नेपालको बैंकिङ्ग तथा बित्तिय क्षेत्रले लामो समयदेखि तरलताको समस्या खेप्दै आईरहेको छ। नेपाल राष्ट्रबैंक र अर्थमन्त्रालयको लागि पनि यो ठुलो टाउको दुखाइको बिषय भएको छ। कर्जा लिने ऋणीहरु त यो समस्याबाट सबैभन्दा बढी पिडित छन्। तरलता समग्र अर्थतन्त्रको लागि ठुलो चुनौतीको बिषय हुन् गएको छ।
यो समस्याबाट बैकिङ्ग तथा बित्तिय क्षेत्र र समग्र अर्थतन्त्र नै यति लामो समय पिडित भैरहँदा पनि अहिलेसम्म यसको समाधानको लागि कहीं कतैबाट सार्थक पहल भएको पाइदैन। विडम्बना त यो छ कि तरलता अभावको समस्या समाधानका उपाएबारे राष्ट्रबैंक,अर्थमन्त्रालय जस्ता निकायहरु अहिलेसम्म बेखबर नै देखिन्छन। बैकिङ्ग तथा बित्तिय क्षेत्र आँफै पनि यो समस्याको सहि समाधान पहिल्याउन सकिरहेको छैन। सबै पक्ष कुहिरोको काग जस्तै हराईरहेका छन्।
जिम्मेवारी: तरलता समस्या समाधान गर्ने पहिलो जिम्मेवारी केन्द्रिय बैंकको रुपमा नेपाल राष्ट्रबैंकको हो भने त्यसपछिको जिम्मेवारी अर्थमन्त्रालयको हो। तरलताको कमि मात्र तरलता समस्या होइन, तरलता अधिक हुनुपनि तरलता समस्या हो। तर हामीकहाँ तरलताको कमि नै ठुलो समस्या भएर रहेको छ।
केन्द्रिय बैंकले मौद्रिक नीतिका बिभिन्न उपाए मार्फत तरलता समस्यालाइ सम्बोधन गर्ने हो। सबैभन्दा पहिला उसले "नीतिगत ब्याजदर परिबर्तन गरेर" तरलता कायम गर्ने प्रयास गर्छ। यसले नपुगे "रिजर्भका दरहरुमा परिबर्तन" गर्छ र अझै नपुगे "बजारमा हस्तक्षेप गरि सरकारी ऋणपत्रको खरिद-बिक्री" गरेर तरल ता कायम गर्छ।
समस्या अरु जटिल भएमा केन्द्रिय बैंकले ठुलो मात्रामा बैंक तथा बित्तिय संस्थाहरुको अचल सम्पत्ती खरिद गरेर ति संस्थाहरुमा नगदको आपूर्ति बढाउने गर्छ। अमेरिका, युरोपमा २००८ मा आएको बित्तिय संकटलाइ टार्न त्यहाँका केन्द्रिय बैंकहरुले ब्यापक रुपमा प्रयोग गरेको यो अभ्यास क्वाँटीटेटिभ इजिंग (Quantitative Easing) भनेर प्रख्यात छ। जापा नमा भने अझ पहिल्यै देखी यसको प्रयोग हुँदै आएको छ। नेपालमा पनि राष्ट्रबैंकले बाणिज्य बैंकहरुलाई पुनर्कर्जा दिएर एक हिसाबले यस्तै अभ्यास गरिआएको छ। यो कार्यले पनि तरलता समस्या समाधान नभए अन्य उपाएहरु खोजि गरी अबलम्बन गर्न जरुरी हुन्छ।
परम्परागत मौद्रिक नीतिको प्रयोगले मात्र आजको तरलता समस्याको समाधान गर्न सक्दैन र भएको पनि छैन। आउने दिनहरुमा अब यो झन् कठिन छ। यससंग सम्बन्धित सबै पक्षहरु ले "परम्पारागत मौद्रिक नीतिबाट मात्र तरलता समस्याको समाधान हुन्छ" भन्ने धारणा राखेको पाइन्छ, जुन सहि होइन र तरलता समस्या समाधानमा सबैभन्दा ठुलो समस्या पनि यहि हो।
