ब्याजदर निक्षेप र कर्जाको मूल्य हो। यो स्थिर रहँदैन र चलायमान भैरहन्छ। ब्याजदरले अर्
ब्याजदरले पुँजीबजारमा पनि ठुलो प्रभाब पार्दछ। पुँजीबजारमा ब्याजदरको प्रभाब आंकलन गरेर लगानी सल्लाह दिनुपर्ने इन्भेस्टमेन्ट बैंकहरुले फाइनान्सियल मार्केटमा आएको स्थिर ब्याजदरको बिषयमा ब्यबसायिक सल्लाह र सुझाब दिनुपर्ने थियो, तर उनीहरु बेखबर देखिन्छन्। स्थिर ब्याजदरको अभ्यासले ब्याजदरमा आधारित डेरीभेटिभ्स् जस्तो बित्तिय साधन ल्याउने अवसर पनि आएको छ, जसका लागी उनीहरुले धेरै क्षमता र दक्षता बिकास गर्न जरुरी छ।
ब्याजदर एक जटिल बिषय हो। हालसम्म परिबर्तनिय व्याजदरमात्र अभ्यास हुँदै आएकोमा राष्ट्रबैंकले हालै निर्देशन जारी गरी ग्राहकलाई स्थीर ब्याजदरपनि उपलब्ध गराउनुपर्ने ब्यबस्था गरेपश्चात यो बिषय थप जटिल हुनगएको छ। बित्तीय संस्थाहरुले स्थिर ब्याजदर निर्धारण गर्न कठिन भएको बताईरहंदा यो बिषय थप पेचिलो भएकोछ।
यसको समाधानका लागी राष्ट्रबैंक र बित्तिय संस्थाहरुले मिलेर काम गर्न आबश्यक छ। दुवैको उदेश्य ब्याजदरमा स्थायित्व ल्याउने हुनुपर्दछ। स्थीर ब्याजदरको सहि र प्रभाबकारी अभ्यास भएमात्र यो उदेश्य प्राप्त हुनेछ। यसको लागी दुवैले इमान्दारिताका साथ आ-आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेछ। यो आलेख यसै बिषयमा केन्द्रित हुनेछ।
राष्ट्रबैकले गर्नुपर्ने कार्यहरु: स्थिर ब्याजदरको अभ्यासलाइ प्रभाबकारी र सफल बनाउन बित्तिय संस्थाहरुभन्दा पहिला राष्ट्रबैंकको भूमिका महत्वपूर्ण हुन्छ। यी केहि कार्य राष्ट्रबैंकले तत्काल गर्नुपर्दछ।
१) स्थिर ब्याजदर निर्धारणको लागी राष्ट्रबैंकले सबैभन्दा पहिला स्प्रेडको दर हटाउनुपर्ने हुन्छ। सैद्धान्तिक हिसाबले ब्याजदर परिबर्तनको जोखिमका कारण स्थीर ब्याजदर परिबर्तनिय ब्याजदरभन्दा बढी हुनुपर्दछ। तर हालको बाध्यकारी स्प्रेडको व्यवस्थाले स्थीर ब्याजदर परिबर्तनिय ब्याजदरभन्दा बढी हुनसक्दैन, जसले स्थीर ब्याजदर निर्धारणमा ब्यबहारिक र कानुनी अड्चन पैदा गर्दछ। स्प्रेडको दरले स्वतन्त्ररुपमा स्थीर ब्याजदर निर्धारणमा अंकुस लगाउछ ।
स्प्रेडको बदलामा राष्ट्रबैंकले प्रभाबकारी पोलिसी रेटको बिकास गर्न जरुरी छ, जसमार्फत मौद्रिक नितीसमेत नियन्त्रण गर्न सकियोस।
२) भविष्यमा ब्याजदरको प्रबृत्ति थाहा पाउन यिल्डकर्भको आबश्यकता हुन्छ। यिल्डकर्भको अभाबमा ब्याजदरको प्रबृत्ति अनुमान गर्ने कार्य गाह्र्यो हुन्छ। ब्याजदरको प्रबृत्ति थाहा नभई लामो अवधिको स्थीर ब्याजदर निर्धारण हुनैसक्दैन। यिल्डकर्भको बिकास गर्न राष्ट्रबैंकले विभिन्न अवधिका सरकारी ऋणपत्रहरु निरन्तर निष्काशन गर्न र तिनको निर्बाध कारोबार हुन दिन आबश्यक छ।
३) राष्ट्रबैंकले सरकारी ऋणपत्रहरुको खरिदबिक्री गरेर बित्तिय संस्थाहरुको लागी तरलताको उचित ब्यबस्था गर्दिनुपर्दछ। तरलताको उचित ब्यबस्था नभए ब्याजदरमा अत्यधिक उतार-चढाब आएर बित्तिय संस्था र ग्राहकलाई जोखिम पैदा हुन्छ। ब्याजदर परिबर्तनको जोखिम धेरै हुँदा स्थिर ब्याजदरको अभ्यास प्रभाबकारी हुँदैन। यस्तो जोखिम अत्यधिक नहोस भन्नाका लागी राष्ट्रबैंकले मौद्रिक नीतिका सबै उपाएको उपयोग गरेर तरलता ब्यबस्थापन गर्नुपर्दछ।
