन। 

नयाँ सेयर निष्काशन : एउटा संस्थाको सेयरको बदालामा अर्को संस्थाले सेयर दिने कार्य नयाँ सेयर निष्काशन गरे सरह हुन्छ। यो अवस्थामा यी सेयरहरु धितोपत्र बोर्डमा दर्ता हुन् जरुरी हुन्छ। तर सार्बजनिक निष्काशन जस्तो विवरण-पत्रको लामो प्रक्रिया गरिरहन जरुरत पर्दैन। किनकी यी पहिल्यै पब्लिकमा गैसकेका कम्पनीहरु हुन् र यी सेयरहरु लिने ब्यक्तिहरु र मूल्य पहिल्यै निश्चित हुन्छन्। मर्जरको प्रक्रियामा पनि यहि हो। 


मर्जर एण्ड एक्विजिसनमा धितोपत्र बोर्ड र अन्य नियमन निकायले गर्नुपर्ने नियमनका बिषयहरु यी हुन् :


१) मर्जर एण्ड एक्विजिसनमा सबैभन्दा पहिला गोप्यता सम्बन्धि सम्झौता (Non-Disclosure Agreement) हुनु जरुरी हुन्छ। यो कार्यमा संलग्न पक्ष सबैले मर्जर एण्ड एक्विजिसनबारे कुनै पनि सुचना, तथ्यांक र जानकारी सार्बजनिक बाहिर दिन हुँदै र सो को प्रतिबद्धताका लागि त्यस्तो करारमा हस्ताक्षर गर्नुपर्दछ। संलग्न पक्षमा गाभ्ने संस्था, गाभिने संस्था र उनीहरुले नियुक्त गर्ने बित्तिय सल्लाहकार (खासगरी इन्भेस्टमेन्ट बैंक) हरु हुन्छन।   


२) संगठित संस्थाहरुले आ-आफ्नो पक्षमा कार्य र प्रतिनिधित्व गर्न इन्भेस्टमेण्ट बैंकहरुलाई आ-आफ्नो सल्लाहकार नियुक्त गरेकै हुनुप्र्दछ। यसले निष्पक्ष र न्यायोचित कारोबार गर्न/गराउन मद्दत गर्दछ। साथै पूंजीबजारलाई विस्तार र विकास गर्न पनि ठुलो मद्दत गर्दछ। 


३) गाभ्ने र गाभिने दुवै कम्पनीका संचालक वा उच्च ब्यबस्थापनले भित्री सुचनाको कारोबार (Insider Trading) गरेको हुनुहुँदैन। यी संस्थाबारेको तथ्यांक गलत वा मेटिएको (Misrepresentation & omissions), झुट्टा (Fraudulent), भ्रमित (Deceptive) र घटबढ गरिएका अभ्यास वा कार्यहरु (Manipulative practices or acts) भएको हुनुहुँदैन। 


४) मर्जर एण्ड एक्विजिसनलाइ नियमन गर्ने कुनै छुट्टै कानुन भन्दापनि बिध्यमान कानुनमा रहेका Corporate and Financial Disclosures हरु पालना हुनुपर्दछ। यसमा दुवै कम्पनीको सेयरधनीहरुलाई हुन् गैरहेको मर्जर एण्ड एक्विजिसनबारे समयमै पर्याप्त सुचना र जानकारी हुन् जरुरी हुन्छ। 


मर्जर एण्ड एक्विजिसनको सम्झौता दुवै पक्षका सेयरधनीहरुको लागि निष्पक्ष र न्यायोचित हुनुपर्छ। यसमा दुवै वा गाभिने संस्थाको सेयरको उचित मुल्यांकन हुन् जरुरी हुन्छ। गैरकानुनी तवरबाट वा अन्य कुनै गलत तरिकाले मुल्यांकन तलमाथि हुनसक्दैन। नियमन निकायले यिनै बिबिध कार्यहरु सहि तरिकाले भएको छ/छैन भनि नियमन गर्नु आबश्यक हुन्छ।


)  Offer Rate/Price (or Swap Ratio) नभईन्जेल मर्जर एण्ड एक्विजिसनको कार्य दुइ संस्थाका संचालक, उच्च ब्यबस्थापन र तिनका बित्तिय सल्लाहकार (इन्भेस्टमेन्ट बैंक) हरुले बाहेक अन्यले थाहा नपाउने गरि अत्यन्तै गोप्य ढंगले हुनुपर्छ। गोप्यता नभए यी संस्थाहरुको सेयर/धितोपत्रको बजार मूल्य प्रभावित हुने र कोहि लगानीकर्ताले फाइदा कोहिले नोक्सानी बेहोर्न पर्ने अवस्था आउंछ, जुन न्यायोचित हुँदैन। यो अवस्था नआओस भनेर गोप्यता कायम गर्नुपर्दछ। त्यस्तो गोप्यता कायम गरेका छन्/छैनन् नियमन गर्न आबश्यक छ।


) दुवै कम्पनीका संचालक तथा ब्यबस्थापनले आ-आफ्नो Fiduciary Duty अन्तर्गत आफ्ना सेयरधनीको हितको ख्याल गर्ने र उनीहरुको हितका खातिर काम गरेको हुनु पर्दछ। एक संस्था अर्को संस्थाबाट गलत तवरबाट प्रभावित हुनुहुँदैन। त्यस्तो प्रभावित भएका छन्/छैनन् भनेर नियमन हुन् जरुरी हुन्छ।