तरलता समस्याको समाधान परम्परागत मौद्रिक नीतिका उपाएहरु बाहेक अन्यत्र पनि छ। यसको लागि राष्ट्रबैंकले बैक तथा बित्तिय संस्थाहरुसंग मिलेर नयाँ अवधारणा र अभ्यासको खोजी गरी अबलम्बन गर्न जरुरी छ। अमेरिका र युरोपका देशहरुले समस्याको समाधान यसरी नै निकाल्ने गर्छन र त्यसलाई अरु देशहरुले पनि सिकेर ब्यबहारमा उतार्छन। हामीले पनि तरलता समस्याको समाधानका लागी बिकसित देशहरुले प्रयोग गरेको अभ्यास र बित्तिय साधनहरुलाइ कुशलतापु र्बक अपनाएर समस्याको समाधान दिन जरुरी छ। तर बिडम्बना यी सबै पक्ष "बिकसित देशहरुले के/कसरी पुँजीको परिचालन गरेका छन्, यसको लागि के/कस्ता बित्तिय साधनहरुको बिकास र अभ्यास गरेका छन्" भन्ने बारे अनभिज्ञ दखिन्छन्।
तरलता समस्या समाधानमा बिकसित देशहरुले ब्यापक रुपमा प्रयोग गरिआएको त्यस्तै एक उपाए हो सेक्युरिटाईजेसन। नेपालको परिप्रेक्षमा यो नितान्त नौलो अबधारणा भएपनि अमेरिका/युरोपका देशहरुले भने सत्तरी-असिको दशक देखि नै यसको अभ्यास गर्दै आएका छन्। नेपालमा भने यसबारे हालसम्म कुनै छलफल र बहस भएको पाइदैन।
के हो सेक्युरिटाईजेसन: सेक्युरिटाईजे सनको नेपाली अर्थ धितोपत्रीकरण हुन्छ। यो बैंक तथा बित्तिय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई प्रदान गरेको कर्जालाई धितोपत्रमा रुपान्तरण गरी बिक्री गर्ने प्रक्रिया हो। अर्थात् अचल सम्पत्तिको रुपमा रहेको बैंक तथा बित्तिय संस्थाहरुको कर्जालाई ऋणपत्रको रुपमा चल सम्पत्ति बनाई सो को बिक्री वितरणबाट बैंकले नयाँ कर्जाका लागि पुंजी प्राप्त गर्ने तरिका हो।सेक्युरटाईजेसनले बैंक तथा बित्तिय संस्थाहरुलाई तरलता प्रदान गर्ने मात्र होइन, नयाँ कर्जाको लागि आबश्यक पर्ने अतिरिक्त पुंजी पनि जुटाउछ।
सेक्युरटाईजेसन बिभिन्न किसिमका कर्जामा गर्ने गरिन्छ तर ज्यादा प्रचलित भने घर-कर्जा (मोर्टगेज लोन) मा हुने गर्छ। सवारी साधन कर्जा (अटो लोन), शैक्षिक कर्जा (स्टुडेन्ट लोन), क्रेडिट कार्ड लोन लगायतका अन्य कर्जाहरुमा पनि सेक्युरटाईजेसन गरिन्छ।
कसरि गर्ने सेक्युरटाईजेसन: सेक्यु रटाईजेसन गर्ने बिभिन्न तरिका छन् र ति धेरै सरल देखी धेरै जटिलसम्मका छन्। सेक्युरटाईजेसनका सबै बिधि र प्रक्रियाको व्याख्या यहाँ सम्भब नभए पनि केहि आधारभूत पक्षबारे भने बिष्लेषण गर्नु बान्छनीय हुन्छ।
सेक्युरटाईजेसनमा एकै प्रकारका थुप्रै कर्जाहरुलाइ एकमुष्ट रुपमा संकलन गरेर एउटा प्याकेज बनाईन्छ। यो प्याकेजलाइ बिशेष उ