४) तरलता र जोखिमको बिबिधीकरणको लागी बित्तिय संस्थाहरुलाई एक हदसम्म कर्जाहरुको सेक्युरिटाईजेसन गर्न दिईनुपर्दछ। यसबाट ति संस्थाहरुलाइ नगद प्राप्त भई थप तरलता प्राप्त हुने, कर्जा र ब्याजदरको जोखिममा पनि कमि आउने हुन्छ।
५) ग्राहकलाई स्थीर ब्याजदरको साथै मिश्रित, क्याप्स एण्ड फ्लोर, क्याप्स वा अन्य ब्याजदरका बिधीपनि छनोट गर्ने अवसर दिनुपर्दछ। यस्ता बिधीको प्रयोगले ब्याजदरमा बिबिधता र स्थिरता ल्याउनेछ।
मिश्रित ब्याजदर बिधीमा कर्जाको केहि अवधि स्थीर र त्यसपछि हरेक बर्ष समायोजित हुनेगरी ब्याजदर निर्धारण हुन्छ। जस्तै १५ बर्षे कर्जाको शर्त ५/१ छ भने ५ बर्ष स्थीर र बाँकी अवधि हरेक बर्ष ब्याजदर समायोजन हुन्छ। क्याप्स एण्ड फ्लोर बिधीमा ब्याजदर एक सिमामा समायोजन हुन्छ भने क्याप्स बिधीमा ब्याजदरको अधिकतम सिमा दिइन्छ।
६) बित्तिय संस्थाहरुले स्थिर ब्याजदरको अभ्यासमा कठिनाई र समस्या भएको गुनासो गरिरहेको अवस्थामा उनीहरुको जायज गुनासो र मागलाई राष्ट्रबैंकले गम्भीरताकासाथ सम्बोधन गर्नुपर्दछ। स्थीर ब्याजदरको अभ्यास गर्न कठिनाई भएमा तयारीका लागि ३ वा ६ महिना थप समय दिनु अन्यथा हुँदैन। हाल ३ वा ५ बर्षको लागि स्थीर ब्याजदर लागु गर्ने र त्यसपछि लामो अवधिको स्थीर वा मिश्रित ब्याजदर अभ्यास गर्ने गरी समाधान दिनसकिन्छ।
७) स्थीर ब्याजदरको कर्जा समय अगावै कर्जा चुक्ता भएमा बित्तिय संस्थाहरुले जरिवाना लगाउन पाउने माग राखेका छन्। यस्तोमा बित्तिय संस्थाहरुलाई पुनर्लगानिको जोखिम हुनेहुँदा यस्तो जरिवानाको अभ्यास जायज हुन्छ। यो दर १%-२% हुनु मनासिब हुन्छ।
८) स्थीर ब्याजदर लागु गर्न बित्तिय संस्थाहरुलाई निर्देशन दिएरमात्र राष्ट्रबैंकको जिम्मेवारी पुरा हुँदैन, यसबारे उपनि प्रस्ट जानकार र बिज्ञ हुनुपर्दछ। यसका जटिल पक्षबारे पूर्ण जानकार रहेर बित्तिय संस्थाहरुलाई आबश्यक तालिम र विकास उपलब्ध गराउनुपर्दछ।
बित्तिय संस्थाहरुको भय र आशंका : बित्तिय संस्थाहरुको भनाइ र प्रतिक्रिया हेर्दा उनीहरुमा स्थीर ब्याजदरबारे केहि भय र आशंका देखिन्छ। नयाँ अबधारणा भएकोले के हुन्छ भन्ने अनुमान नहुँदा त्यस्तो भएको हुनसक्छ। फाइनान्सियल इन्डस्ट्रीका मुख्य चालकहरुमा यस्तो भय र आशंका रहनु राम्रो होइन। यो तत्काल निवारण हुन् जरुरी छ।
१) बित्तिय संस्थाहरुको पहिलो आशंका स्थीर ब्याजदर उनीहरुको लागि नोक्सानदायी हुन्छ भन्ने छ, तर यो सहि छैन। कर्जाको लागत र संभावित जोखिमको समायोजन गरी स्थीर ब्याजदर गणना गरिन्छ र यो परिबर्तनिय ब्याजदरभन्दा बढी हुन्छ भने यस्तोमा नोक्सानी हुने प्रश्नै उठ्दैन। नोक्सानी हुने कर्जा खराब भएर हो, ब्याजदर स्थिर भएर होइन।कर्जामा सुरुभन्दा पछिल्लो बर्षहरुमा बढी फाईदा हुनेहुँदा दिर्घकालमा स्थीर ब्याजदर फाइदामुलक हुन्छ। अन्तर्राराष्ट्रिय अनुभबमा पनि स्थीर ब्याजदर ग्राहकको लागी खर्चिलो र कर्जा प्रदायक संस्थाहरुको लागी फाईदामुलक भएको देखिन्छ।