७) बिदेशी कम्पनीले स्वदेशी पब्लिक कम्पनी खरिद गरेमा के हुने भन्ने ब्यबस्था गर्न आबश्यक छ। यो ब्यबस्था धितोपत्र ऐनमा गर्न सबैभन्दा उचित हुन्छ।


) एकाधिकार र प्रतिस्पर्धात्मक मूल्य : मर्जर एण्ड एक्विजिसनमा अर्को ज्यादै महत्वपूर्ण बिषय भनेको कुनै एक संस्थाले बजारमा एकाधिकार प्राप्त नगरोस र बस्तु र सेवाको मूल्य प्रतिस्पर्धि नै रहोस भन्ने हो। एउटै कम्पनीले धेरै बजार हिस्सा नओगोटोस र ज्यादै कम मुल्यमा बस्तु वा सेवा बेचेर बजारलाई अप्रतिस्पर्धी बनाउने , प्रतिस्पर्धीहरुलाई बजारबाट हटाउने जस्तो कार्य गर्न नसकोस भनेर यो बिषयमा ध्यान दिन आबश्यक छ। 

अर्को ध्यान दिनुपर्ने बिषय भनेको कुनै एक संस्थालाइ ज्यादै ठुलो हुन नदिनु पनि हो। त्यस्तो भएर सो संस्था कुनै कारणबस टाट उल्टेमा अर्थतन्त्रको लागि अत्यधिक जोखिम हुन्छ। यसतर्फ पनि नियमन निकायहरुको ध्यान जान जरुरी छ।

यो कार्य बोर्ड भन्दा ब्यबसाय संचालनको अनुमति दिने नियमन निकायले हेर्नुपर्दछ। बैंकहरुको मामिलामा राष्ट्रबैंक, बिमा कम्पनीहरुको सवालमा बिमा समिती, हाइड्रोपावर कम्पनीहरुको सवालमा नेपाल बिद्युत प्राबिधिकरणले यो बिषयमा ध्यान दिनुपर्ने हुन्छ। 


थप सुझाबबोर्डले निर्देशिका जारी गर्ने नै हो भने मर्जर एण्ड एक्विजिसनको कार्य गर्दा बिद्यमान कानुनहरुमा भएका यी यी ब्यबस्थाहरु पुरा गर्नुपर्छ भन्नु अन्यथा नहोला तर मर्जर एण्ड एक्विजिसनका लागि संगठित संस्थाहरुले धितोपत्र बोर्डमा निबेदन दिने, बोर्डले अध्ययन गर्ने, स्वीकृति दिने, शर्त तोक्ने भन्ने ब्यबस्था ब्यबहारिक हुँदैन। अझ शर्त तोक्ने भन्ने ब्यबस्था त झनै अब्यबहारिक हुने र नियन्त्रित गर्न खोजेको भन्ने हुन्छ। 

बोर्डलाइ मर्जर एण्ड एक्विजिसन नियमनका केहि कानुनहरु अपुग छ भन्ने लागेमा बिद्यमान धितोपत्र ऐन वा कानुनहरुमा समाबेश गराउदा सबैभन्दा बेश हुन्छ। 

मर्जर एण्ड एक्विजिसनलाइ कुनै एक मात्र कानुनले नियमन गर्न सक्दैन किनकी संस्थाको दर्ता र संचालन अनुमतिको नियमन निकाय अर्कै हुन्छ र उसले पनि यो कार्यलाई नियमन गर्नुपर्ने वा गरेको हुन्छ। 

यसलाई सिधै नियमन गर्न पनि मिल्दैन किनभने मर्जर एण्ड एक्विजिसनका कार्यहरुलाई पहिल्यै सार्बजनिक गर्न र प्रक्रियामा राख्न मिल्दैन। 

यसमा नियमन गर्ने भनेको यस्तो गाभ्ने/गाभिने संस्थाको सेयर खरिद/बिक्रि कार्यमा कुनै गैर-कानुनी प्रक्रिया व भित्रि सुचना चुहावट भएको छ/छैन भन्ने यकिन गर्ने हो। कसैले कुनै गलत उदेश्यले सेयरहरुको मुल्यांकन कम वा बढी गरी अर्को संस्थाका सेयरधनीहरुलाई जानाजान हानि नोक्सानी नपुर्याओस भनि सुनिस्चितता गर्ने हो।

Wednesday, August 19, 2020

कस्तो आयो बुक बिल्डिङ्ग निर्देशिका २०७७?

धितोपत्र बोर्डले यहि श्राबण २८ देखि लागु हुने गरी बुक बिल्डिंग निर्देशिका २०७७ सार्बजनिक गरेको छ। यसअघि बोर्डले यो निर्देशिकाको मस्यौदामा सरोकारवालाहरुबाट राय-सुझाब माग गरेको थियो। प्राप्त राय-सुझाबलाइ समाबेश गरेपश्चात निर्देशिका सार्बजनिक भएको हो।

मस्यौदामा भएका केहि कमि-कमजोरीलाई सुधार गरिएको छ भने केहि नयाँ प्राबधान थपिएको छ। निर्देशिकाका केहि ब्यबस्था अझै अव्यवहारिक र त्रुटीपूर्ण छन्। लेखमा यिनै पक्षलाइ बुँदागत रुपमा केलाउने प्रयास हुनेछ।