एक उदाहरणबाट यसलाई अझ प्रस्ट पारौं। मानौं "बैंक अफ नेपाल" नामको कुनै एक बैंक आफ्ना ग्राहकहरुलाई बार्षिक १३% ब्याजदरमा १५ बर्षको लागि दिएको कुल रु.१ अर्ब रकम बराबरको घर-कर्जा (मोर्ट्गेज लोन) सेक्युरिटाईज गर्न चाहन्छ। लगानीकर्तालाइ उस्तै लगानीमा हुने जोखिमको आधारमा आजको बार्षिक बजार प्रतिफल ११% मान् दा यो कर्जाको मुल्यांकन करिब रु. १ अर्ब ११ करोड हुन् आऊछ।यो बैंकले आफ्नो कर्जा सेक्युरिटाईजेसन गरेर प् राप्त गर्ने कुल नगद रकम हो। यसबाट सुरुको कर्जा रकम रु. १ अर्ब र सेक्युरिटाईजेसन गर्दा लागेको निष्काशन खर्च (मानौं रु.१ करोड रहेछ) घटाउदा आउने रु. १० करोड बैंकले प्राप्त गर्ने मुनाफा हो।
माथिको उदाहरणमा कर्जाको अवधि ३० बर्ष बाहेक अन्य सबै अवस्था यथाबत रहेमा सो कर्जाको मुल्यांकन करिब रु. १ अर्ब १६ करोड हुन् आऊछ। यदि कर्जाको बार्षिक ब्याजदर १४% र अन्य सबै अवस्था यथावत रहेमा १५ बर्षे कर्जाको मुल्यांकन करिब रु. १ अर्ब १७ करोड र ३० बर्षे कर्जाको मु ल्यांकन करिब रु. १ अर्ब २४ करोड हुन् आऊछ।
सेक्युरिटाईजेसनले बैंक तथा बित्तिय संस्थाहरुलाइ सुरुमा दिएको कर्जा रकमको अतिरिक्त केहि मुनाफा पनि दिने हुँदा यसले तरलता मात्र होइन अर्थतन्त्रमा अतिरिक्त पुं जी पनि लगानी गर्छ। माथिको उदाहरणमा अब बैंकले सेक्युरिटाईजेसनबाट प्रा प्त खुद नगद रकम रु. १ अर्ब १० करोड पुरै नै नयाँ कर्जाको रुपमा प्रबाह गर्नसक्दछ। निक्षेपमा जस्तो यसमा कुनै मौज्जात राख्नु नपर्ने हुँदा पुंजी लगानी बढेर जान्छ। यसरी सेक्युरिटाईजेसनले अतिरिक् त पुँजीको रचना गरेर लगानी बढाउने काम गर्दछ।
किन सेक्युरटाईजेसन: आज देशको बैंकिंग तथा बित्तिय क्षेत्र तरलताको अभाबमा पिल्सिएको छ। तरलताको अभाबमा लगानी गर्न नपाएर बैंक तथा बित्तिय संस्थाहरु बिदेशी मुद्राको ठुलो जोखिम मोल्दै विदेशबाट अमेरिकी डलरमा ऋण ल्याउन बाध्य छन्। देशमा यत्रो ठुलो पुँजीको स्रोत परिचालन नभएर खेर गैरहेको छ। बैंक तथा बित्तिय संस्थाहरु भने बिदेशी मुद्राको असिमित जोखिम मोल्न बाध्य छन्। यदि विभिन्न कर्जाको सेक्युरिटाईजेसन गर् नसक्ने हो भने न त विदेशी ऋण ल्याउनु पर्छ न त बिदेशी मुद्राको जोखिम नै मोल्नुपर्छ। कम लागत र जोखिममा देशकै पुंजी परिचालन हुन्छ, नयाँ वित्तीय साधन बजारमा प्रवेश हुन्छ र पुंजी परिचालनको नयाँ ढोका खुल्छ।
आज उच्चदरको आर्थिक वृद्धिका लागि आबश्यक पर्ने पुँजीको अभाबले स्वाभाविक रुपमा खुल्न नसकेको अर्थतन्त्रलाइ सेक्युरिटा ईजेसनको माध्यमले गतिलो निकास दिन र अर्थतन्त्रको अरु विस्तार गर्न सकिन्छ।
