नेपाल राष्ट्रबैंकले गएको भाद्र २३ मा एक निर्देशन जारी गरी बाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीले प्रदान गर्ने एकबर्षभन्दा बढी अवधिका घर-जग्गा, सवारी-साधन जस्ता ब्यक्तिगत आबधिक कर्जामा ग्राहकलाई परिबर्तनिय (सहि शब्दावली समायोजित) ब्याजदरको अलावा स्थीर ब्याजदरपनि प्रस्ताब गर्नुपर्ने ब्यबस्था गरेकोछ। यो ब्यबस्था उपयुक्त र समयानुकुल छ।
स्थीर ब्याजदरले कर्जामा रहेको
स्थीर वा परिबर्तनिय ब्याजदरको
ब्याजदरलाइ फाईनन्सिएल मार्के
ग्राहकको लागी स्थीर ब्याजदर: स्थीर ब्याजदर ग्राहकको लागि परिबर्तनिय ब्याजदरको बिकल्प हो। ब्याजदर घटेको वा कम भएको अवस्थामा ग्राहकले स्थीर ब्याजदर छनोट गर्नेछन्। ब्याजदर उच्च रहेको अवस्थामा भने स्थीर ब्याजदरको छनोट महँगो हुन्छ। अन्तर्रास्ट्रिय अभ्यासमा स्थीरभन्दा परिबर्तनिय ब्याजदर कम खर्चिलो भएको अनुभब छ। ब्याजदरमा अत्यधिक उतार-चढाब हुने नेपालमा त्यहि मान्यता लागु नहोला।
स्थीर ब्याजदरमा ब्याजदर घटबढको जोखिम बेहोर्नु
कर्जा-प्रदायक
संस्थाहरुको चुनौती र अवसर : स्थीर ब्याजदर कर्जा-प्रदायक संस्थाहरुको लागि चुनौति र अवसर दुवै हो। अनुभबी र सक्षम जनशक्तिको अभाबमा स्थीर ब्याजदर तत्काल लागु गर्न कठिनाई छ, तर यो समाधान नहुने बिषय होइन। स्थीर ब्याजदरको अभ्यासले ब्याजदरमा आधारित डेरिभेटिभ्स जस्ता थुप्रै ओभर-द-काउन्टर बित्तिय साधनलाई बजार प्रबेश गराउछ, जसको कारोबार रकम कर्जाभन्दा धेरै हु
कर्जा-प्रदायक संस्थाहरु स्थीर ब्याजदरको ब्यबस्थाप्रति सकारात्मक नरहेको बुझ्न सकिन्छ। एक बैंकले यसबारे राष्ट्रबैंकसँग असन्तुष्टि जनाएको खबर छापामा आएको छ। उसले अन्तर्राष्ट्रिय अभ्यासमा कर्जामा स्थीर ब्याजदर ५ बर्षको लागिमात्र दिइने दाबी गरेको छ, जुन सहि होइन। स्थीर ब्याजदर कर्जाको पुरै वा आंशिक अवधिको लागि दिने अभ्यास छ, जुन सामान्य बिषय हो। स्थीर ब्याजदर विरुद्ध जानुभन्दा यसलाई उपयोगी बनाउनेतर्फ लाग्नु बुद्धिमानी हुन्छ।
स्थीर ब्याजदरको समस्या समाधान गर्न अर्को बैंकले ९.२५ प्रतिशत ब्याजदरमा १५ बर्ष अवधिको निक्षेप आह्वान गरको छ। यस्तो लामो अवधिको निक्षेपमा लचकता नभई ब्याजदर परिबर्तनको जोखिम धेरै हुन्छ। भविष्यमा ब्याजदर ९.२५ प्र
५ बर्षभन्दा बढी अबधिका कर्जालाइ ५ बर्षसम्मका निक्षेपबाट ब्याजदरमा डाइनामिक हेजिङ्ग गर्दै ब्यबस्थापन गर्ने हो, न कि लामो अवधिको निक्षेपबाट। लामो अवधिको निक्षेप ब्यबहारिक र प्रभावकारी दुवै हुँदैन। आजदेखि १५ बर्षमा ब्याजदर बढ्नेभन्दा घट्ने सम्भाबना धेरै हुन्छ। अझ स्थीर ब्याजदरको अभ्यास भएमा ब्याजदर घट्ने सम्भाबना झनै बढी हुन्छ।