१. निर्देशिकाको सबैभन्दा ठुलो कमजोरी भनेको यो बुक बिल्डिंगको भाबना अनुरुप छैन। निर्देशिकाले मूल्य निर्धारणको बिधीलाइ बुक बिल्डिंग भनेतापनि बास्तबमा यो अक्सन (लिलामी) प्रक्रिया हो र अक्सनमा पनि यो अझ डच अक्सन हो।निर्देशिकाले कतै उल्लेख नगरी बुक बिल्डिंगमा डच अक्सनलाइ मिसाईदिएको छ र निष्कासन मूल्य निर्धारण प्रक्रियाबाट बुक बिल्डिंग बिधीलाइ हटाईदिएको छ। निर्देशिकाले आसय मूल्य बुक बिल्डिंग बिधीबाट संकलन गर्न खोजेको छ, मूल्य निर्धारण डच अक्सनबाट गरेको छ, तर बाँडफांट बिनाबिधी गरेको छ। तसर्थ निर्देशिका सहि अर्थमा बुक-बिल्डिंग बिधी होइन।

यहाँ डच अक्सनको प्रयोग गर्न हुँदैन भन्ने होइन, हुन्छ। तर डच अक्सनको प्रयोगलाइ बुक बिल्डिंग भन्नु हुँदैन, किनकी त्यो इथिकल हुँदैन। निर्देशिकाले बुक बिल्डिंगबारे मात्र होइन बुक बिल्डिंग र डच अक्सन बिचको फरकबारे पनि ध्यान दिएको छैन।

बुक बिल्डिंग र डच अक्सन धितोपत्र निष्काशनको दुई नितान्त फरक प्रक्रिया हुन्। बुक बिल्डिंगमा प्राप्त आसय मुल्यको भारित औसत मूल्यलाइ कट-अफ (निष्काशन) मूल्य मानिन्छ। डच अक्सनमा भने पहिला उच्च मुल्यका आबेदनलाइ सेयर छुट्टयाउदै तल जाँदा जुन मुल्यमा गएर निष्काशित सेयर पूर्णरुपमा बिक्री हुन्छ, त्यसैलाई कट-अफ मूल्य मानिन्छ। यो सेयर छुट्टयाउने प्रक्रिया बास्तबिक बाँडफांट नभई मूल्य निर्धारणको लागी गरिएको नाम मात्रको गणना हो।

सत्रौं सताब्दिको डच राज्य (आजको नेदरल्याण्ड) मा ट्युलिपको फूल यहि प्रक्रियाले लिलाम बिक्री हुन्थ्यो। त्यहीबाट यो प्रक्रियालाई डच अक्सन भनेर प्रयोग गरिंदै आएको छ। डच अक्सनको सबैभन्दा ठुलो प्रयोगकर्ता युएस ट्रेजरी डिपार्टमेन्ट हो र उसले "फेडरल रिजर्भ" मार्फत निष्कासन गर्ने ट्रेजरी-बिल यसै बिधीद्वारा बिक्री गर्दछ। सिंगापुर टेलकम र जापान टोबाकोले १९९४ मा र गुगलले २००३ मा आफ्नो सेयर डच अक्सनमार्फत निष्काशन गरेका थिए। सेयर पुनर्खरिदमा पनि यसको प्रयोग हुन्छ। क्यालीफोर्नियाको लस-एन्जेलसस्थित बुटिक ईन्भेस्टमेन्ट बैंक डब्लुआर ह्याम्ब्रच्टलाइ डच अक्सनमा एक्स्पर्ट स्पेस्लिष्ट मानिन्छ। 

२. निर्देशिकाको दफा १३ ले धितोपत्रको निष्कासन (कट-अफ) मूल्य निर्धारणको प्रक्रियालाइ व्याख्या गरेको छ, जसलाई अनुसूची ३ ले उदाहरणसहित थप प्रस्ट्याएको छ। उदाहरणले दिएको कट-अफ मूल्य निर्धारणको तरिका हुबहु डच अक्सनको छ। उदाहरणले पहिला सबैभन्दा उच्च मुल्य रु. २५० को आबेदनलाइ ५० हजार कित्ता सेयर छुट्टयाएकोछ। त्यसपछि रु. २४५, रु.२३५ गर्दै रु. २२५ सम्मको आबेदनलाइ सेयर छुट्टयाउदा कुल निष्काशित १० लाख सेयर पूर्णरुपमा बिक्री हुन गएकाले रु. २२५ कट-अफ मूल्य निर्धारण भएको छ।

अनुसुचिले कट-अफ मूल्य रु. २२५ भन्दा माथिका मुल्यमा आबेदन गर्ने आवेदकलाइ माग बमोजिम सेयर दिएको छ तर कट-अफ मूल्यमा ५ लाख कित्ता सेयर आबेदन गर्ने आवेदकलाइ बाँकी ७५ हजार कित्ता समानुपातिक हिसाबले बाँडफांट गर्ने भनेको छ। बाँडफांटको यहि ब्यबस्था सहि र निष्पक्ष छैन। एउटै कट-अफ मूल्यमा कसैले मागेजति सेयर पाउने र कसैले नपाउने अवस्था न्यायपूर्ण हुँदैन। 