भारतले २०२४ सम्ममा आफ्नो अर्थतन्त्र पांच ट्रिलियन अमेरिकी डलर रकम बराबर पुर्याउने लक्ष्य राखेको छ। यो लक्ष्य प्राप्त गर्न उसले अहिलेको बैंकिंग कर्जालाई दोब्बर पार्नुपर्ने हुन्छ। सेक्युरटाईजेसन बिना यो सम्भव छैन। यसरी अर्थतन्त्रमा सेक्युरटाईजेसनको महत्व ठुलो छ।
फाइदा : सेक्युरिटाईजेसनले अर्थतन्त्रका बिबिध पक्षलाइ फाइदा पुर्याउछ। यसको पहिलो फाइदा बैंक तथा बित्तिय संस्थालाइ नै हुन्छ। यसबाट उनीहरुलाई तत्काल कर्जायोग्य पूंजी उपलब्ध हुन्छ, जसले यी स्थाहरुलाइ नियमित रुपमा तरलता प्रदान गर्छ। फलस्वरूप बैंक तथा बित्तिय संस्थाहरुको कर्जा दिने क्षमतामा वृद्धि हुन्छ। कर्जा वा बित्तिय सम्पत्तिको मुल्यांकन गरेर बिक्रि गर्दा बढीमा बिक्री गरिने हुँदा बैंक तथा बित्तिय संस्थाहरुलाइ मुनाफा पनि प्राप्त हुनजान्छ।
तरलताको समस्या नहुँदा कर्जा ग्राहकहरुलाई कर्जा प्राप्त गर्न सरल र सहज हुन्छ। कर्जा योग्य पुँजीको उपलब्धतामा बृद्धि भएर कर्जा सहज र सरल हुँदा कर्जाको ब्याजदर पनि घट्न जान्छ। बैंक तथा बित्तिय संस्थाहरुको लागि पुंजी प्राप्तिको यो उपाए सजिलो र कम खर्चिलो हुने हुँदा पनि ब्याजदर घट्न जाने हुन्छ। यसले कर्जाको लागि बैंक तथा बित्तिय संस्थाहरुको बिदेशी बित्तिय संस्थामाथिको परनिर्भरतालाइ पनि रोक्छ।
कर्जाको नगद प्रवाहलाइ मुल्यांकन गरि प्रतिफल निर्धारण गरिने हुँदा कमसल रेटिंग भएको संस्थाले पनि राम्रो रेटिंग भएको संस्थाकै लागतमा सेक्युरिटाईजेसन गर्नसक् छ। अर्थात् कमसल रेटिंग भएको संस्था र राम्रो रेटिंग भएको संस्थाको पुँजीको लागत एकै हुन्छ।
यसले लगानीकर्तालाइ विबिधिकरणको अवसर दिन्छ। लगानीकर्तालाइ यस्तो लगानीमा उस्तै जोखिमका अन्य लगानीमा भन्दा तुलनात्मक रुपमा बढी प्रतिफल प्राप्त हुन्छ। कर् जामाथि स्वामित्व हुने हुँदा यस्तो लगानी तुलनात्मक रुपमा कर्पोरेट बन्ड/डिबेन्चर भन्दा कम जोखिमयुक्त हुन्छ।
सेक्युरटाईजेसनले बैंक तथा बित्तिय संस्थाहरुलाई मात्र होइन समग्र अर्थतन्त्रलाइ नै चलायमान र क्रियाशील बनाइदिन्छ। यसले अर्थतन्त्रमा कर्जाको प्रबाह बढाउने हुँदा आर्थिक गतिबिधिमा वृद्धि हुन् जान्छ, लगानी र रोजगारीको नयाँ अवसर पैदा हुन्छ, उत्पादकत्व बढ्छ। यसले बैंकका ऋणीहरुलाई पनि कर्जा सहज रुपमा उपलब्ध गराई ब्याजदरमा कमि ल्याउन सहयोग गर्छ। यसरी सेक्युरटाईजेसन सबै पक्षको लागि महत्वपूर्ण छ।