ब्याजदरको निर्धारण: निक्षेपको लागतमा केहि प्रतिशत स्प्रेड थपेर कर्जाको ब्याजदर निर्धारण गर्ने परम्परागत तरिका अब ब्यबहारिक हुँदैन। ब्याजदर दैनिक परिबर्तन हुनेहुँदा त्यस्तो परिबर्तनलाई आजको निक्षेपको लागतले समेट्न सक्दैन। अबको ब्याजदर निर्धारण बिधीले भविष्यमा हुने ब्याजदरको उतार-चढाबलाई समेट्ने हुनुपर्छ। ब्याजदर तबमात्र प्रभाबकारी हुन्छ जब प्रमाणित सिद्धान्तमा आधारित फाइनान्सियल र म्याथम्याटिकल मोडेलहरुको प्रयोग गरेर निर्धारण गरिन्छ।
सिद्धान्तत: स्थीर ब्याजदर परिबर्तनिय ब्याजदरभन्दा बढी हुन्छ। भविष्यमा ब्याजदरमा आउने उतार-चढाबसंगै स्थीर ब्याजदर समायोजन नहुने हुँदा ग्राहकको लागि कम र कर्जा-प्रदायक संस्थाको लागि बढी अनिश्चित एबं जोखिमयुक्त हुन्छ। यहि अनिश्चितता र जोखिम बहन गरेवापत केहि प्रतिशत ब्याजदर प्रोत्साहन स्वरुप थप दिनुपर्ने कारण त्यसो हुनगएको हो।
तर यो बढी कति हो र यसको अनुमान कसरी गर्ने? यो अनुमान अल्पकाल र दिर्घकालको लागी गर्नुपर्नेहुन्छ। यसको लागि केहि बेञ्चमार्क रेटहरुको जरुरी पर्दछ। अल्पकालमा त्यस्तो बेञ्चमार्क पोलिसी रेट हुन्छभने दिर्घकालको लागि यिल्डकर्भ हुन्छ। यी बेञ्चमार्क रेटहरुको तथ्यांकलाई फाइनान्सियल र म्या
के हो यिल्डकर्भ: यिल्डकर्भ बिभिन्न अवधिका सरकारी धितोपत्र (ट्रेजरी बिल्स र सरकारी बण्ड) ले दिने प्रतिफलको रेखांकन प्रस्तुति हो। यसमा १, २, ३, ६, ९ र १२ महिनाका ट्रेजरी बिल्स र २, ३, ५, ७, १०, १५ र ३० बर्षका सरकारी बण्डमा आज हुने प्रतिफल गणना गरी ग्राफमा राखेर हेरिन्छ। अर्ध-शताब्दी र शताब्दी बण्डहरु पनि हुनु थप राम्रो हुन्छ।
यिल्डकर्भको प्रबृत्ति बढ्दो, घट्दो र स्थीर गरेर ३ किसिमको हुन्छ। यी प्रबृत्तिले कर्जा लगानीको निर्णयलाई प्रभावित गर्दछन। बढ्दो यिल्डकर्भ हुँदा कर्जा-लगानी बिस्तार गर्नुपर्छ भने घट्दो यिल्डकर्भको अवस्थामा कर्जा-लगानी गर्नु जोखिमपूर्ण हुन्छ। तर घट्दो यिल्डकर्भको अवस्था लामो समय रहदैन। स्थीर यिल्डकर्भ हुँदा कर्जा-लगानी साबधानीपुर्बक गर्नुपर्दछ।
यिल्डकर्भको अबधारणाले स्थीर ब्याजदर सरकारी बण्डमा हुने प्रतिफलभन्दा धेरै र यिल्डकर्भसंगै घटबढ हुनुपर्छ भन्ने मान्यता राख्दछ। मानौं १५ र ३० बर्षका सरकारी बण्डमा आज प्रतिफल क्रमश ९ प्रतिशत र १० प्रतिशत छ भने सोहि अवधिका कर्जामा स्थीर ब्याजदर क्रमश ९ प्रतिशत र १० प्रतिशतभन्दा बढी हुनुपर्दछ। सरकारी बण्डको प्रतिफल बढेमा (घटेमा) स्थीर ब्याजदर पनि बढ्नु (घट्नु) पर्दछ। तर स्थीर ब्याजदर यिल्डकर्भभन्दा कति बढी हुनुपर्दछ भन्ने अनुमान गर्न स्टोकास्टिक मोडेल नै प्रयोग गर्नुपर्दछ।