कट-अफ मूल्य निर्धारणको प्रक्रिया डच अक्सनको छ तर बाँडफांट प्रक्रिया भने न डच अक्सन न बुक बिल्डिंगको जस्तो छ। दुबै बिधीमा कट-अफ मूल्यसम्मका आबेदकलाइ समानुपातिक हिसाबले सेयर बाँडिन्छ। निष्काशित सेयर (१० लाख कित्ता) र कट-अफ मुल्यसम्ममा आबेदन गरिएको सेयर (१४ लाख ५० हजार कित्ता) संख्याको अनुपात ७०% छ। समानुपातिक हिसाबमा हरेक आवेदकलाइ मागको ७०% का दरले सेयर दिइनुपर्थ्यो। यसोगर्दा रु. २५० मा ५० हजार सेयर माग गर्ने आवेदकहरुले समानुपातिक हिसाबले ३५ हजार कित्ता पाउछन् भने रु. २२५ मा ५ लाख कित्ता माग गर्ने आवेदकहरुले ३ लाख ५० हजार सेयर पाउछन। यसरी बाँडफांट गर्दामात्र यो कार्य निष्पक्ष र न्यायोचित हुन्छ।

३. निर्देशिकाको दफा ९ ले दफा ८ अनुसार प्राप्त आसय मुल्यकोअध्धयन गरेर आधार मूल्य तय गर्ने र सोहि आधार मुल्यमा बिक्री मुल्यको सिमा तय गर्ने भनेको छ। तर आधार मूल्य भनेको के हो र यो कसरी तय गरिन्छ भन्ने कहीं व्याख्या छैन। आधार मुल्यको गणना बिधी बिना मुल्य सिमा तय हुनसक्दैन।

४. दफा ८ को उपदफा ५ मा आसय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्ताले बोल-कबोलमा भाग लिनैपर्ने बाध्यकारी ब्यबस्था छ। यसले योग्य लगानीकर्तालाई स्वतन्त्र तवरमा आसय मूल्य राख्न डराउनुपर्ने अवस्था पैदा गर्छ। यस्तोमा उनीहरुले आपसी सल्लाहमा न्युनतम आसय मूल्य दिने सम्भाबना हुन्छ। यसले मूल्य निर्धारण प्रभाबकारी नभई कार्टेलिङ्ग हुनसक्ने र निष्काशन कम्पनीलाइ नोक्सानी हुनेहुन्छ। तसर्थ यस्तो बाध्यकारी ब्यबस्था हटाइ लगानीकर्तालाइ आसय मूल्य र सेयर संख्या परिबर्तन गर्नसक्ने वा यो प्रक्रियाबाटै हट्नसक्ने अवसर दिनुपर्दछ।

५. बुक बिल्डिंगको सबै प्रक्रिया बुक रनरको रुपमा निष्काशन प्रबन्धकले गर्नुपर्ने हो। तर निर्देशिकाले "धितोपत्र बजार" भनेर नेपाल स्टक एक्सचेन्जलाई समेत बोलकबोल प्रक्रियामा सामेल गरेको छ। यो चासो बाझिन सक्न्ने अवस्था हुनसक्छ। यसरी निष्काशन गरिने सेयरहरुलाइ नेपाल स्टक एक्सचेन्जमा लिस्टिंग गर्दा उ लिस्टिंग गर्न बाध्य हुनपर्ने अवस्था आउनसक्छ।यसमा स्टक एक्सचेन्जको संलग्नता बिबादित र कानुनी मामिलाको बिषय बन्नसक्छ। 

६. धितोपत्र बोर्डले बिभिन्न शुल्क लिने ब्यबस्था पनि चासो बाझिने अवस्था हो। खास-खास अनुमति-पत्र, नबिकरण र धितोपत्र दर्ता बाहेक अन्य स-साना कार्यमा पनि अनुमति लिनुपर्ने र शुल्क तिर्नुपर्ने ब्यबस्था हुनु सहि होइन। बोर्डले आफ्नो महत्वपूर्ण समय आम्दानी बढाउने गतिविधिमा खर्चेमा उसले सहि निर्णय लिन नसकी निष्पक्षता नहुनसक्छ।

७. सर्बसाधारणको निष्काशनमा न्युनतम ५० कित्ता आबेदन गर्नुपर्ने ब्यबस्था पनि प्रत्युपादक हुनसक्छ। धितोपत्र निष्काशनमा प्राप्त आबेदनको प्रशोधन कम्प्युटराइज्ड सिस्टममा अनलाइन माध्यमबाट हुनेहुँदा हालको १० कित्ताको ब्यबस्थाबाट खासै समस्या थिएन। कट-अफ मूल्य ज्यादै धरै हुन् गएमा ५० कित्ताको ब्यबस्था कतिपय आबेदकको लागि महँगो साबित हुनेछ।

सर्बसाधारणकोलागि कट-अफ मुल्यमा १०% ले कम गरेर निष्काशन मूल्य कायम गर्ने ब्यबस्था एक हिसाबले जायज मान्न सकिन्छ। एउटै धितोपत्र फरक-फरक मूल्यमा बिक्री गर्नु जायज होइन तर सर्बसाधारणको सहभागिता नभई तय भएको मुल्यमा केहि छुट दिइनुलाई तर्कसंगत मान्न सकिन्छ। 