जोखिम: धेरै राम्रा पक्षहरु हुँदाहुँदै पनि सेक्युरिटाईजेसनले संधै र सबै राम्रो परिणाम मात्रै दिन्छ भन्ने हुँदैन। सेक्युरिटाईजेसन आँफैमा समस्या होइन तर दुरुपयोग भएमा यसले पक्कै समस्या निम्त्याउछ। सहि नियमन नभएर अत्याधिक सेक्युरटाईजेसन हुन गई धुँवाधार कर्जा प्रबाह हुन् गएमा यसले मार्केटमा ठुलो समस्या ल्याउनसक्छ।
२००७-०८ को बित्तिय संकटको दोष सेक्युरिटाईजेसनलाइ दिने गरिन्छ र केहि हदसम्म यो सहि पनि हो तर पूर्ण सहि भने होइन। लोभी बैंकरहरुले यसको अत्यधिक प्रयोग गर्नु र त्यस्ता गतिविधिलाई अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले समयमै नियन्त्रण गर्न नसक्नु २००७-०८ को बित्तिय संकटको प्रमुख कारण हो। कुनैपनि साधन वा स्रोतको अत्याधिक प्रयोग गर्नु भनेको दुरुपयोग हो र दुरुपयोगले अन्तत भयाबह संकट निम्त्याउछ। त्यहाँ पनि त्यहि भएको थियो।
नीतिगत ब्यबस्था गरेर यस्तो जोखिमको अवस्था आउन नदिइ बेलैमा ब्यबस्थापन गर्न सकिन्छ। जोखिमलाई मध्येनजर गर्दै उचित मात्रामा यसको प्रयोग गर्ने हो भने यसबाट धेरै फाइदा लिन सकिन्छ।
सेक्युरिटाईजेसनमा लगानीकर्ताको लागि पनि जोखिम अन्तर्निहित हुन्छन। जस्तै ब्याजदर घटबढको जोखिम, समयमा ब्याज र किस्ता भुक्तानी नहुँदाको जोखिम, ऋणीको अविश्वासनियताको जोखिम पनि लगानीकर्ताले नै बेहोर्नुपर्ने हुन्छ।
भूमिका: सेक्युरीटाईजेसनमा सबै पक्षको भूमिका महत्वपूर्ण हुन्छ तर यसको सुरुवात भने बैंक तथा बित्तिय संस्थाहरुबाट हुनेहुँदा उनीहरुकै भूमिका प्रमुख हुन्छ। यो कार्य तबसम्म सम्भब हुँदैन जबसम्म बैंक तथा बित्तिय संस्थाहरु यसको लागी तयार हुँदैनन। उनीहरु मात्र तयार भएर पुग्दैन, उनीहरुले यो अबधारणाको आबश्यकता, फाइदा र प्रभाबबारे धितोपत्र बोर्ड, राष्ट्रबैंक र अर्थमन्त्रालय जस्ता नियमन निकायहरुलाई समेत सन्तुष्ट हुने गरी बुझाउन र सहमत गराउन सक्नुपर्छ।
तर नियमन निकायहरुको बिगत भने पटक्कै सन्तोषजनक छैन। बोर्ड नयाँ बित्तिय साधन बजार प्रवेश गराउन खासै अग्रसर भएको पाइदैन।आजभन्दा १२/१५ बर्ष अघि सुरु भैसक्नुपर्ने यो कार्यबारे बोर्ड अझै बेखबर छ। बोर्ड स्थापना भई पुंजीबजारलाई संस्थागत स्वरुप दिएकै २७ बर्ष भैसक्दा पनि बोर्डले यसबारे आजसम्म कुनै छलफल र बहस चलाएको छैन।
हरेक तीन/तीन महिनामा देशको लागि परिष्कृत मौद्रिक नीति ल्याउनु पर्ने जिम्मेवारी बोकेको राष्ट्रबैंक र यसको नेतृत्व बैक तथा बित्तिय संस्थाहरुको दैनिक कार्यमा अनाबश्यक हस्तक्षेप र अव्यवहारिक निर्देशन दिने कार्यबाट बाहिर निस्कन सकेको छैन। मौद्रिक नीतिद्वारा आर्थिक सूचकहरुलाई नियन्त्रणमा राख्दै अर्थतन्त्रलाइ सम्वृद्धि बाटोमा लैजानुपर्ने भूमिकामा रहेको राष्ट्रबैंक "मर्जर एण्ड एक्विजिसन" जस्तो नितान्त संस्थागत निर्णयको बिषयमा आफ्नो महत्वपूर्ण समय र उर्जा खर्चेर बसेको छ।