यिल्डकर्भ ब्याजदर गणनाको अत्यन्त उपयोगी बित्तिय उपकरण हो। कर्जा-प्रदायक संस्थाहरुलाई आजदेखि ३० बर्षबीच हरेक वा कुनैपनि दिनको प्रतिफल चाहिन्छ, जुन यिल्डकर्भले दिंदैन तर त्यस्तो प्रतिफल गणना गर्न मद्दत भने गर्दछ। जस्तै, २० बर्षको कर्जा दिनुपरेमा २० बर्षको यिल्डकर्भ चाहिन्छ, जुन उपलब्ध छैन। तर आजदेखि १५ बर्षको यिल्डकर्भको आधारमा २० बर्षको यिल्डकर्भ प्रक्षेपण गरेर सो कर्जाको ब्याजदर निर्धारण गर्नसकिन्छ।
अर्को अवस्था, कुनै ग्राहकले आजको ३ महिनापछि १ बर्षको लागी कर्जामा वा निक्षेपमा) आज स्थीर (वा परिबर्तनिय) ब्याजदरको माग गर्नसक्छ। यस्तो अल्पकालीन ब्याजदर पोलिसी रेटको आधारमा निर्धारण गर्नसकिन्छ। कर्जा-प्रदायक संस्थाहरुले आजदेखि ३० बर्षबीच अनगिन्ती अवधिको प्रतिफल गणना गर्नुपर्ने हुन्छ। स्थीर ब्याजदरको प्रयोगले भोली यस्ता थुप्रै जटिल अवस्था ल्याउनेछ, जसको समाधान बिभिन्न स्टोकास्टिक मोडेलहरुको प्रयोग गरेर गरिन्छ।
ब्याजदर परिबर्तनको जोखिम: स्थीर ब्याजदर निर्धारण भैसकेपछि मार्केटमा दुई अवस्था आउन सक्छन: एउटा ब्याजदर बढ्ने वा स्थीर रहने, अर्को ब्याजदर घट्ने। ब्याजदर बढेको वा स्थीर रहेको खण्डमा हालभन्दा कम ब्याजदरमा कर्जा नमिल्ने हुँदा ग्राहकले कर्जा यथास्थितिमा राख्नेछ। यसले कर्जा-प्रदायक संस्थालाई कुनै असर गर्दैन। ब्याजदर घटेको खण्डमा हालभन्दा सस्तो ब्याजदरमा कर्जा पाइने हुँदा ग्राहकले कर्जा पुर्ब-भुक्तानी गर्नेछ। यस्तोमा ग्राहकलाइ गुमाउने डर हुन्छ।
ब्याजदरमा आउने यस्तो परिबर्तनले ब्याजदरको जोखिम पैदा गर्दछ। स्टोकास्टिक मोडेलको प्रयोग बिना ब्याजदर परिबर्तनको जोखिम निर्धारण हुदैन । सो बिना सहि ब्याजदर निर्धारण हुँदैन।
राष्ट्रबैंकको भूमिका: स्थीर ब्याजदरको प्रभाबकारी अभ्यासमा राष्ट्रबैंकको महत्वपूर्ण भूमिका हुन्छ। यिल्डकर्भ गणनाका लागि उसले बिभिन्न मितिका ट्रेजरी बिल्स र सरकारी बण्डहरु निरन्तर जारी गरिरहनुपर्दछ। बजारमा तरलता कम-बढी हुँदा सरकारी बण्डको खरिद-बिक्री गरेर तरलताको ब्यबस्थापन गर्नुपर्दछ। स्प्रेडको बाध्यकारी ब्यबस्था हटाएर ब्याजदर स्वतन्त्र निर्धारण हुनेगरी छाड्नुपर्दछ। मिश्रित ब्याजदर बिधीको ब्यबस्था गर्नुपर्दछ।
निष्कर्ष: ढिलै भएपनि राष्ट्रबैंकले महत्वपूर्ण र दुरगामी प्रभाब छाड्ने नीतिगत निर्णय लिएको छ। यो बिषय जति महत्वको छ, त्यति चर्चा र बहस भएको छैन। सहि अभ्यास भएमा स्थीर ब्याजदरले विद्यमान फाइनान्सियल इन्डस्ट्रीमा ठुलो
स्थीर ब्याजदरले कर्जा-प्रदायक संस्थाहरुको कर्जा दिने ब्यबहारमा मात्र परिबर्तन ल्याउदैन, ब्याजदरमा आधारित थुप्रै बित्तिय साधनलाई बजार प्रबेश गराउनेछ। यी उपकरणको प्रयोगले बित्तिय संस्थाहरुलाइ जोखिम नियन्त्रण गर्ने र थप आम्दानीको अवसर दिन्छ। यसले ब्याजदरमा हुने धेरै उतार-चढाबलाइ नियन्त्रण गरि ब्याजदरको जोखिम नियन्त्रण गर्नपनि सहयोग गर्छ।
अहिलेसम्म पुरातनबादी बित्तिय गतिबिधी गर्दैआएका कर्जा-प्रदा