८. निष्काशन प्रक्रिया धेरै लामो छ। निष्कासन प्रबन्धकले धितोपत्रको मुल्यांकन गर्ने, सो मुल्यांकन रकमको आधारमा योग्य लगानीकर्ताले आसय मूल्य दिने, आसय मूल्यको आधारमा आधार-मूल्य गणना गर्ने, आधार मुल्यमा रहेर बोलकबोलका लागि मुल्यको सिमा तोक्ने, मूल्य सीमामा रहेर बोलकबोल गर्ने, बोलकबोलमा प्राप्त मूल्य र सेयर संख्याको आधारमा कट-अफ मूल्य निर्धारण हुने र त्यसपछि बाँडफांट हुने जस्तो लामो प्रक्रियाबाट यो कार्य गुज्रेको छ। यसबिच पटक पटक विवरण-पत्र दर्ता गर्नुपर्ने लगायत अन्य कार्यहरु छन्। 

यसलाई अन्तर्राष्ट्रिय अभ्यास अनुरुप छिटोछरितो बनाउन सकिने थियो। धितोपत्रको मुल्यांकन गर्ने, मुल्यांकन रकममा  सिमा तय गरेर आसय मूल्य र सेयर संख्या लिने र सो को आधारमा कट-अफ मूल्य निर्धारण गरि बाँडफांट गर्न सकिन्थ्यो। विवरणपत्र पनि एकपटक प्रकाशन गरेर सबै सेयर निष्काशन गर्नसकिने थियो, तर त्यस्तो भएन।

निष्काशित धितोपत्रको निष्काशन प्रबन्धकले मुल्यांकन गर्ने र सो मा योग्य संस्थागत लगानीकर्ताले आफ्नो आसय मूल्य र सेयर संख्यासंगै धितोपत्रको मुल्यांकन र सो को आधार पनि माग गरिएकोछ। 

मौन अबधि: विवरण-पत्रको प्रकाशनद्वारा धितोपत्रको सार्बजनिक निष्काशन गर्दा मौन अबधिको ब्यबस्था गर्न अति जरुरी भैसकेकोछ। यो अबधि बोर्डमा विवरणपत्र दर्ता गरेको दिनदेखि निष्काशन बन्दभएको दिनसम्म हुन्छ, जसमा निष्काशन कम्पनी, निष्काशन प्रबधक र अन्डरराइटर्स र अन्य सम्बन्धितले निष्काशित धितोपत्रको मूल्यलाई प्रभाब पार्ने गरि कुनै भनाई सार्बजनिकरुपमा राख्न नपाउने हुनुपर्छ। 

मूल्य स्थिरता : बुक बिल्डिंग बिधीद्वारा सार्बजनिक निष्काशन गरिएको सेयर दोश्रो बजारमा कारोबार हुँदा निष्काशन मूल्यभन्दा बजार मूल्य कम नहोस र मूल्यमा स्थिरता आओस भनेर अन्डरराइटर्सको सिन्डिकेटले सो सेयरहरु कट-अफ मुल्य वा सोभन्दा केहि कममा किन्ने ब्यबस्था गर्न आबश्यक छ। निष्कासन मूल्यभन्दा बजार मूल्य धेरै भएमा यस्तो खरिद आबश्यक हुँदैन। 

निष्कर्ष: निर्देशिकाले बुक बिल्डिंगको प्रक्रियालाइ जटिल र झन्झटिलो बनाईदिएको छ। निर्देशिकाका केहि ब्यबस्था निष्पक्ष र न्यायपूर्ण छैनन। कतिपय प्राबधानहरु पुँजीबजारका सर्वमान्य सिद्धान्त र अन्तर्राष्ट्रिय मापदण्डभन्दा धेरै पर छन्। निर्देशिकाले नियमनभन्दा नियन्त्रण गर्न खोजेको देखिन्छ। नियन्त्रणले पुँजीबजारलाई गतिहिन र निस्प्रभाबी बनाईदिन्छ। 

कानुन बनेर आईसकेको अवस्थामा निर्देशिका जसोतसो लागु होला तर यसले चाहेको परिणाम दिन कठिन छ। ऐन/कानुनहरु सहि ढंगले नआउदा न पुँजीबजारको बिकास हुन्छ न बिस्तार । 

निर्देशिकाको सकारात्मक पक्ष भनेको यसले बुक बिल्डिंगको अभ्यास सुरु हुने अवस्था बनेकोछ। अभ्यास गर्दै जाँदा समयक्रममा यसमा सुधार हुँदै जाला। हुँदै नहुनुभन्दा कानुन बनेर निर्देशिका आउनुलाई ठुलो उपलब्धि मान्न सकिन्छ।

Tuesday, August 4, 2020

​मौद्रिक नीतिमा मार्जिनको दर


राष्ट्रबैंकले गएको ​​श्राबणगते आब २०७७/७८ को लागी मौद्रिक नीति सार्वजनिक गरेको छ। समग्र अर्थतन्त्रलाइ प्रभाब पार्ने मौद्रिक नीतिले पुँजीबजारलाइ झन् ठुलो प्रभाब पार्दछ। मार्जिन लोन तरलता सम्बन्धी ​नयाँ ब्यबस्था गरेर मौद्रिक नीतिले पुँजीबजारलाइ प्रत्यक्ष सम्बोधन गरेको छ। यसले लगानीकर्तालाइ आशाबादी उत्साहित बनाएको ​छ। यसको प्रभाब श्राबण ​ ४ र ५ गतेको ​मार्केटमा पटक पटक सर्किट ब्रेक लागेर देखिएको थियो। 