देशको अर्थतन्त्रको नेतृत्व गर्ने अर्थमन्त्री पुंजीबजार प्रति संधै नकारात्मक र चरम उदासिन देखिन्छन। अर्थमन्त्रीकै कारण पुँजीबजारले गति लिन नसकी पुँजी उपलब्ध गराउन नसक्दा बैंक तथा बित्तिय संस्थाहरु बिदेशी संस्थाहरुको मुख ताक्न बाध्य भएका छन। पुंजीबजारले गति लिएको हुन्थ्यो त अल्पकालीन धितोपत्र निष्काशन गरेर पनि तरलता आबश्यकताको परि पूर्ति गर्न सकिन्थ्यो। तर त्यस्तो बाताबरण नै बन्न सकेन, जसका कारण बैंक तथा बित्तिय संस्थाहरु बाध्य भएर बिदेशी संस्थाहरुबाट जोखिमपूर्ण कर्जा लिन पुगेका छन्। देशको पुंजी बजारलाई अपांग बनाएर बिदेसबाट जोखिमपूर्ण कर्जा लिंदा फाइदा जति विदेशीलाई र नोक्सानी जति हामीलाई हुने हो।
हालै मात्र अर्थमन्त्रीले "विदे शबाट बिदेशी मुद्रामा ऋण ल्याएर आफ्नो दैनिक तरलता कायम गर्नु सहि कार्य" भन्दै अरुलाई पनि यस्तो कार्यगर्न प्रोत्साहन र सल्लाह दिएका छन्। उनको यो सल्लाह गलत र जोखिमपूर्ण छ। किनकी बैंक तथा बित्तिय संस्थाहरुले विदेशबाट ल्याएको ऋण (कर्जा) हो, इक्विटी होइन। तर हामीले ल्याउनुपर्ने इक्विटी हो, कर्जा होइन। इक्विटीमा बिदेशी मुद्राको जोखिम हुँदैन, तर कर्जामा हुन्छ। यदि यस्तो ऋण भारतीय मुद्रामा हुन्थ्यो भनेपनि बिदेशी मुद्राको जोखिम हुदैनथ्यो। भा रतीय मुद्रा बाहेक अन्य बिदेशी मुद्रामा यस्तो ऋण जोखिमपूर्ण र महँगो पर्न जान्छ। जोखिमका कारण यस्तो ऋणलाई बिदेशी मुद्रा (अमेरिकी डलर)को बिरुद्ध हेजिङ्ग गर्नुपर्ने हुन्छ। हेजिङ्गको लागत महँगो पर्नसक्छ, जसको भार अन्तत नेपाली ऋणीहरुलाइ पर्न जान्छ।
बिदेशी मुद्रामा ऋण (कर्जा) ल्याउनै हुँदैन भन्ने होइन तर हामीसंग भएका यो भन्दा उत्तम बिकल्पहरु प्रयोग नगरेर किन विदशी मुद्रामा ऋण ल्याउने जस्तो कमसल र जोखिमपूर्ण बिकल्पमा जाने भन्ने तर्क हो। बिदेशी ऋणले बिदेशी मुद्राको बाह्य प्रबाहलाइ बढाएर बिदेशी मुद्राको संचिति पनि घटाउछ। बिदेशी ऋणको रकम अत्यधिक हुन् गएमा त्यस्ता बैंक तथा बित्तिय संस्था डुब्ने जोखिम पनि हुन्छ। कुनै बैंक तथा बित्तिय संस्था डुबेमा त्यसको असर समग्र अर्थतन्त्र र पुंजी बजारमा भयाबह हुनेछ। बिबिध कारणले गर्दा खतिवडाको सल्लाह बैंक तथा बित्तिय संस्थाको लागि जोखिमपूर्ण र अर्थतन्त्रको लागि घातक छ।