उनीहरुमा स्थीर ब्याजदरको कारण संस्था नै डुब्ने पो हो कि भन्ने भयसमेत देखिन्छ। संस्था डुब्ने कर्जाको खराब ब्यबस्थापनको कारण हो, ब्याजदरको कारण होइन।
बित्तिय संस्थाहरुमा ब्याजदर बढ्दा नोक्सान र घट्दा फाइदा हुन्छ भन्ने धारणा छ, जुन सहि होइन। ब्याजदर बढ्दा कर्जा चुक्ता हुँदैन तर घट्दा चुक्ता हुन्छ, जसले पुनर्लगानीको जोखिम पैदा गर्छ। ब्याजदर बढ्नु कर्जाको माग बढ्ने संकेत हो भने ब्याजदर घट्नु कर्जाको मागमा कमिको संकेत हो। त्यसैले ब्याजदर बढ्दा नोक्सान र घट्दा फाइदा हुन्छ भन्ने सहि होइन।
ब्याजदरको प्रबृत्ति दिर्घकालमा औसततर्फ फर्कने हुन्छ। अर्थात् दीर्घकालमा ब्याजदरको लागत पनि औसत नै हुन्छ।
२) बित्तिय संस्थाहरुमा लामो अवधिको कर्जाको लागी
लामो अवधिकै निक्षेप जरुरी हुन्छ भन्ने मान्यता रहेको देखिन्छ। ब्याजदर एकदमै कम भएको भएको अवस्था बाहेक लामो अवधिको निक्षेपमा लचकता नहुने र ब्याजदर परिबर्तनको जोखिम बढी हुने हुँदा यो उपयोगी हुँदैन। निक्षेप र कर्जा दुबै लामो अवधिको हुँदा ब्याजदर परिबर्तनको जोखिम दोहोरो हुन्छ। यस्तो जोखिम हटाउन लामो अवधिको कर्जालाइ छोटो अवधिका निक्षेपबा
३) केहि संस्थाहरुले बिदेशी मुद्रामा ऋण लिएर देशमा कर्जा लगानी गरेका छन्। यस्तो ऋणमा बिदेशी बिनीमयदरको जोखम अत्यधिक हुन्छ। हेजिङ्गका साधनहरु नभएको बिद्यमान अवस्थामा त्यस्तो ऋण धेरै जोखिमपूर्ण हुन्छ। हेजिङ्गका साधनहरु उपलब्ध भएपनि महँगो हुन्छन। बिदेशी मुद्रामा लिएको कर्जा धेरै जोखिमयुक्त भएर महँगो हुँदा बित्तिय संस्था र अर्थतन्त्र दुवैलाई फाइदा हुँदैन। तर त्यस्तो ऋणको महँगो लागत नेपाली ग्राहकले बेहोर्नुपर्दछ।
बिदेशी मुद्रामा ऋण होइन, लगानी (इक्विटी) ल्याउने हो, जसमा बैदेशिक मुद्राको जोखिम शुन्य हुन्छ।
४) आजदेखि १५, २०, ३० बर्षमा ब्याजदर बढ्नेभन्दा घट्ने सम्भाबना धेरै हुन्छ। स्थिर ब्याजदरको प्रयोगले भविष्यमा ब्याजदरको ऊतारचढाब थप कम हुनेछ। यसको कारण कर्जा प्रदायक संस्थाहरु ब्याजदर परिबर्तनप्रति ज्यादा संबेदनशिल हुनु हो। बिगतमा ब्याजदर अत्यधिक घटबढ हुँदा नियन्त्रण गर्न कसैलाई प्रोत्साहन थिएन। तर स्थीर ब्या
५) तरलता धेरै भएको अवस्थामा कर्जाको ब्याजदर निर्धारणमा कुनै सिद्धान्तले काम गर्दैन र बित्तिय संस्थाहरु लागतभन्दा कममा लगानी गर्न बाध्य हुन्छन। यसको कारण सङ्क कस्ट (डुब्ने लागत) हो। अत्यधिक तरलता हुँदा नोक्सानी कम गर्न, तरलत घटाउन र ब्याजदर बढाउन नोक्सानी सहेरपनि यस्तो लगानी
६) स्थिर ब्याजदर र ब्याजदरको जोखिमबारे बित्तिय संस्थाहरुले फाइनान्सियल इकनोमि
निष्कर्ष:
स्थिर ब्याजदरको सहि र प्रभाबकारी अभ्यास भए यसले फाइनान्सियल इन्
स्थीर ब्याजदरको चाँढो अभ्यास गर्नेले नै यसको धेरै फाइदा लिन्छ भने ढिलो अभ्यास गर्ने पछि पर्नेछ। यसलाई लागु नगर्ने छुट कसैलाई छैन। ब्याजदरलाई सहि अर्थमा बुझ्नेले नै फाइनान्सियल इन्डस्ट्रीको नेतृत्व गर्नेछ।