मौद्रिक नीतिको समग्र अर्थतन्त्रमा पर्ने प्रभावको छुट्टै व्याख्या होला। यस आलेखमा मौद्रिक नीतिले मार्जिनको दर सम्बन्धी गरेको व्यवस्थाले पुँजीबजारमा पार्नसक्ने असर प्रभाबबारे फरक कोणबाट बिष्लेषण हुनेछ।


​१. मौद्रिक नीतिले सेयर-धितोमा दिइने मार्जिन लोनको दर ६५ प्रतिशतबाट ७० प्रतिशतसम्म​ पुर्याएको छ। यो ब्यबस्थाले ​थोरै (​प्रतिशत​)​​ कर्जा बढाएर धेरै जोखिम बढाउने बाहेक पुँजीबजारमा कुनै सकारात्मक प्रभाब पार्दैन।


मौद्रिक नीतिले सेयरधितो मुल्यांकन गर्दा १८० दिन​को औसत ​बजार​मूल्य​लाइ ​​१२० दिन​मा झारेको छ। यसले बढ्दो मार्केटमा सेयरधितोको मूल्यांकन रकमलाई केहि बढाएपनि घट्दो मार्केटमा कुनै फरक पार्दैन। प्रशासनिक झन्झटलाइ केहि कम गर्ने बाहेक यसलेपनि पुँजीबजारमा ठुलो प्रभाब पार्दैन। यो मुल्यांकन पछिल्लो बजार मूल्यमा गर्दा सबैभन्दा प्रभाबकारी हुन्छ।

 

२. मौद्रिक नीतिले नगद लाभांस वितरणयोग्य मुनाफाको ३० प्रतिशत वा भारित औसत ब्याजदरमध्येको कम भनेर सिमा तोकिदिएको । यो व्यवस्थले बित्तिय संस्थाहरुबाट कम नगद रकम बाहिरिनेछ भने बोनस सेयर बढी वितरण हुनसक्नेछ। यसले ति संस्थाको पुँजीकोषलाई बलियो सुरक्षित बनाउने, तरलता बढाउने र ब्याजदर घटाउनेछ। धितोपत्रको मुल्यमा यसको  सकारात्मक प्रभाब ​​पर्ने र ​​गानीकर्ता लाभान्वित हुनेछन।


​​३. मौद्रिक नीतिले बित्तिय संस्थाहरुले कायम गर्नुपर्ने कर्जाको पुँजीकोष निक्षेपसंगको (सीसीडी) अनुपात बढाउने र नगदकोष अनुपात (सिआरआर) मा सहुलियत दिएकोछ। दुवै व्यवस्थाले कुल निक्षेपको केहि प्रतिशत लगानीयोग्य पुँजी बढाउनेछन। तरलताको यस्तो अतिरिक्त प्रवाहले ब्याजदर घटाउने र पुंजीबजारको लगानी आकर्षक बनाउनेछ। यसले पनि धितोपत्रको मुल्यमा सकारात्मक प्रभाव पर्नेछ।

 

४. मौद्रिक नीतिले बित्तिय संस्थाहरुको स्वेच्छिक मर्जरलाइ सहुलियत दिएर प्रोत्साहन गरिने भनेको छ। तर मर्जर एण्ड एक्विजेसन जस्तो नितान्त कर्पोरेट गतिबिधी कहिल्यै मौद्रिक नीतिको अंग बन्नु हुँदैनथियो। कर्पोरेसनहरुलाइ स्वेच्छिक हिसाबले संस्था सेयरधनीको हितमा निर्णय लिन दिइनुपर्थ्यो तर त्यसो हुनसकेन। आजको कर्पोरेट वर्ल्डमा यस्तो अभ्यासलाई स्वीकार्य मानिदैन। कम्पनी संचालनको निजी बिषयमा हात हालेर राष्ट्रबैंकले कर्पोरेट वर्ल्ड नबुझेको संदेश प्रबाह गरेको छ।


​आँफैले ​संचालनअनुमति दिने​ र हस्त​क्षेप गरेर संख्या घटाउने कार्यले राष्ट्रबैंकमा नीतिगत अस्पष्टता र अस्थिरता रहेको देखिन्छ। भोलि ​संख्या कम भयो भनेर फेरी अनुमति दिने, फेरी घटाउने? यहि हो त राष्ट्रबैंकको उदेश्य र निती? यति महत्वपूर्ण निकायको नीति ​​किन यति अस्थिर, अनिश्चित र फितलो भन्ने प्रश्न उठेको छ।


संस्थाहरु समस्याग्रस्त भएको ​असामान्य अवस्थामाबाहेक अन्य अवस्थामा राष्ट्रबैंकले ​यस्तो हस्तक्षेप​ वा दबाब दिने होइन। राष्ट्रबैंकले ​संकटपूर्ण घडीमा उद्धार गर्ने होक्षणक्षणमा स्तक्षेप गरेर समय खेर फाल्ने होइन।


सेयर धितोकर्जा वा मार्जिन लोनसेयर धितोकर्जा वा मार्जिन लोन समान उदेश्य तर फरक प्रकृती​का कर्जा हुन्। धितोपत्रको कारोबार अनलाइन प्रणालीमा गईसकेपछि सेयर धितोकर्जालाइ मार्जिन लोनको रुपमा ब्यबस्थापन गरिनुपर्ने थियो तर त्यसो हुनसकेको छैन। सो नहुँदा हालको अभ्यासमा यी कर्जा एक-समान छन्। 