बैकिङ्ग तथा बित्तिय क्षेत्र: बैंकिंग तथा बित्तिय क्षेत्रमा काम गर्ने साथीहरु, तरलता समस्याको समाधान तपाइहरुको संस्था भित्रै छ।आउनुहोस यसबारे छलफल र बहस गरौं, यसका बिबिध पाटाहरु बारे प्रष्ट हौं र एक दिगो समाधान निकालौं। देशको खर्बौंको कर्जा अहिलेसम्म चल पुँजीको रुपमा परिचालन हुन नसकी अनुत्पादक भएर खेर गैरहेको छ भने बैंकिंग तथा बित्तिय क्षेत्र तरलताको लागि छटपटाईरहेको छ। बैंकहरु लगानीयोग्य पुँजीको लागि बैदेशिक मुद्रामा विनिमय दर परिबर्तनको असिमित जोखिम मोलेर बिदेशबाट कर्जा ल्याउन बाध्य छन्। यसले हाम्रा बैंक तथा बित्तिय संस्थाहरुमा जोखिम र परनिर्भरता ल्याएको छ र यो अरु बढेर जाने देखिन्छ।परनिर्भरताले समस्या समाधानमा बैंकहरुको रचनात्मक सोंच र क्षमताको क्षय गर्नेछ।
थोरै पनि फरक किसिमको सोंच राखेर काम गर्ने हो भने यो अवस्थाको अन्त गर्न सकिन्छ। तर बैंक तथा बित्तिय संस्थाहरु यस्तो कार्यको लागि अग्रसर र नियमन निकायहरु तयार नभई यो सम्भब छैन।
इतिहाँस: आज गरिने सेक्युरिटाईजेसनको अभ्यास सत्रौँ शताब्दीको डच गणतन्त्रबाट सुरु भएको हो। डचहरु त्यतिबेला देखि नै आर्थिक एबं बित्तिय क्षेत्रमा नयाँ नयाँ अबधारणाको बिकास गरेर प्रयोगमा ल्याउथे। आधुनिक समयमा यसको ब्यापक प्रयोग १९७० देखि अमेरिकाबाट भएको हो। १९८५ मा ३०० मिलियन डलरको कारोबार रहेको अमेरिकामा २०१९ मा यसको बजार बढेर १० ट्रिलियन अमेरिकी डलर भन्दा ज्यादा पुगेको छ। यो फैलेर १९८७ मा बेलायत पुग्यो। यो ९० को दशकमा युरोपका अन्य देश लगायत अ स्ट्रेलिया, न्युजिल्यान्ड, जापान, सिंगापुर र हंगकंगसम्म फैलियो। सन् २००० पछि यो एसियाका अन्य देशहरु, पश्चिम युरोप, रसिया, साउथ अफ्रिका, मध्यपुर्ब पनि पु ग्यो।
बिकसित देशहरु मात्र होइन भारत, चीन, श्रीलंका र बंगलादेश जस्ता हाम्रा छिमेकि देशहरुले समेत सेक्युरिटाईजेसन जस्तो बि त्तिय साधनको भरपुर उपयोग गरेर फाइदा लिइरहेका छन्। भारतमा यो कार्य १९९० देखि हुँदै आइरहेको छ। त्यहाँ बार्षिक भारु ५ खर्बभन्दा ज्यादा रकमको सेक्युरिटाईजेसन हुनेगर्छ। चीनमा भने यो कार्य २००५ देखि मात्र सुरु भएको हो जहाँ बार्षिक ४०० अर्ब अमेरिकी डलरभन्दा ठुलो परिमाणमा सेक्युरिटाईजेसन हुन्छ। चीन सेक्युरिटाईजेसनको अमेरिका पछिको दोश्रो ठुलो बजार हो।
हाम्रो जस्तै केहि अपबाद बाहेक यो कार्य दुनियाभरमा हुन्छ। पुंजी परिचालनको यो एक बुद्धिमत्तापूर्ण र चुस्त तरिका हो, जसको प्रयोग गरेर युरोप,अमेरिका, एसियाका देशहरुले आफ्नो आर्थिक विकास र सम्बृद्धि हाँसिल गरेका छन्। यसमा हामी जति ढिला गर्छौं, उति हामी नोक्सानीमा हुन्छौं र अरु पछि पर्छौं।