मौद्रिक नीति अनुसार धितो मुल्यांकनको ७० प्रतिशतसम्म ​​सेयरकर्जा (मार्जिन लोन) प्रबाह हुनसक्छ र लगानीकर्ताले कम्तिमा ३० प्रतिशत इक्विटी (मार्जिनगाउनुपर्छ। अन्तर्राष्ट्रिय अभ्यासमा ५० प्रतिशतसम्मको मार्जिन लोनको दरलाई ग्राह्य मानिन्छ​, जुन नेपालमा अति उच्च ​र अत्याधिक जोखिमपूर्ण हु​छ। एक उदाहरणबाट मार्जिन लगानीमा हुनसक्ने जोखिम प्रतिफलला​ई हेरौं।

 

मानौं कुनै सेयरको मूल्य आज रु. १ हजार , जसलाई नगद (सबै इक्विटी) मार्जिनमा खरिद गर्न सकिन्छ। मार्जिन लोनका दरहरु ५० प्रतिशत, ६५ प्रतिशत ७० प्रतिशत छन्। यसमा ब्रोकर कमिसन ०.६ प्रतिशत, ब्याजदर बार्षिक १० प्रतिशत पुँजीगत लाभकारप्रतिशत छ।यसबाहेकका अन्य खर्चलाई थाँती राखौं। 


यदि सेयरको मूल्य बर्षदिनमा २० प्रतिशतले बढेर रु.१२०० पुग्छ भने नगद लगानीमा १८ प्रतिशत, ५० प्रतिशत मार्जिनमा २५ प्रतिशत, ६५ प्रतिशत मार्जिनमा ३२ प्रतिशत ७० प्रतिशत मार्जिनमा ३६ प्रतिशत प्रतिफल प्राप्त ​हुन्छ। यदि सेयरको मूल्य बर्षदिनमा २० प्रतिशतले घटेर रु.८०० पुग्छ भने नगद लगानीमा २१ प्रतिशत, ५० प्रतिशत मार्जिनमा ५२ प्रतिशत, ६५ प्रतिशत मार्जिनमा ७९ प्रतिशत ७० प्रतिशत मार्जिनमा ९४ प्रतिशत नोक्सानी हुन्छ। मार्जिन लोन ७२ प्रतिशत ​भएमा सेयरमूल्य २० प्रतिशतले ​नघट्दै ​१०० प्रतिशत नोक्सान भैसक्छ।​ 


यस उदाहरणमा सबैभन्दा धेरै प्रतिफल नोक्सानी ७० प्रतिशत​को मार्जिन लोनमा भएको भने सबैभन्दा कम प्रतिफल नोक्सानी नगद लगानीमा भएकोछ।​ मार्जिनमा ​सबै लगानी नोक्सान हुनेमात्र होइन स्वामित्व समेत गुम्ने सम्भाबना ​प्रसस्त हुन्छ। नगद लगानीमा जोखिम कम हुनुका साथै स्वामित्व कहिल्यै गुम्दैन। ​मार्जिन ​लगानीमा बुझ्नुपर्ने बास्तबिकता ​यहि हो।

असर र प्रभाब : उच्च दरको मार्जिन लोनले लगानीकर्ता, कर्जा प्रदायक संस्था, नियमन निकाय र समग्र पुँजीबजारलाई प्रभाब पार्ने र असर गर्छ। 


१. लगानीकर्ता: लगानीकर्ताको लागी मार्जिन लगानी दोहोरो धार भएको तरवार जस्तै हो। यसमा एकातिर मूल्य घट्ने जोखिम  अर्कोतिर ब्याजको लागत बढ्ने डर हुन्छ। दुबै अवस्थामा नोक्सानी  बढ्दछ। लगानीकर्ताले अत्याधिक जोखिमको भारी उठाएर ​सबै लगानी गुमाउने गरी जोखिममा होमिनु हुँदैन।


धेरै प्रतिफलको लोभमा सबै गुमाउनु भन्दा जायज प्रतिफलमा पुँजी जोगाउदै बिस्तारै आम्दानी गर्दै जानु बुद्धिमानी हुन्छ। लगानीको पहिलो सुत्र नै पुँजीको सुरक्षा हो


२. कर्जा प्रदायक संस्था: ७० प्रतिशत मार्जिन लोन भनेको ३० प्रतिशत मार्जिनमा कर्जा दिनु हो। यो कर्जा प्रदायक संस्थाको लागी पनि अत्याधिक जोखिमको अवस्था हो। मार्केट अस्थिर भएर ​५-२० प्रतिशत मूल्य घटेमा सहायक मार्जिन कल हुन्छ। मार्केट थप घटेमा ३० प्रतिशतको मार्जिनले यस्तो कर्जा थेग्दैन। 


यस्तो कर्जा नीतिले लगानीकर्तामात्र होइन कर्जा प्रदायक संस्था आँफैपनि डुब्ने अवस्था आउनसक्छ।यी संस्थाको उदेश्य जोखिमपूर्ण कर्जा दिएर लगानीकर्तालाई जोखिममा डाल्नु होइन, बरु सुरक्षित कर्जानीति अबलम्बन गरेर लगानीकर्ता र आँफुलाइ उकास्नु हो।


३. नियमन निकाय: मार्जिन लोनबारे सम्पूर्ण कानुनी ब्यबस्था गर्ने जिम्मेवारी राष्ट्रबैंक धितोपत्र बोर्ड जस्ता नियमन निकायको हो। हालको कानुनी ब्यबस्था अति जोखिमयुक्त छ। लगानीकर्ताले अत्यधिक नोक्सानी बेहोर्न परेमा यसको दोष यि निकाय​लाई पनि जानेछ। तर यी निकाय समस्या पहिचान गरेर माधान दिन असमर्थ देखिएका छन्। 


४. पुँजीबजार: गत आषाढ मसान्तसम्ममा बित्तिय संस्थाहरुको मार्जिन ​लोनमा लगानी करिब रु. ४७ अर्ब​ थियो। मार्केटनबढ्नुको एक प्रमुख कारण ​यो मात्रको ​मार्जिन लोन पनि हो। मार्जिन लोनले मार्केट बढ्न नदिनेघटाउने वा क्र्यास नै गराउनसक्छ, जसले सम्पूर्ण पुँजीबजार नै जोखिममा ​पार्छ।


सेयरको मूल्य ​घटेमा मार्जिन कल हुन्छ। मार्जिन कल​मा लगानीकर्ताले थप नगद वा सेयर धितो दिनु​पर्ने ​या सेयर बेच्नु​पर्ने हुन्छ। सेयर बेच्नु परेमा आपूर्ति बढेर थप मूल्य घट्न जान्छ। घटेको मुल्यले​ थप मार्जिन कल हुन्छ र अरु बिक्री दबाब पैदागर्छ​, जसले मार्केट झन् घटाउछ। दबाब बढ्दै गएमा मार्केट क्र्यास हुन्छ। यो अबस्थामा ​सबै ​लगानीकर्ताले धेरै गुमाउने स्थिति हुन्छ।​ ​


लगानीकर्ता, कर्जा प्रदायक संस्था  नियमन निकायहरु​ले मार्जिन लोनबारे बुझ्नुपर्ने पक्ष ​यो पनि हो

 

निष्कर्ष: यस आलेखको उदेश्य सेयर धितोकर्जा वा मार्जिन लोनमा अन्तर्निहित जोखिम प्रतिफलको तुलनात्मक बिश्लेषण गर्नु हो। प्रतिफललाई मात्र हेरेर जोखिमलाइ बेवास्ता गर्दा कैयौंले आफ्नो सम्पूर्ण लगानी गुमाएका छन्। लगानीकर्ता, कर्जा प्रदायक संस्था नियामक निकायमा मार्जिन लोनमा लगानी गर्नु सहि नीति हो भन्ने गलत मान्यता रहेको पाइन्छ। लगानीकर्ताले ८० प्रतिशत मार्जिन लोनको माग गर्नु, बोर्डले समर्थन गर्नु, राष्ट्रबैंकले मागलाई सम्बोधन गर्नु कर्जा प्रदायक संस्थाहरु मौन रहनुले यहि पुष्टि गर्दछ।


मार्जिन लोन यसै जोखिमयुक्त हुन्छ, ५० प्रतिशतभन्दा माथि झनै जोखिमयुक्त हुन्छ, ७० प्रतिशत अत्यधिक जोखिमपूर्ण छ। त्यसैले यो दरलाइ संसोधन गरेर ५० प्रतिशतको हाराहारीमा राख्न जरुरी छ। पुँजीबजारमा अत्यधिक जोखिमको अवस्था भएर लगानीकर्ताले लगानी गुमाउने अवस्था हुनु नियमन निकायको ठुलो कमजोरी हो। समस्या भयाबह हुनुभन्दा पहिल्यै समाधान खोज्नु  बुद्धिमानी हुन्छ।


राष्ट्रबैंकले सेयर बाहेक बण्ड, डिबेंचर, अग्राधिकार सेयर जस्ता अन्य धितोपत्रमा पनि मार्जिनको दर तोक्न जरुरी छ। मार्जिनको दर राष्ट्रबैंकले तोक्ने हो भने यो मार्जिन लोन संचालन सम्बन्धी कानुनी ब्यबस्था धितोपत्र बोर्डले गर्ने हो। दुवै निकाय यो बिषयमा बेखबर दखिन्छन यी निकायहरुले मार्जिन लोनबारे प्रष्ट जानकारी राख्न र जिम्मेवार हुन् जरुरी छ।


मार्जिन लोन प्रयोग गर्नुहुँदैन भन्ने होइन तर यसको प्रयोग बिबेकपूर्ण हुनुपर्छ। बढेको मार्केटमा छोटो समयको लागी यसको प्रयोग गर्न सकिन्छ। धेरै प्रतिफलको लोभमा लामो समयको लागी यसको प्रयोग ​गर्नसकिदैन। धेरै कम लगानीकर्ताले मार्जिनको सहि सदुपयोग गरेर मुनाफा गर्नसक्छन। नयाँ, अनुभब नभएका साना लगानीकर्ताको लागी ​मार्जिन लोन उपयुक्त हुँदैन। सबै पक्षले बिबेकशील भएर मार्जिन लगानीमा हुने जोखिमबारे प्रस्ट हुन् जरुरी छ।