निष्कर्ष : सेक्युरटाईजेसन नेपालको परिप्रेक्षमा नयाँ अबधारणा हो। नयाँ सोंच, विचार वा कार्य कानुन पर्खेर आउने होइन । पहिला नयाँ सोंच, विचार वा कार्य आएपछि मात्रै कानुन आउने हो। दुनिया अगाडी बढेको र हामि पछि परेको कारण पनि यहि हो। हामीले यहि सोंच मै परिबर्तन गर्नु आबश्यक छ। अब पनि यो र त्यो कारण देखाएर नयाँ सोंच, विचारलाइ बजार प्रवेश गराउन ढिलाई गर्ने हो भने ठगिने हामी आँफै हो।
सेक्युरटाईजेसनको कार्य गर्न नेपालको पुंजीबजार धेरै पछि परिसकेको छ। सेक्युरटाईजेसन नगर्नुको मूल्य हामीले चर्को ब्याज र तरलताको चरम अभाब खेपेर चुकाइरहेका छौं। यसमा परनिर्भरता र बिदेशी मुद्राको जोखिम पनि थपिएको छ। त्यसैले यो कार्य सुरु नगर्ने सुबिधा हामीलाई छँदै छै न। ढिलो चाढो, हामीले यो कार्य पक्कै गर्नेछौं। प्रश्न उठ्छ: जब यो कार्य गर्नु नै छ भने जतिसक्यो चाढै अहिल्यै किन नगर्ने? त्यसैले यसमा ढिलाई नगर्नु नै बुद्धिमानी हुन्छ।
धितोपत्र सम्बन्धी सम्पूर्ण का र्यबारे सबै अनुमति दिने अधिकार धितोपत्र बोर्डलाई भएको हुँदा यहि कानुनी आधार प्रयोग गरेर यो कार्य तुरुन्त सुरु गर्न सकिन्छ। सेक्युरीटाईजेसन वा अन्य कुनै नयाँ बित्तिय साधनबारे बोर्डले "सो साधन बास्तबिक हो कि हैन र सो कति सुरक्षित वा जोखिमपूर्ण छ" भनेर सुनिश्चित गरी आबश्यक जानकारी सार्बजनिक गरेर बजारमा प्रवेश दिनसक्छ। यो प्रक्रियाबाट मात्र बोर्ड धेरै नयाँ बित्तिय साधन छिटो बजार प्रवेश गराउन सफल हुनेछ।
प्रत्येक बाणिज्य बैंकलाइ बार्षिक रु. ५ अर्बको कर्जा सेक्युरटाईजेसन गर्न दिने हो भने रु.१ खर्बभन्दा बढी तरलता बजारमा सजिलै थपिन्छ। यो दर रु. १० अर्ब हुँदा करिब ३ खर्बको तरलता पैदा हुन्छ। यति रकम बैंकिंग प्रणालीमा आउदा तरलता र कर्जा लगानीको माग सजिलै सम्बोधन हुन्छ। आबश्यकता अनुसार यो मात्रा बढाउदै लैजान सकिन्छ।
यो धितोपत्र बोर्डको लागि नयाँ बित्तिय साधन बजारमा प्रवेश गराउने एक महत्वपूर्ण अवसर हो भने राष्ट्रबैंकको लागि तरलता समस्या समाधान गर्ने एक अचुक उपाए हो। अर्थमन्त्रालयको लागि माथिका दुवै उदेश्य प्राप्त गर्ने अलावा आर्थिक विकासका लागि अत्त्याबश्यक पुँजीको आपूर्ति देशभित्रै गराउने झनै महत्वपूर्ण अवसर हो। बैक तथा बित्तिय संस्थाहरुको लागी यो रचानात्मक हुने, नयाँ बित्तिय साधन बजारमा ल्याउने र प्रयोग नभएर खेर गैरहेको खर्बौंको पुँजी परिचालन गरी उत्पादक कार्यमा लगाउने एक अचुक उपाए हो।
- मुक्ति अर्याल । ट्विटर : @ISDBR
(बिगतमा दशकसम्म नेपाली पुंजीबजारमा कार्यरत अर्याल हाल अमेरिकी पुँजीबजारसंग सम्बद्ध छन्) ।